Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को २९ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको गएराति भीमदत्त नगरपालिका–१७ मझगाँउस्थित आफ्नै निवासमा निधन भएको हो। क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्लीसहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारका लागि आर्थिक सहयोग समेत संकलन भइरहेको थियो। बैतडीको शिवनाथ गाउँपालिका– २ शर्मालीमा जन्मिएका प्रचण्ड उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए। छोटो समयमै डोट्याली र नेपाली भाषाका कविता लेखेर उनी विभिन्न मञ्चमा वाचन गर्थे।

Read More

काठमाडौं  । आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण वि.सं. २०८० मा…

Read More

बलेवा : धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडानं र ३ की ३२ बर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्यरूपम उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो, तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि…

Read More

कैलाली : कैलालीको चौमालामा मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। गौरीगंगा नगरपालिका–२ झिल बस्ने ७३ वर्षीया पावनीदेवी साउद घाइते भएकी हुन्। उनलाई सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो। साउदलाई उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

बझाङ: बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको छ। बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका-३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको टीकापुरमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ। टीकापुर नगरपालिका-१ काे बसपार्कमा प्रदेश ३०२००९प१०६० नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक साेही ठाउँ बस्ने २७ वर्षीय ग्रिष्म तिमिल्सिनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका उनकाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएकाे हाे । माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।  उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।

Read More

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

सुर्खेत: ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बागचाैर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन्। उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए। सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई ‘ए भाइ तेरो दाइलाई ढोग गर’ भनेका थिए। केशरले खुट्टामा नै ढोग गर्न लगाएपछि घनश्यामले ‘मैले किन तपाईँलाई ढोग्नु ढोग्दिनँ’ भन्ने जवाफ दिएका थिए। त्यसपछि केशर र घनश्यामबिच हात हालाहाल भएको थियो। त्यसपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए।…

Read More

धनगढी: धनगढीमा लापसे गरेका एक युवक समातिएका छन्। आज बिहीबार ट्राफिक प्रहरीले लागुऔषध सेवन परीक्षण गर्दा उनलाई समातेको हो। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका वडा न.०५ गेटास्थित मोहना अत्तरिया छ लेन सडक खण्डमा दैनिक चेकजाँचका क्रममा लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सु.प.प्र.०१-००९ प ४१५७ नम्बरको स्कुटर चालक गोदावारी-५ गेटा बस्ने वर्ष २३ को रोषन रैका समातिएका हुन्। उनलाई लागु पदार्थ सेवन पोजेटिभ देखिएको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिप्रका कैलाली पठाईएको छ।

Read More