काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ।
गणतन्त्र विराधी अभियन्ता प्रसाईको अभियानलाई तीनकुनेमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । “गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन् ।”–प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा आज तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने,सार्वजनिक सम्पतिमा क्षति पुराउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरितका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।