Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) कै नाममा ठगी गरेको पाइएको छ। उनको नाम लिएर पत्र कीर्ते गरेर ठगी हुन थालेको पाइएको हो। तालिमबाट भागेका एक प्रहरी जवानलाई पुर्नबहाली गराउने भन्दै महानिरीक्षकको पत्र कीर्ते गरी ठगी गरेको आरोपमा हालै दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगञ्जले इलामका भक्तबहादुर लिम्बु र सर्लाहीका मधुसुदन झालाई पक्राउ गरी लिखत कीर्ते मुद्दा दायर गरेको छ। प्रहरीको प्राविधिक जवान पदमा भर्ना भई पछि तालिमबाट भागेका सर्लाही ईश्वरपुरका निवाश चौधरीलाई पर्नुवहाली गरी गरिदिने भन्दै उनीहरुले तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन्। त्यसका लागि उनीहरुले चौधरीलाई तालिम गराउन भने महानिरीक्षकको सचिवालयले लेखेको पत्र तयार गरेका…

Read More

काठमाडौं: उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। मस्तिष्कको क्यान्सरबाट पीडित रहेका उनको गएराति उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो। न्यायाधीश रेग्मीको निधनको शोकमा आज अदालतको सबै कामकारबाही बन्द गरिएको उच्च अदालत पाटनका प्रवक्ता एंव उपरजिट्रार विमल पराजुलीले जानकारी दिए। मृतक रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। पर्वत स्थायी घर भएका उनी ६१ वर्षका थिए। न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका उनी केही समययता उपचाररत थिए।

Read More

काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जालमा मर्यादाविपरीत अवाञ्छिन गतिविधी गर्नेमा प्रहरीको संख्या पनि बढ्दै गएको पाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा गत आर्थिक वर्षमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सहित ९२ जना प्रहरी अधिकारी कारबाहीमा परेका छन्। त्यस्तै एकजना प्रहरी उपरीक्षक(एसपी), दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक(डिएसपी), ६ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक, ४ जना प्रहरी नायव निरीक्षक, ६ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवल्दार, ३ जना प्रहरी हवल्दार, ६ जना प्रहरी सहायक हवल्दार, २ जना प्राविधिक प्रहरी जवान, ५३ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगीमाथि विभागीय कारबाही…

Read More

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसपी (कार्यालय प्रमुख) ओम खड्काले आतंक मच्चाएको पाइएको छ। बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेर आतंक मच्चाएको पाइएको हो। उनीहरूका कारण प्रहरी पनि हैरान भएको र अहिले विभागका घटना छानबिन गर्न समिति नै गठन गरिएको बताइन्छ। विभागका आइजीको आडमा खड्काले धन्दा चलाएको आरोप छ। एसपी खड्काले सूचनाको लागि खटाउनुपर्ने सूचकलाई पैसा उठाउनमा परिचालन गरेको बुझिएको हो। जसका लागि उनले हवल्दार गोविन्दजंग शाह, बुद्धिप्रसाद शर्मा र उदय अधिकारी लगायतको टोली बनाएको बताइन्छ। उनले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप लागेको हो। उनीहरूले आरा मिल, इँटाभट्टा, रेस्टुरेन्ट, अवैध धन्दाका…

Read More

काठमाडौँ : बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ। ढाकाको न्यु मार्केट क्षेत्रका व्यवसायी शाहजहान अलीको हत्यामा संलग्न अभियोगमा दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको हो। प्रहरीले अदालतसँग १० दिनको म्याद मागेको थियो। १६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले हत्याविरुद्ध जाहेरी दिएकी थिइन्।

Read More

काठमाडौं : काभा महिला नेसन्स लिग च्याम्पियनसिपको‌ रजत विजेता नेपाली महिला भलिबल र‌ एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको‌ छ। सशस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ। सशस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा‌ रहेका निरुतासहित ३ खेलाडीलाई‌ बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ वर्षअघि शसस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले निरुता, सरस्वती चौधरी र कविता भट्टलाई पुरस्कृत गरेका हुन् । आइतबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३/२ ले पराजित भएको थियो ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तीसिंह थापा जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए। उनी शाहका प्यारा मानिन्छन्। धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए।

Read More

काठमाडौं: ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक राजु अर्यालले भलिबल खेलाडीहरु सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरेका हुन्। लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेको भदै उनीहरुलाई सम्मान गरिएको हो। उनीहरुले देश र संगठनको छवि उच्च राख्न खेलेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। यस्तै, उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको भन्दै सशस्त्र…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्। शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्। ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्। ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुुई तिहाई हो।बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए। स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी भने…

Read More

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालनमा आएको २ महिनामै १६ करोड रुपैयाँ खर्चेर खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ। दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजी अस्पताल धाउन बाध्य भएका छन्। सेती अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले झण्डै दोब्बर मूल्य लिने गरका छन्। यस्तो सेवा शुरु भएको कम समयमै मेशिनमा समस्या देखिएको छ। एमआरआई सेवा बन्द गरिएको विषमा अस्पतालले सुचना नै जारी गरेको छ। सेवा लिन आउने सेवाग्राहीहरुले अस्पताल पुगेपछि मात्रै मेशिन बिग्रेको विषयमा जानकारी पाउने गरेका छन्। गत जेठ १३ गतेबाट एमआरआई सेवा शुरु भएको अस्पतालले सुचना जारी गरी सेवा अवरुद्ध…

Read More