Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः  कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–५ का पंकज चन्द पक्राउ परेका छन्। उनलाई अदालतले लागुऔषध  मुद्दामा ४ महिना कैद सजाए सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका महाकाली नगरपालिका–९ का लखन रावल पक्राउ परेका छन्। रावललाई १ वर्ष कैद, ५ महिना ४ दिन कैद र २ हजार रुपैँया जरिवाना तोकिएको थियो। चनद पनि सोहि दिनबाटै फरार रहेका थिए। चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका–४ का युवराज शाहु आइतवार पक्राउ परेका छन्। शाहुलाई अदालतले ९ महिना कैदको सजाए सुनाएको थियो। तीनै जनालाई हिजो अदालतले सजाय भुक्तानको लागि…

Read More

काठमाडौँ : नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएको पाइएको छ। यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार  हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ। उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ। हाजिर नभए  सेवाबाट हटाइने बताइएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

लण्डन : नेपालका अर्थमन्त्री डा प्रकाशशरण महत शनिबार साँझ लण्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन महत बेलायत आएका हुन् । ३१ अक्टोबर दिउसो लन्डन म्यान्सन हाउसमा ‘इमर्जिङ नेपालस् अपरचुनिटिज फर इम्प्याक्ट इन्भेष्टमेन्ट एण्ड ट्रेड’ विषयक सम्मेलन हुँदैछ । बेलायत सरकारसँगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो । मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन् । हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रँदा मन्त्रीलाई राजदूत ज्ञानचन्द्र आचार्य, कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ लगायत पदाधिकारी र व्यवसायीले स्वागत गरेका थिए । मन्त्री…

Read More

बझाङ: जिल्लामा लागु औषध सहित एक जना पक्राउ परेका छन । आईतवार बझाङको सदरमुकाम चैनपुर बजारमा रहेको सुर्जन हेयर कटिङ पसल भित्र लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाकाको आधारमा खान तलासी गर्दा लागु औषध जस्तो पदार्थ देखीने ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालय वाट शम्भु धामीको कमाण्डमा–पसलमा खानतलासी गर्दा काठको घर्रा भित्र कालो प्लास्टिकमा पोकोपारी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको पसल सञ्चालक सुर्जन धामीलाई नियन्त्रणमा लिई र थप अनुसन्धान जारी राखेको रहेको बताए ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरवारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरूका नेताहरूको पनि सहभागिता रहेको थियो । महासचिव गुटेरेसले आजै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतसँग भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौँ : इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीन जना नेपालीको शव पहिचान भएको छ । ज्यान गुमाउनेमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै ज्यान गुमाएका आठ जनाको शवको पहिचान भएको छ । दुई वटा शव पहिचानको क्रममा रहेका दूतावासले जनाएको छ । आक्रमणमा घाइते भएका चार जनामध्ये दुई जना डिस्चार्ज भएका र दुई जनाको उपचार भइरहेको छ । सम्पर्कविहीन भएका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

Read More

काठमाडौँ : नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस ललितपुरको पाटन दरबार स्क्वायर पुगेका छन्। आइतबार दिनभर उच्चस्तरीय भेटवार्ता सकाएर गुटरेस पाटन दरबार क्षेत्रमा पुगेका हुन्। पाटनमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले महासचिव गुटरेसलाई स्वागत गरे। उनको स्वागतमा सांस्कृतिक नाचगान पनि प्रस्तुत गरिएको थियो। आज बिहान १ बजे काठमाडौँ आएका महासचिव गुटरेस भोलि नाम्चे, पोखरा लुम्बिनी जाने कार्यक्रम छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक गाईगोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरियाकी फागु सार्कीको गाईगोठमा आगलागी भएको हो। आगलागीबाट गाईगोठ र पराल जलेर पुर्णरुपमा नष्ट भएको छ। आगलागीबाट करिब ७५ हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउँन बाकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि थालेको रूपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्‍याइने भएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले रूपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसको अवधि थप गर्ने तयारी गरिएको एक नेताले जानकारी दिए। त्यस्तै रूपान्तरण अभियानको समापनका क्रममा पुस १५ गते माओवादीले काठमाडौँमा सभा गर्ने भएको छ। अभियान समापन कार्यक्रमलाई माओवादीले आफ्नो शक्ति प्रदर्शनको अवसरका रूपमा प्रयोग गर्ने भएको हो।

Read More