Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा सोही ठाउँकी अन्दाजी ६० वर्षिया नन्दादेवी जोशीको शव सोमबार बिहान फेला परेको हो। आइतबार साँझ घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार विहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। अहिले इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीबाट नगदसहित सात जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चौराहास्थित ब्लू स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद ६७ हजार ६५६ रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ कालागौडी घर भई धनगढी कोठागरी बस्ने ३५ वर्षीय हेमराज अवस्थी, बझाङको केदारस्यू गाउँपालिका–४ का केशव मल्ल र बैतडीको पुर्चौडीका रमेश भण्डारी रहेका छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी : जुनियर कर्मचारीलाई कृषि ज्ञान केन्द्र डडेल्धुरामा निमित्त प्रमुखको जिम्मेवारी दिएपछि सिनियर कर्मचारीले जुनियरको अण्डरमा काम गर्नु परेको छ। सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्मचारीलाई मन्त्रालयमै थन्काएर खेमराज पनेरुलाई निमित्त हाकिमको जिम्मेवारी दिएपछि सिनियर कर्मचारीले जुनियरको अण्डरमा काम गर्नु परिरहेको हो। पनेरु छैठौं तहका कर्मचारी हुन्। ज्ञान केन्द्र डडेल्धुरामा साताैं तह करारका ३ जना कर्मचारी छन्। स्रोतका अनुसार राजनीतिक पावरमा छैठौं (जुनियर) लाई निमित्तको जिम्मेवारी दिइएपछि कार्यालयभित्रकै अन्य कर्मचारी पनि रुष्ट छन्। सम्बन्धित समाचार : डडेल्धुरा पठाएन मन्त्रालयले हाकिम, जुनियर निमित्त, सिनियर हेरेको हेर्‍यै

Read More

काठमाडौँ : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन्। उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। सोमबार प्रधानमन्त्री निवास पुगेर गुरुङ दम्पतीले आफूले घोषणा गरेको रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे। शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले उक्त सहयोगको घोषणा गरेका थिए। निजी क्षेत्रबाट प्रधानमन्त्रीलाई ठुलो राहत रकम हस्तान्तरण गर्ने उनी पहिलो हुन्।

Read More

अछामः अछाममा भालुको आक्रामणबाट एक बालिका घाइते भएकी छिन्। जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँस्थित जंगलमा घाँस काट्ने क्रममा सोही गाउँकी १५ वर्षीया बालिका दिलाकुमारी बुढालाई आइतवार जंगली भालुले आक्रामण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकामका घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले आजदेखि डोजर चलाउने भएको छ। सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएका कारण आजदेखि सडकको क्षेत्राधिकार खाली गर्न नगरपालिकाले डोजर चलाउने भएको हो। त्यसका लागि अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीलाई संयोजक तोकिएको नगरपालिकाले जनाएको छ। आजदेखि बसपार्कबाट सडक क्षेत्र खाली गर्न सुरु गरिने बताइएको छ। अमरगढी नगरपालिकाले वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएको भन्दै अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरिएको थियो। १३…

Read More

काठमाडौं: गत असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ बजेट ४० मिनेटमा जिल्लाको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुर आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियोे। सोही भूकम्पमा परेर बझाङमा एकजनाको मृत्यु भयो भने, सुदूरपश्चिमभर २७ जना घाइते भए। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आंशिक क्षति पुगेको बताइएको छ। भूकम्पपछि असोज १९ गते दलबलसहित बझाङ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा…

Read More

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका-२ को एक गोठमा आगलागी भएको छ। नगरपालिकाको-२ नम्बर वडा स्थित कृष्ण टोलमा आइतवार गोठमा आगलागी भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। दुई तले २ कोठे गोठमा अचानक आगलागी हुँदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ। गोठमा भएका २ पशुसमेत जलेर घाइते भएका छन्। 

Read More

कैलाली: कैलालीको घोडाघोडी नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४२ वर्षीय हेम कार्की, ४१ वर्षीय जितमान चौधरी, ४२ वर्षीय योगेन्द्र ऐर र ३८ वर्षीय कृष्ण चौधरी रहेका छन्। वडा नम्बर १ सुन्दरपुरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मध्यराति करिब २ बजे पक्राउ गरेको हो। उनीहरूको साथबाट ६३ हजार २ सय ५० रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

Read More

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ। जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै सो गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट सहयोग गर्ने भएको हो। जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितहरुलाई दिने भएका हुन्।

Read More