Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट ७ सय २० मिलिग्राम लागुऔषधसहित धनगढी–७ मनेहराका २१ वर्षीय नरेश राना र धनगढी–१७ पथरियाका १९ वर्षीय हितेश राना पक्राउ परेका हुन्। यस्तै धनगढी उपमहानगरपालिका–२ जुगेडाबाट ३ सय ९० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय राकेश भट्टसहित तीन जना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको हो। कैलाली प्रहरीका अनुसार पाँचै जनालाई बुधवार साँझ पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित केआई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।   हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउवाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो। हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ।

Read More

दाङ : दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन्। लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ । वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए। सुत्केरी आमाले आफैंले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा अनुसन्धान भइरहेको छ। घाइते बच्चालाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ।

Read More

काठमाडौँ: अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन्। ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। यस घटनामा अन्य ५० जना भने घाइते भएको बीबीसीले जनाएको छ। प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।

Read More

काठमाडौँ : बडादशैँको टीकाको आज तेस्रो दिन । आश्विन शुक्ल द्वादशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ। मङ्गलवार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

Read More

मकवानपुर : काठमाडौं–कुलेखानी–हेटौँडा सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका(६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। एक जना घाइते भएका छन् । काठमाडौंबाट हेटौँडाका लागि छुटेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर हिजो बुधवार दुर्घटना हुँदा काठमाण्डौ महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको ज्यान गएको हो । दुर्घटनामा उहाँका श्रीमान् ६५ वर्षका शशीराज पाण्डे घाइते भएकी छिन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भइ सडकबाट तल खसेको थियो ।

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ। कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन्। अन्य छजना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ। अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन। नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन्। शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिएका छन्। ‘विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन’, विद्यालयका प्रधानाध्यापक धर्मा ऐरले भने, ‘कक्षा…

Read More

सुर्खेत: ढोग नदिएको भन्दै एकजनामाथि मृत्यु हुनेगरी कुटपिट भएको छ। सल्यानको बागचौर नगरपालिका–७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीको मृत्यु भएको हो। उनलाई छिमेकी स्याँलाका गाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते कुटपिट गरेका थिए। भलिबल खेल्ने मैदानमा रहेका बेला केशर र सन्तोषले घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भनेर भनेका थिए। तर, घनश्यामले ढोग दिएनन्। त्यसपछि उनीहरूले घनश्याममाथि कुटपिट गरेका थिए। कुटपिटपछी घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए। कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार…

Read More

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । पृथ्वी राजमार्गबाट दुई सय मिटर दूरीमा अवस्थित उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ । राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा पुग्न गाउँपालिकाको सहयोगमा सिँढी निर्माण गरिएको छ । पर्यटकीय पार्क बनाउन सकिने यहाँ रक क्लाइम्विङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङसमेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो…

Read More

काठमाडौँ : हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More