काठमाडौं: भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएराति गएको उक्त भुकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुगेको छ। सामान्य घाइतेहरुको स्थानीय र जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुको हवाइ उद्धार गरी काठमाडौं, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको छ। भूकम्प प्रभावितको उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जुटेको छ। प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल प्रहरीले भूकम्पपीडितलाई राहत संकलनको नाममा हुने ठगीबाट बच्न सचेत गराएको छ। विपतको समयमा पीडितलाई राहतको नाममा हुने ठगीबाट बच्न आग्रह गर्दै प्रहरीले सूचना जारी गरेको हो। आर्थिक वा अन्य सहयोग गर्नुअघि सहयोग माग्ने व्यक्ति तथा संघसंस्थाको आधिकारिकता निश्चित गर्न प्रहरीले आग्रह गरेको छ। ‘भूकम्पपीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघसंस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीको सूचनामा भनिएको छ।
धनगढी: शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि सुदूरपश्चिममा तीन जना घाइते भएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम घोराडी बस्दै आएका तीन जना सामान्य घाइते भएका हुन्। कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। घरको पर्खाल भत्किँदा उनको गोठमा बाँधेका एक गाई, एक भैंसी र बाख्रा घाइते भएको जनाइएको छ। भूकम्पका कारण कार्कीको चारकोठे २ तले कच्ची घरको पर्खाल भत्किएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएको र कार्कीको परिवारलाई…
काठमाडौँ : जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम नेपाल आयल निगमले बेहोर्ने भएको छ । निगमले सो खर्च आफ्नो आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जानकारी दिएको हो । कार्तिक १७ गते राती करिब ११ बजेर ४७ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र बिन्दु भई विनाशकारी भूकम्प गएको र उक्त भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लाहरूमा समेत ठुलो जनधनको क्षति हुन पुगेको छ । भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा निगमले श्रद्धाञ्जली अर्पण गर्दै…
काठमाडौँ : जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो । कार्यालयका अनुसार जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इप्रका बादेपिपल सुर्खेतबाट ९ जना जनशक्ति परिचालन गरिएको छ । आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्न सकिने पनि प्रहरीको भनाइ छ । हालसम्म भूकम्पबाट १५७ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् । घाईते मध्ये रुकुमका सात जनालाई थप उपचारका लागि…
बुटवल : लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । यस्तै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ । प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । त्यस्तै, कोशी प्रदेश सरकारले पनि जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले…
डोटीः शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। शनिबार गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाद्वारा विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरिएको हो। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ।
काठमाडौं: कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बाग्लुङको बुर्तिबाङमा दुर्घटनामा परेको छ। पोखरामा प्रदेशको कार्यक्रम सकेर मध्यपहाडी लोकमार्ग हुँदै फर्किएका सभामुख नन्दा गुरूङ, उपसभामुख यशोदा न्यौपाने र प्रदेश सभाका कर्मचारीहरू सवार गाडीसँग मोटरसाइकल ठोक्किएको थियो। सभामुख गुरूङले आफूहरू चढेको गाडीमा विपरीत दिशाबाट तीन जना चढेर आएको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलमा रहेकाहरूलाई सामान्य चोट लागेको बताइन्।
काठमाडौं : जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ। नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ। जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन्। शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
काठमाडौं : बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम भूकम्प पीडितहरुका लागि राहत, उद्धार र पुनः निर्माणमा खर्च हुने बताइएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतका लागि सो रकम उपलब्ध गराउन लागिएको जानकारी दिए । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले तत्काल एक करोड र स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार प्रदेश सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय…