Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Read More

काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा भएको घोटालामा दोषी ठहर भएका सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई जरिवाना र कैद दुबै सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले बिहीबार उनको सजाय निर्धारण गरेको हो। कार्कीलाई ६ वर्षको कैदका साथै ६० लाख ७५ हजार २८८ रूपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। यसअघि असोज १५ गते सोही इजलासले घोटाला आरोप लागेका असइ कार्कीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजको लागि पेसी तोकेको थियो । कार्कीमाथि प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६…

Read More

धनगढी : धनगढीमा बुधबारदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय बालिका सम्मेलन बिहीबार सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग र फाया नेपालको व्यवस्थापनमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले बालिकाको हक अधिकार तथा उनीहरुमाथि हुने हिंसा न्यूनीकरणका लागि काम गर्ने एवंम् सम्बद्ध पक्षलाई त्यसमा जिम्मेवार बनाउने प्रतिबद्धता समेत गरेको छ । बालिकाहरुको समग्र विकासका लागि बालिका विकास रणनीति योजना बनाइ प्रदेश तथा स्थानीय स्तरमा कार्यक्रम सञ्चालन गर्न स्थानीय र प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायलाई आग्रह गर्ने, सबै तहका सरकारले बालविवाह र हानिकारक…

Read More

डडेल्धुरा : विगत लामो समयदेखि लोक तथा डेउडा गीतको क्षेत्रमा सक्रिय लोकप्रिय सर्जक तथा गायक  धनिराम गिरी, गायिका गाैरी भट्ट र यज्ञराज गिरीको  स्वरमा नयाँ  डेउडा गीत `पान तिया पन्नर’ सार्वजनिक भएको छ। खप्तड डिजिटल म्युजिक प्राइभेट लिमिटेड मार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना धनिराम गिरीको रहेको छ। संगीत पनि गिरीको नै रहेको छ। गीतको म्युजिक भिडियोमा लभराज गिरी र झरना बोहराको नृत्य तथा अभिनय देख्न सकिन्छ। गीत सार्वजनिक गर्दै धनिराम गिरीले यो गीतले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सार्वजनिक गरेको बताए। उनीहरुको टिमले विगत लामो  समयदेखि  टिकटकको माध्यमबाट सुदूरको संस्कृति सम्बन्धि  भिडियो बनाइ संस्कृति   जगेर्ना …

Read More

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा फिर्ता बोलाइएको छ । सर्लाहीमा नरेशराज सुवेदी कार्यरत थिए । त्यस्तै गृह मन्त्रालयले बिहीबार नै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा कोमल प्रसाद धमला र बाँकेको प्रजिअमा श्रवण कुमार पोखरेललाई सरुवा गरिएको छ । हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता…

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू)की कमिस्नर जुट्टा उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइडलाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् । उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे । सन् २०१३ देखि ईयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । २०७९ फागुनमा…

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृत सञ्जनबहादुर बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । बुढाथोकीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको पाइएपछि मुद्दा दायर भएको हो । माध्यमिक शिक्षा परिषद् भारतको उत्तर प्रदेश इलाहाबादबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा सरकारी सेवामा प्रवशे गरेका उनले सरकारी लाभ र सुविधा लिएको अनुसन्धानबाट खुलेको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम उनीविरुद्ध आज मुद्दा दायर गरेको हो ।

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणले यस पालिको दशैं जेलभित्रै मनाउने छेकछन्द देखिँदै छ । पर्व बिदा शुरु हुनुअघि मुद्दाको सुनुवाइ गर्ने दिन बिहीबार मात्रै बाँकी रहेकाले यस्तो आकलन गरिएको हो । त्यसपछि न्यायालयमा बिदा शुरु हुन्छ । कथं सुनुवाई प्रारम्भ भइहाले पनि एकै दिनमा सबै प्रक्रिया टुंगिन सम्भव छैन । यसैबीच सुनप्रकरणका २६ जना अभियुक्तमध्ये २५ जना जेल गएका छन् । यसबीच महान्यायाधिवक्ताको कार्यालयले काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालय प्रमुखमा सन्देश श्रेष्ठलाई पठाउन लागेको छ उनी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिए हुन् ।

Read More

बारा : भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरुलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय यूवक पालबाट बालिकाहरूलाई उद्दार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाईएको हो। गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरि ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए। बालिकाहरुको फोटो…

Read More

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी हुन् । उनले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको रहेछ भन्ने विषयमा बुझ्ने बताइन् । ‘भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे हाम्रो ध्यानाकर्षण भएको छ । के हो भनेर हामी जानकारी लिने क्रममा छौँ । एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदाको प्रोटोकल जे हो, त्यो पूरा गर्नुपर्छ । थप बुझ्दै छौँ’, उनले भनिन् । दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा मोदीले…

Read More