Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीको पाटन नगरपालिका–१० को सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारीहरुलाई सरुवा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । बिहिबार बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको भन्दै सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको छ । स्वास्थ्य चौकीमा काम गर्दै आएका अनमी लगायतका स्वास्थ्यकर्मीहरुले सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिएको, प्रशासनिक काम सही ढंगबाट नगरेको, कर्मचारीहरु समयमा स्वास्थ्य चौकीमा उपस्थित नभएको, स्थानीय सरकारको नियम पनि नमानेको लगायतका विषय उल्लेख गर्दै कर्मचारीहरुको सरुवा गर्ने निर्णय गरिएको हो ।…

Read More

धनगढी: कञ्चनपुरमा फेरि चितुवा देखिएको छ। जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेला क्षेत्रमा चितुवा देखिएको हो। प्रहरीले स्थानीयलाई चितुवा देखिएकोबारे खबर गरेका छन्। भुजेला क्षेत्रमा धान खेतमा चितुवा पसेको बताइएको छ। यस अगाडि दोधारा चाँदनी क्षेत्रमा बाघले एक महिलाको ज्यान लिएको थियो भने चितुवाले पनि आतंक मच्चाएको थियो।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो। आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयरले काठमाडौंमै डेरा बनाएका छन्। उनीहरूले १ महिनादेखि काठमाडौंमै डेरा हालेको पाइएको हो। नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौंमै छन्। मनसुन सक्रिय भएर बाढीपहिरोको जोखिम बढिरहेको बेला नगरपालिकाको नेतृत्व गैरजिम्मेवार बनेर काठमाडौंमा रहनु लज्जाको विषय भएको भन्दै त्यहाँ अन्य दलहरुले भने आपत्ति जनाएका छन्। एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। कानूनबमोजिम मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको…

Read More

काठमाडौं: प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन्। भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन्। उनले गत २९ असारमा एक नाबालिकालाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ। गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ। प्रहरीका अनुसार ती किशोरी र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेका थिए। त्यही क्रममा हवल्दार श्रेष्ठ समेतले उनीहरुलाई पक्राउ गरे। केटालाई छाडेकोमा केटीलाई त्यही राखेर उनले राती बलात्कार गरेको उजुरी परेको थियो। सोही आधारमा भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको हो।

Read More

काठमाडौं: पशुपतिको कोटिहोम स्थलमा तनाव भएको छ। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो। सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो। आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ। फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्। आज कोटिहोमको समापन थियो। समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए। काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग…

Read More

काठमाडौं : गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्। गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव अर्याल र आईजीपी कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै उक्त सम्झौता आदान प्रदान गरेका हुन् । कार्यक्रमा बोल्दै गृह सचिव अर्यालले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने गृह सचिव अर्यालको भनाई छ ।

Read More

काठमाडौं : नेपाल प्रहरी सहायक निरीक्षक (असई) को लागी आवेदन दिएका उम्मेदवारहरुको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०८०/०७/०३ गते प्रकाशित विज्ञानपन अनुसार लिखित परीक्षामा सफल भई नेपाल प्रहरी अस्पताल महाराजगंजमा संचालित विशेष स्वास्थ्य परीक्षणमा सहभागी भएका उम्मेदवारहरु मध्ये सफल भएका उम्मेदवारहरुको नतिजा शुक्रबार प्रकाशन गरिएको हो । हेर्नुहोस् सूची : asi-bishesh-medical-result-notice-2081-04-321Download

Read More

धनगढी: धनगढी विमानस्थलकाे पार्किङ शुल्कमा भारी बृद्वि गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ काे नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्ककाे सूची सार्वजनिक गरेकाे छ। भदौ १ गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएकाे कुलेमष्ट कन्स्ट्रक्सनले सूची सार्वजनिक गरेपछि विराेध भएकाे छ। नयाँ शुल्कअनुसार माेटरसाईकल, स्कुटर र रिक्साकाे प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पाे, लिमाेजिनकाे प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसकाे प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ, बस र ट्रककाे प्रतिघण्टा ९० र दिनकाे ५४० रूपैयाँ निर्धारण गरिएको छ। विगतमा विमानस्थलमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा प्रवक्ता फेरिएका छन्। मन्त्रालयको प्रवक्तामा हेमराज खड्कालाई हटाएर गणेश सिंहलाई ल्याइएको हो। खड्कालाई सट्याकसुटुक हटाएर विवादित सिंहलाई ल्याइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सो विषय मन्त्री मेघराज खड्कालाई समेत जानकारी दिइएको थिएन। मन्त्रालयका सचिवले मन्त्रीलाई समेत जानकारी नदिएर प्रवक्ता फेरेको आरोप छ।

Read More