Author: महेन्द्रनगर पोष्ट

धनगढी : देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन्…

Read More

धनगढीः बैतडीका मानबहादुर बिष्टको मलेसियामा निधन भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानीका बिष्ट शुक्रवार काम सकेर साझँ कोठामा फर्केका थिए। उनको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए। मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसार उपचारको क्रममा राति १० बजे मानबहादुरको मृत्यु भएको हो। मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मानबहादुरको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। आज आधा दिन कार्यालय खुला हुने भएका कारण पोस्टमार्टम हुन सकेको छैन। मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसा आइतवार पनि विदा भएका कारण सोमवार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव बुझिने छ। त्यसपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने बताइएको छ।…

Read More

धनगढी : दार्चुलामा जुवाखालबाट दुई वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दुहुँ गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खलंगा तिंकरखेडामा रहेको बडाल फास्टफुडको चौथो तल्लाबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन सिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे र होटल संचालक जनक बडाल रहेका छन्। प्रहरीले पक्राउ गरिएको स्थानबाट १ लाख २४ हजार ८८० नगद र २…

Read More

काठमाडौँ : विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पूर्वप्रशासक चूडामणि शर्मा साउन २३ गते आत्मसमर्पण गरेर थुनामा बसेका छन्। थुनाबाहिरै रहेर विशेष अदालतको फैसलाविरूद्ध पुनरावेदन गर्न नपाएपछि उनले आत्मसमर्पण गरेका थिए। कर फर्स्योट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छूट दिएको प्रकरणमा उनी दोषी ठहर भएका थिए। उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य सचिव भएर काम गरेका थिए। अख्तियार दुरूपयोग अनुसनधान आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद गर्नुका साथै बिगो र जरिवाना…

Read More

काठमाडौं : न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ । यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भए असफल भएकाहरू पनि अटाएका छन् ।

Read More

धनगढी : न्याय परिषद्ले देशभरका २१ जना जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको छ। शुक्रबार दिउँसो बसेको परिषद्को बैठकले विभिन्न २१ जिल्लाका न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो। यो संगै सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा नयाँ न्यायाधीश आउने भएका छन् ।न्याय परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सरुवाको निर्णय गर्नेछन्। हेर्नुस् सूचीः JUdge-saruwaDownload

Read More

धनगढी : मादक पदार्थ सेवन (मापसे) गरेर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलमा अमिल्दो हर्कत देखाएका छन् । श्रीएयरलाइन्सको दिउँसो २ः५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो । श्रीएयरलाइन्सले आचार्यलाई मदिराको नसा उत्रिएपछि साँझ ५ः५५ को फ्लाइटमा सिफ्ट गरेर फर्काएको थियो । एयरलाइन्सले फर्काएको झोकमा मदिराको तालमा आचार्यले विमानस्थलबाटै टेलिफोन गरि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए । मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर तथानाम आरोप लगाउँदै प्रजिअ मिश्रलाई धम्क्याएपछि उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन…

Read More

काठमाडौं : गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा.प्रिति मिश्रलाई कारबाही गर्ने तयारी गरेको छ । लामो समयसम्म कार्यालयमा अनुपस्थित भई सम्पर्कविहीन बनेपछि इन्सपेक्टर मिश्रमाथि मन्त्रालयले कारबाही प्रक्रिया अगाडी बढाएको हो । सोही अनुसार इन्सपेक्टर मिश्रको नाममा मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गरेको छ । पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिइन् । मन्त्रालयका अनुसार उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा आएकी छैनन् । बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए…

Read More

काठमाडौं : निर्मला कुर्मी हत्याका मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएपछि रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना सुरु भएको छ । निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै माइतीघरमा विरोघ प्रदर्शन गरिएको हो। कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरे। बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको थियो । कुर्मीले साउन ९ गते बुधबार प्रदेश…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान भएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् । मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाको पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् ।

Read More