Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट ६२० मिलिग्राम लागुऔषधसहित कैलालीको धनगढी उपमहानगरपालिका–४ का २९ वर्षीय सञ्जय चौधरी र ३० वर्षीय कृष्ण चौधरी बुधबार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मोटरसाईकलमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा लागुऔषधसहित फेला पारी दुवैजनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा अवैध सामानसहित एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का बिष्णु गुप्तालाई उनकै घरबाट करिब नौँ लाख मुल्य बराबरका अवैध सामानसहित प्रहरीले पक्राउ गरेको हो। गुप्ताले घरमा सञ्चालन गरेको पसलबाट र उनकै भीमदत्त नगरपालिका–१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छलीका करिब ९ लाख मुल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु फेला पारी नियन्त्रयमा लिएको हो। बरामद गरेको सामान र गुप्तालाई कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

काठमाडौं: इजरायलमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । गएराति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज आज बिहान ४ बजे इजरायल प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश ल्याउनेछ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शव भने तत्काल नआउने भएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको छ। चार जना घाइते भएका छन् र एक जना अझै सम्पर्कविहीन छन्।

Read More

बझाङ: बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ।बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गएिको छ। मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए।  बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्। १६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए।

Read More

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशसभाबाट बुधवार शोक प्रस्ताव पारित गरिएको छ। इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट ज्यान गुमाएका एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दैे प्रदेश सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो। सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा शोक प्रस्ताव राखेका थिए। प्रदेश सभामा उपस्थित सम्पूर्ण प्रदेशसभा सदस्यले हात उठाएर शोक प्रस्तावलाई पारित गरेका थिए। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पस टीकापुरमा अध्ययन पूरा गरेर इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका १० जना विद्यार्थीको हमास विद्रोहीको आक्रमणमा परि मुत्यु भएको यियो । यसैगरी, दुवै घटनामा परेर ज्यान गुमाएकाको शोकमा प्रदेश सभामा एक मिनेट मौन धारण गरिएको…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई देखाएर नेता झपट रावलले उपसचिव पदमा बार्गेनिङ गरिरहेको आरोप लागेको छ। झपटकै उक्साहटमा लागेर अध्यक्षमा उम्मेदवारी दिएका संविधानसभा सदस्य तथा अछामका पूर्व अध्यक्ष भरत साउदले उम्मेदवारी फिर्ता लिन तयार भएका बेला रावलले दबाब दिइरहेका एक नेताले बताए। रावलले उपसचिवमा भीम रावलकाे काेटाबाट भन्दै उपसचिवमा साउदकै प्यानलमा रहेका कञ्चनपुरका नरबहादुर बिकलाई अघि सारेका छन्। उनले सचिव पदका उम्मेदवार रतन रेग्मीलाई पनि उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेका छन्। संस्थापन पक्षका उपसचिवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए आफूले अध्यक्ष, सचिव र उपसचिवका उम्मेदवारकाे उम्मेदवारी यथावत् रहने बताइरहेका छन्। कतिसम्म भने रावलले अध्यक्षका उम्मेदवार साउद…

Read More

गाजा सिटी : इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एक मात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ । “गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन,” प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पछिल्लो आधिकारिक तथ्यांकअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ । स्थानीय समयअनुसार शनिबार बिहानै प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी समूह (हमास)ले एक्कासी इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र…

Read More

काठमाडौं : गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका भेटिएको हो । संविधान दिवसको दुई दिनअघि मात्रै कारागार प्रशासनमा दबाव दिएर रिगल ढकालको फाइल कैद मिनाहाका लागि झिकाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । ‘हतारहतार फाइल पठाइएको हो’ स्रोतले भन्यो, ‘उहाँले पुरानो मिति राखेर रिगलको फाइल मन्त्रिपरिषद्मा पेश गरेको देखिन्छ ।’ २९ भदौ बसेको मन्त्रिपरिषद् बैठकले…

Read More

काठमाडौँ : इजरायलमा रहेको नेपाली दूतावासले गरेको कार्य उच्च प्रशंसनीय रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा बोल्दै इजरायल गाजा घटनापछि दूतावासले गरेको कार्य प्रशसनीय रहेको बताइन् । ‘घटना भएपछिदेखि नै दूतावास सक्रिय भएर लागेको छ । सिमित स्रोत साधनकाबीच दूतावासले गरेको कार्य निकै प्रशसनीय छ । यसको नेपाल सरकारले मूल्यांकन नै गर्नेछ’ प्रवक्ता लम्सालले भनिन् । घटनापछि दूतावासले राम्रोसँग काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले त राजदूत कान्ता रिजाललाई फिर्ता बोलाउनुपर्ने समेत माग राखेको छ । यस्तो अवस्थामा सरकारले दूतावासको प्रशंसा गर्दै उनको बचाउँ गरेको हो ।

Read More