बैतडी : बैतडी जिल्ला सदरमुकाममा खानेपानीको समस्या भएको छ। साना सहरी खानेपानीको पाइपमा चुना (क्याल्सियम) जमेर आपूर्ति नभएका कारण समस्या आएको हो। सदरमुकाममा विगत चार, पाँच दिनदेखि खानेपानी वितरण नियमित हुन नसकेको स्थानीयको गुनासो छ। आठ वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन्। सो समस्यासँगै दशरथचन्द नगरपालिका–४, सदरमुकाममा खानेपानीको सङ्कट चुलिएको छ। यहाँ एक हजार ६० वटा धारा छन्। दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ छ इन्च पाइपभित्र क्याल्सियम जम्दा पानी आपूर्तिमा समस्या भएको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए। सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन्। खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन्। सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए। पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन्।
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ। गणतन्त्र विराधी अभियन्ता प्रसाईको अभियानलाई तीनकुनेमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । “गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन् ।”–प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा आज तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने,सार्वजनिक सम्पतिमा क्षति पुराउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरितका गतिविधि…
पर्वत : रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई सँगै कोठामा बस्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरेर घाइते बनाएका थिए। गत कार्तिक २९ गते सामान्य भनाभनकै क्रममा उनीमाथि छुरा प्रहार भएको थियो। आक्रमण गर्ने गुरुङलाई त्यहाँको प्रहरीले पक्राउ गरिसकेको छ।
कञ्चनपुर: कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् । वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि सात लाखसम्म उनको आम्दानी हुने गरेको छ । गएको दसैँ र तिहारमा मात्रै उहाँले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरेका छन् । यी जातका खसीबोका…
काठमाडौं: असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक हाजिर हुन गृहले निर्देशन दिएको हो। कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ।
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका लागि तयार गरेर घरमा राखेकी छिन्। गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन्। उनले धानको उचित मूल्य पाएकी छैनन्। व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी हुन्। उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गरेकी छैनन्। खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उनले बताइन्। ‘नजिकमा खाद्यको खरिद केन्द्र छैन। धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ’, उनले भनिन्, ‘खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ।’ उनका अनुसार गाउँका स्थानीय व्यापारीले…
काठमाडौं : भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । बिहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए । यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ…
काठमाडौं: नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ चित्रनगर घर भएका मनोज कुँवरले आफूले कुनै महिलालाई नसताएको प्रष्टिकरण दिएका छन्। महेन्द्रनगरले यहि मसिर १ गते ‘धनगढीमा महिलालाई ‘सताउने’ मनोजको आतंक’ शिर्षकमा प्रकाशित गरेको समाचारमा खण्डन गर्दै उनले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताएका छन्। उनले मेलमार्फत हामीलाई प्रष्टिकरण पठाउँदै ती पीडित भनिएकी महिलाले नै आफूलाई धोका दिएर विवाहित पुरुषसँग सम्बन्ध बनाएको बताएका छन्। साथै उनले ती विवाहित पुरुष र उनकी पत्नीको बारेमा सामाजिक सञ्जालमा नानाथरी लेखिएको स्वीकार गरेका छन् । तर, ती विवाहित पुरुषकी पत्नीले सञ्चारमाध्यम प्रयोग गरेको आफ्नो बद्नाम गरेको मनोजको आरोप छ। मनोज कुँवरमाथि एक महिलालाई विभिन्न प्रलोभन देखाएर शोषण गरेको…