Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा…

Read More

काठमाडौँ: दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको हो ।  अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनाएको थियो । ५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५…

Read More

अछाम : अछामको मंगलसेन लगाएका स्थानमा भारी वर्षा भएको छ । मंगलसेन वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  यस्तै दैलेखको डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बिहान ११ बजेका लागि बोलाइएको छ ।

Read More

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदै छ । हिजो बिहानै नतिजा प्रकाशन गर्ने भनिए पनी आन्तरिक तयारी नसकिएको भन्दै आज नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ । २०८० साल चैत्र १५ देखि चैत २७ सम्म भएको एसइई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २७ अंक ल्याउनुपर्छ। त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गरेका छन् । सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर…

Read More

धनगढी: बझाङ घर भएका नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य ऐन महरका नाममा अदालतले पुर्जी जारी गरेको छ। असार ३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै उच्च अदालत पाटनले पुर्जी जारी गरेको हो। रश्मिलाकुमारी धामीले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले जेठ ३२ गते म्याद जारी गरेको हो। असार ३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले महरलाई आफैँ उपस्थित हुन वा वारेसमार्फत लिखित जवाफ पेश गर्न भनेको छ। अन्यथा कानुनबमोजिम हुने अदालतले स्पष्ट पारेको छ। अदालतले जेठ ९ गते प्रतिवादीको नाममा म्याद सूचना पठाएको थियो। तर, म्याद तामेल हुन नसकेपछि दोस्रो पटक पत्रिकामा सूचना प्रकाशित गरेको हो। बझाङवासी महर र…

Read More

काठमाडौं : आचरणसम्बन्धी गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दारसम्मका २१० प्रहरी कर्मचारीको एकैपटक सरुवा गरेको छ । सेवाग्राहीबाट आचरण र अनुशासनको गुनासो आएको र कार्यसम्पादन समेत चुस्त नभएको भन्दै परिसरले २१० जनाको सरुवा गरेको हो । परिसर स्रोतका अनुसार काठमाडौंका वृत्तहरूमा खटिएका प्रहरी जवानदेखि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार गरी २१० जनाको सरुवा गरिएको हो । ६ महिनाभन्दा बढी समय एउटै कार्यालयमा बसेकाहरूको सरुवा गरिएको परिसरका एक अधिकृतले बताए । पछिल्लो समय काठमाडौंका वृत्तहरूमा खटिएका केही प्रहरी कर्मचारी अपराधमा संलग्न हुने गरेको समेत पाइएकाले सरुवा गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीका एसएसपी डा.दीपक श्रेष्ठले प्रहरी र प्रहरीको नेतृत्वबारे फायर खोलेक छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रहरी संगठन र संगठन प्रमुखविरुद्ध कडा टीप्पणी गरेका हुन्। उनले प्रहरी नेतृत्वले आफूलाई अन्यायपूर्वक अवकाश दिन लागेको पनि जनाएका छन्।डिआइजीको दरबन्दी करिब ५० दिनदेखि रिक्त राखेर आफूलाई २३ वर्ष सेवा अवधिमै अवकाश दिन लागेको भन्दै श्रेष्ठले आक्रोश व्यक्त गरेका हुन्। एसएसपी श्रेष्ठले बुधबार फेसबुकमा लेखेका छन्– खड्गजित बराल, दुर्लभ थापा, डि.वि. लामा, अच्युतकृष्ण खरेल, ध्रुव बहादुर प्रधान सरहरू जस्तो आदरणीय व्यक्तित्वहरूले हाँकेको गौरवमय इतिहास बोकेको संगठनमा २०५८ मा प्रवेश गरेर आज २०८१ मा वदनियतिपुर्वक अवकाश दिँदा मन लागेको कुरा गौरवमय नेपाल प्रहरी संगठन…

Read More

काठमाडौं : नेपाल प्रहरीमा औपचारिक रुपमा स्टाफ कलेज (माष्टर इन पुलिस साइन्स) कार्यक्रम सुरु भएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा बुधबार औपचारिक रुपमा कार्यालय स्थापना गरिएको छ । स्टाफ कलेजको कार्यकारी निर्देशकमा डिआइजी राजन अधिकारीलाई तोकिएको छ । एकेडेमीले आगामी दुई महिनाभित्रै स्टाफ कलेजका लागि प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रहरी निरीक्षक आधारभुत तालिमको १५८ तथा पिजिडिपिएस सातौं ब्याच एमपीएस सुरु गर्न लागिएको छ । यो ब्याचका ६५ जना डिएसपी तथा ७९ जना इन्सपेक्टर छन् । इन्सपेक्टरको ठूलो ब्याच भएकाले यही टोलीबाट कार्यान्वायन गर्न लागिएको हो । एमपिएस १६ महिनाको कोर्स हुनेछ । जसमध्ये पहिलो…

Read More