Author: महेन्द्रनगर पोष्ट

धनगढी : कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ । मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलले लक्ष्मण किशोर चौधरीलाई सरकारको मन्त्रीमा पठाउने निर्णय भएको जानकारी दिए ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको एक नेताले बताए । यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले गर्नेछ । एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी थिए । सुदूरपश्चिममा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले बताए । नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले…

Read More

काठमाडौं : नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ छ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५ः१५ बजेदेखि शुरु हुने छ । नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ । त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुदै छ । प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।

Read More

धनगढी : भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीम भदेलगडाकी ४० वर्षीया जुनकीरी भुलको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो। आइतवार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भिरबाट खसेको ढुंगा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले बताए। मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन्। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

Read More

काठमाडौं : धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ००६ ख ६५१२ नम्बरको माइक्रो पहिरोमा परेको छ । पृथ्वीराजमार्ग अन्तर्गतको धादिङको बांगेमोडमा माथिबाट पहिरोसँगै खसेको रुखले च्यापिएको छ । अहिले माइक्रो पहिरोबाट निकालिएको जनाइएको छ । गुडिरहेको माइक्रोमा एक्कासी पहिरो खसेको माइक्रोका चालकले जनाए । उनका अनुसार माइक्रोमा १५ जना यात्रु रहेका थिए । पहिरोमा परि यात्रुहरु केही यात्रु घाइते भए पनि अधिकांश यात्रुको अवस्था सामान्य नै रहेको पनि उनले जनाए । प्रहरीले पहिरोबाट माइक्रो निकालिसकेको छ भने दुईतर्फी नै अवरुद्ध रहेको पृथ्वीराजमार्ग केही बेरपछि खुल्ने जनाइएको छ ।

Read More

काठमाडौं : गण्डकी प्रदेशमा तैनाथ राष्ट्रिय अनुसन्धान विभागका डिआइजी कृष्ण खनाललाई विभागमा तान्न सिफारिस गरिएको छ । विभाग प्रमुख हुतराज थापाले सरुवाको लागि मन्त्रिपरिषदमा लेखी पठाएको बुझिएको छ । इलामका खनाललाई सम्भवतः आजको मन्त्रिपरिषद् बैठकले काठमाडौं तान्ने सम्भावना छ । यसअघि बागमतीबाट लुम्बिनी सरुवा हुन लागेका रामप्रसाद दास निकटस्थहरुले खनालले थापालाई कोशेली बुझाएर पोखरा सरुवा गराएको बताउने गरेका थिए । सरुवामा आर्थिक चलखेल गराएको, विगतमा बारामा छँदा आफ्नै कार्यालयमा बिस्फोट गराएकाले पनि रामदासको ट्रयाक रेकर्ड खराब रहेको स्रोतको दाबी छ । खनालको ठाउँमा प्रजेशसिंह हमाललाई पठाउन लागिएको छ । प्रमुख थापा पछिल्लो समय भवन निर्माण र उदघाटनमा सक्रिय देखिन्छन् ।…

Read More

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र कायममुकायम प्रधानसेनापति अशोक सिग्देलबीच आगामी साउन २४ गते कार्यभार बरबुझारथ हुने भएको छ । भदौ २४ गते तीन वर्षे कार्यकाल सकाएर अवकाशमा जान लागेका सेनापति शर्माले आफ्नो कार्यभार सिग्देललाई बुझाउन लागेका हुन । कार्यक्रम त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा हुने समारोहस्थलमा उपस्थित हुन निर्देशनालयले निर्देशन दिएको छ । उनीहरुलाई कार्यालय–फिल्ड पोशाकमा उपस्थित हुन भनिएको छ ।

Read More

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको आज शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्री शाहसहित मन्त्रीहरुको आज साढे ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको हो । मुख्यमन्त्री शाहले मन्त्रालय भागबण्डाको बारेमा सत्ता साझेदार दलबिच छलफल जारी रहेको बताउँदै आजै टुंगो लगाउनेमा आफू प्रयासरत रहेको बताए । तर सत्ता साझेदार दल कांग्रेस र एमालेबिच अझै मन्त्रालय भागबण्डाको टुंगो लाग्न सकेको छैन । ती दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने गरी पावरसेयरिङमा लागेको बताइएको छ । एमाले र काँग्रेसबीच ३/३ मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय दिने तयारी गरेका छन् । स्रोतका अनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास…

Read More

काठमाडौं : काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आइतबार इरानसँग ३-२ सेटमा पराजित भएको हो। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपाल पहिलो सेटमा इरानलाई २५-१६ ले नतिजा सुम्पियो। दोस्रो सेटमा नेपाल २५-१६ ले नै विजयी भयो। तर तेस्रो सेट फेरि इरानले २५-२३ ले जित्यो। चौथो सेट २५-१५ ले जित्दै खेलमा नेपालले २-२ को बराबरी गर्‍यो। निर्णायक पाँचौं सेटमा इरान १५-१३ ले वियजी भएसँगै नेपालले अन्तिम अवस्थामा खेल गुमायो। यसअघि नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतमाथि ३-२ सेटमा जित निकालेको थियो। पहिलो खेलमा नेपालले श्रीलंकामाथि…

Read More