कैलाली- सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ। धनगढी रंगशालामा हुने फाइनलमा दुई ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल ३ बजेपछि सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन्। पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो। दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। सुदूरपश्चिम-११ स्पोर्टस…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम (मुडका) स्थित वैजनाथ मन्दिरमा आज लाग्ने मेलामा आवांच्छित क्रियाकलाप रोक्न ४८ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ। मेला क्षेत्रमा हुनसक्ने चोरी, आपराधिक क्रियाकलाप, दुर्घटनालगायत नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको छ। क्यामेराको कन्ट्रोल प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ। मेला अवधिभरि मणिका धाम क्षेत्रमा सिसीटिभी क्यामेराको निगरानी रहने वडाध्यक्ष बहादुर महराले बताए। मेलाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत गए रातिदेखि नै परिचालन गरिएको छ।मेला क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी साधन पार्किङको छुट्टैरुपमा व्यवस्था गरिएको छ। बिहानैदेखि मणिकाधाम क्षेत्रमा दशर्नार्थीको घुइँचो लागेको छ। मेला…
कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–७ स्थित टोटी नालमा रु ७१ लाख लागतमा ट्रस्ट पुल बनाउने प्रक्रिया अगाडि बढाइएको छ। पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ। त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको छ।पुल निर्माणका लागि नगरपालिकाको रु नौ लाख २४ हजार १२ (१३ प्रतिशत), समुदायको श्रमदान रु एक लाख ४२ हजार १५५ (२ प्रतिशत) , दातृ संस्था स्वावको अनुदान रु ६० लाख ४१ हजार ६२३ (८५ प्रतिशत) रहेको छ। पुल निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाइएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए। पुल निर्माण भएपछि ४०० घरघुरीका पाँच हजार ५०० लाभान्वीत हुने छन। पुलको लम्बाइ ६४ मिटर…
काठमाडौं-चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ। भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका—४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो। गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन्। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिए। भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताएका छन्।
मुग्लिन-चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन्। मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। उनीहरुको शव परीक्षणको लागि…
कञ्चनपुर-महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त चुनाव लड्ने भएका छन। दार्चुलाको महाकाली नगरपालिकामा माओवादी केन्द्र र समाजवादीले संयुक्त मोर्चा बनाएर चुनाव लड्ने भएका हुन।शुक्रबार माओवादी केन्द्र र समाजवादीविच संयुक्त उम्मेदवार उठाएर चुनावमा होमिने निर्णय गरेका हुन्। माओवादीको तर्फबाट नगर अध्यक्ष गणेश खत्री, उपाध्यक्ष हरिष भट्ट, सचिव राजेन्द्र विष्ट, प्रदेश सदस्य खडक धामी, दिपक जोशी, समाजवादीका तर्फबाट नगर अध्यक्ष धनुषा पाल प्रदेश सदस्य दिलेन्द्र पाल, गणेश जोशी, प्रमाराम ओड, राधिका जोशीले सहमती गरेका छन।
न्युयोर्क-अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन्। ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्ने छैनौं। नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो। यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने।यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ। युक्रेनमाथि रासायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए। यसैबीच, रुसी सेनाले युक्रेनका तीन वटा मुख्य सहरहरुमा हमला गरेको छ। यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निष्कर्षविहीन भएको थियो। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।एजेन्सी
मस्को-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन्। मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गरे। उनले युक्रेनी वार्ता व्यवहारिक रूपमा भइरहेकोसमेत बताए। ‘निश्चय नै सकरात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरुले बताएका छन,’ पुटिनले भने, ‘यसबारे पछि मैले सबै भन्नेछु।’ यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो। युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको…
झापा-झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ।आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ। यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए।प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ। झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए। अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक छ/छ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ…
काठमाडौँ-भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ। उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो। विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो। तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ।