Author: महेन्द्रनगर पोष्ट

एजेन्सी : सिरियाका मुख्य विमानस्थलमा इजरायलले गरेको आक्रमणमा दुई जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले दुई वटा मुख्य विमानस्थललाई निसाना बनाएको छ । सिरियाली अरब समाचार एजेन्सीले दमास्कस र एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको जनाएको छ । आक्रमणका कारण विमानस्थलका रनवेमा क्षति पुगेको छ । अहिले उडानहरू रोकिएका छन् । इजरायलका अनुसार यी विमानस्थलको सहयोगमा इरानी हतियारहरू हिजबुल्लाहलाई पठाइँदै थियो । सिरिया र लेबनानमा हिजबुल्लाह निकै शक्तिशाली छ । गएको हप्ता पनि इजरायलले यी दुवै विमानस्थललाई निसाना बनाएको थियो ।

Read More

दार्चुला : दार्चुलामा भीरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा – ४ मर्मती पन्तबगर बस्ने ३० वर्षिया  पार्वती बिष्टको खर काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो । स्थानीय पुष्कर बिष्टका अनुसार आइतबार मध्यान्नः १२ बजेको समयमा मेलेगाड खोलामा खरकाट्ने क्रममा बिष्ट भिरबाट लडेकी हुन् ।

Read More

धादिङ : भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।पटक-पटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो।

Read More

काठमाडौं: नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् । जोशी सहितका अवोध नागरिकहरुलाई हमासले नियन्त्रणमा लिएको भन्दै उनले उनीहरुलाई मुक्त गर्न आह्वान गरे । हमासको कब्जामा परेका जोशी कहाँ छन् भन्ने थाहा नभएको उनको भनाइ छ। ´हामीले जोशीको खोजी जारी राखेका छौं,’ राजदूत गोडेरले आज काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै भने। त्यसैमा थप्दै उनले भने, ‘उनी कुनै पनि टक्कर (कोलिसन) सँग आवद्ध नरहेको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय स्तरमा समुदायलाई खोज्न आग्रह गरिरहेका छौं र आतंककारीलाई पनि उनी लगायत कब्जामा रहेका अबोध नागरिकलाई छोड्न आग्रह गरेका छौं ।’

Read More

काठमाडौं : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्।  पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रूपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका छन्। नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएकोसे नाले जनाएको छ।

Read More

अछामः अछामको एक कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका हर्कबहादुर बोहराको घरदेखि ५०० मिटर टाढा रहेकोे कुखुरा फर्ममा शनिबार साँझ आगलागी भएको हो। बिजुलीको तार सट हुन गई आगलागी हुँदा फर्ममा रहेका ६०० चल्लाहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

बैतडी: बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा आज पशु बलिसहित भव्य जात्रा लागेको हो । हिजो महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलि सहित जात्रा सम्पन्न हने गर्दछ । नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहितको समापन हुने मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ । महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र आज बलिदिने चलन रही आएको छ । मन्दिरमा आजै बिहानै देखि दशर्नार्थीहरुको…

Read More

काठमाडौं : इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो। पहिलो चरणमा सुदूरपश्चिम घर भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज बिस्टको शव आएको परराष्ट्र मान्त्रालयले जनाएको छ ।आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ। शवहरू आजै नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइने बताइएको छ। गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।

Read More

धनगढीः कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना भएको छ। गोदावरी नगरपालिका–५ गेटा स्थित भित्री सडक खण्डमा से १ त ७९४५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर नालीमा पल्टिएर शनिबार साँझ दुर्घटना भएको हो। दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भिर घाइते भएका उनको मायामेट्रो अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। सोही ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका५ बरबटाका ३४ वर्षीय बख्खु बिक घाइते भएका छन्। घाइतेको पनि मायामेट्रो अस्पताल घनगढीमा उपचार भइरहेको छ।

Read More

काठमाडौँ : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्। पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन्।

Read More