Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ । एउटा प्रमुख प्रशासकीय अधिकृतले एउटा पालिका हेर्न हम्मेहम्मे परिरहेका बेला बैतडीमा भने एकै व्यक्तिलाई दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो। बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुनाथ अवस्थीलाई सिगास गाउँपालिकाको जिम्मेवारी पनि थपिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार पत्राचार गरेर अवस्थीलाई सिगासको पनि जिम्मेवारी तोकेको हो। स्थानीय सरकार सञ्चाल ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम सिगासमा प्रमुख प्रशसकीय अधिकृत हाजिर नहुँदासम्म अवस्थीलाई कार्य सम्पादनका लागि जिम्मेवारी दिइएको मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख गरिएको छ। सिगासमा प्रमुख…

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिबेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ६ जना, सचिबमा ४ जना र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ।उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ। सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बम छन् भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज उपसचिव खुल्लातर्फ रामदत्त जाेशी, अशाेककुमार चन्द,…

Read More

दार्चुला: चौलानी नदीमा बगेर दार्चुलाका एक बालक बेपत्ता भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइका ६ वर्षीय छोरा हेमान्सु दमाइ नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

Read More

धनगढी : हमासको आक्रमणमा परि सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीले ज्यान गुमाए। प्रवेश २० भदौमा घरबाट इजरायल जानका लागि निस्केका थिए। छोरो इजरायल जाने भएपछि बुबा चक्रबहादुर र आमा चन्द्रिका निकै खुसी भए थिए। नहुन् पनि कसरी जाँदै गर्दा प्रवेशले भनेका थिए, ‘अब हजुरहरुका दुःखका दिन गए। म कमाउने भैसकेँ, ढुक्क हुनुस् म ११ महिनापछि फर्केर एउटा कृषि फार्म खोल्छु कि हाकिम बन्छु।’ तर, दैवको लेखा घरबाट गएको महिना दिनमै चक्रबहादुर र चन्द्रिकाको खुसी खोसिएको छ। सुन्दर भविष्यको लागि संघर्ष गरिरहेका प्रवेशल शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा मृत्यु भयो। प्रवेशको मृत्युसँगै यतिबेला साहुटोल शोकमा डुबेको…

Read More

झापा : राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारीबाट करारमा कार्यरत ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका २३ वर्षीय मोहन नेपाल, दोलखाका २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ घर भएका २३ वर्षीय कमल खनाल रहेको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। उनीहरू आयोगबाट हाल्दिबारी गाउँपालिकामा खटिएका हुन्। जग्गा वितरणको काम ‘छिटो गराउँछौँ’ भनेर रकम लिएको सूचनाको आधारमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए ।

Read More

धनगढी: नेकपा (एमाले) को सुदूरपश्चिम सचिव बन्न २ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत सचिवमा २ जनाको उम्मेदवारी परेको हो। अहिलेसम्म रणबहादुर चन्द र राजेश खातीले उम्मेदवारी दर्ता गराएका हुन्। अध्यक्षका उम्मेदवार कमल तिमिल्सिनाको टिमबाट चन्दले उम्मेदवारी दिएका हुन् भने अर्काले कृष्णप्रसाद जैसी टिमबाट उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। तर पछि समय बढाइएको हो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ। साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।

Read More

धनगढी : इजरायलमा हमासको आक्रमणपछि साथीको सम्पर्कमा आएका कञ्चनपुरका विपिन अझै सम्पर्कविहीन छन्। भीमदत्त नगरपालिका–३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए। त्यसपछि भने उनी सम्पर्कविहीन छन्। विपिनले किशोरसँग ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए। विपिनले पछि कुरा गरौंला भनेपनि साँझ उनको फोन आएन्। इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाएपछि उनले पटकपटक विपिनलाई सम्पर्क गर्न खोजेपनि उनीसँग सम्पर्क हुन सकेको छैन्। विपिन गत २६ भदौमा इजरायल गएका थिए। उनी त्यहाँ एउटा कृषि फर्ममा काम गर्दै आएका थिए। इजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा…

Read More

डडेल्धुरा: डडेल्धुरा सदरमुकाम नजिकै तल्लो खलंगामा गएराती एक पसलमा आगलागी भएको छ। अमरगढी नगरपालिका ४ तल्लो खलंगाका कमल गुरुङको मदिरा पसलमा मध्यराती एक्कासि आगलागी भएको हो। आगलागीबाट निस्सासिएर गुरुङ घाइते भएको र उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट उनको शरीरको बाहिरी भाग जलेको छ। हात र खुट्टामा जलन भएको छ। पसलभित्र के कति क्षति भयो भन्ने एकिन जानकारी आइनसकेको र प्रहरी अहिले मुजुल्का उठाउन घटना स्थल पुगेको डडेल्धुराका प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिए। पसलका साहु अस्पतालमा भएकाले उनी आएपछि मुजुल्का उठाउने कुरा भइरहेको ऐरले बताए। आगलागी हुने बितिक्कै अमरगढी नगरपालिकाको दमकल घटना स्थल पुगेर…

Read More

धनगढी: नेकपा (एमाले) को सुदूरपश्चिम अध्यक्ष बन्न ४ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो। अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरूमध्ये सिंहबाहेक अरु तीनै जना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन्। निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। तर पछि समय बढाइएको हो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ। साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।

Read More

बझाङ : जिल्लामा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न थालिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भूगर्भ विभागका विज्ञले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन्। सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा। शिव सुवेदीले जानकारी दिए। उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ। चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका…

Read More