Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: भारतको नयाँ दिल्लीमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सुरु भएको छ। बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ। बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले नेतृत्व गरेका छन्।भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले नेतृत्व गरेकी छन्। भारतको सशस्त्र सीमा बल (एसएसबी)ले आयोजना गरेको बैठकमा नेपालको तर्फबाट आईजीपी राजु अर्याल, सशस्त्रका एआईजी नारायणदत्त पौडेल, सशस्त्र प्रहरीका डीआईजी शम्भु सुवेदी, नेपाल प्रहरीका डीआईजी विकाश राज खनाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी, गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारी, भारतस्थित नेपाली राजदूतावासका परराष्ट्र मन्त्रालयका प्रतिनिधि र सशस्त्र प्रहरीका निरीक्षक सुरज पौडेल…

Read More

काठमाडौं: सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ।’ यो कार्यदललाई दुई वटा विषय ’म्यान्डेट’ दिइएको छ। कार्यदलले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्यता अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ। मन्त्री महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमवार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको…

Read More

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ। इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन्। कोरोनाको सङ्क्रमण घटदै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको हो। भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य (युके), संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन्। गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक…

Read More

काठमाडौं : यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०ः५१ बजे परेको छ। नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो। हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ। टीका लगाउन साइत हेर्ने चलन रहेको छ। तर, साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ।

Read More

काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले एक साताभन्दा लामो युरोप भ्रमण अन्तिम समयमा स्थगित गरेका छन् उनी आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन्। १६ कात्तिकको मन्त्रिपरिषद् बैठकले २२ देखि १ मंसिरसम्मका लागि राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको थियो। देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्। पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज बिहान सबा १० बजे भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका क्षेत्रमा जाने जानकारी दिए।

Read More

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाले मालमवासीसँग फोहोर व्यवस्थापन गर्न भन्दै मागेको तीन महिना सकिएको छ। आफ्नो घरजाने सडक(मालम दोबाटो) छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले साउन २२ गते आन्दोलित बनेका थिए। उनीहरुले बसपार्कबाट जुलुस निकालेर नगरपालिकानै घेरेपछि फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच दुई बुँदे सहमति भएको थियो। अमरगढी नगरपालिका र मालमबासी मिले, यस्तो भयो सहमति सहमतिअनुसार फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन गर्ने भनिएको थियो। त्यस्तै हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी…

Read More

काठमाडौँ । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको त बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सडक विभागमा बिल पेस भइसकेको छ । बिल भुक्तानी नहुँदै विभागले द्रुत बस सेवा रुटमा डिभाइडर राख्न अरू २० लाख खर्च गर्ने भएको हो । द्रुत बस सेवा रुटलाई डेडिकेटेड (छुट्टै लाइन) बनाउन विभागले करिब ६ सय वटा गहुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको बजार मूल्य तीन…

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।  पहाडी भू-भागका एक-दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पनि एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाबाट उनीहरू पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, सुखडका अनुसार पक्राउ पनेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २० वर्षीय उमेश सुनार र वडा नम्बर २ का २२ वर्षीय वीरेन्द्र सिंह रहेका छन्। उनीहरूको साथबाट सोमवार २ सय मिलिग्राम लागुऔषध ९ब्राउनसुगर० समेत प्रहरीले बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Read More

टीकापुर : टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ। टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका(२ की ३७ वर्षीया रमिता चौधरीको सफल अप्रेसन गरिएको हो । अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी लामो समयदेखि पत्थरीबाट पीडित थिइन्। डाक्टर भट्टको नेतृत्वमा दैनिकजसो जनरल अप्रेसनहरू हुँदै आएका छन्। जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न गर्न सकेको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अब यस्ता समस्याको नियमित अप्रेसनहरू सुरु गरिने बताए…

Read More