Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। हिजो मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। विशेष सुराकीको आधारमा रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थान सहित रानालाई नियन्त्रणमा लिइएको हो।

Read More

बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्द हिजो मंगलबार मृत भेट्टिएका हुन्। चन्द पाटन– मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेट्टिएका हुन्। सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

Read More

काठमाडौं : दसैको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसै घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।

Read More

कञ्चनपुरः  कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको पूर्नवास नगरपालिका–९ बिचफाटाकी ३२ वर्षीया लालसरा सार्की गोहीको आक्रमणबाट हिजो (सोमवार) घाइते भएकी हुन्। सार्कीलाई प्यारातालको नालामा घाँस काट्ने क्रममा गोहीले आक्रमण गरेको हो। सार्कीको गोहीको आक्रमणबाट बाँया हात र खुट्टामा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पातलमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौँ : हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौँ : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।  विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।

Read More

बैतडी : भीरबाट लडेर बैतडीमा आज एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाटन नगरपालिका ४ कुणीका ५० वर्षीय वीरसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए। दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेकाे लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारकाे लागि धनगढी लैजाँदै गर्दा साेमबार बेलुका बाटोमै मृत्यु भएकाे प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

एजेन्सी: भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको ज्यान गएको छ। नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ। नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ। मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन्। सरकारले गरबा नृत्य कार्यक्रममा ‘अलर्ट’ जारी गरेको छ र आयोजकलाई मानिसहरू अस्वस्थ भएमा अस्पतालमा लैजान एम्बुलेन्स उपलब्धतको सुनिश्चित गर्न भनेको छ। गरबाको परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ।

Read More

कैलाली :   इजरायलमा हमासको आक्रमणबाट मारिएका कैलालीका आशिष चौधरीको सोमबार अन्त्येष्टि गरिएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँका २६ वर्षीय आशिष चौधरीको सोमवार सोहि गाउँको घैला खोलामा अन्त्येष्टि गरिएको हो। लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका चौधरीको हमासको आक्रमणमा परेर मृत्यु भएको हो। मृत्यु भएकाध्ये चार जनाको शवसहित चौधरीको शवलाई पनि  हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो। हिजो शव पाएका परिवारले आज चौधरीको अन्त्येष्टि गरेका छन्। 

Read More