Author: महेन्द्रनगर पोष्ट

डोटीः डोेटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्। जिल्लाको जोरायल गाउँपालिका–४ बाँजिलेककी ३१ वर्षीया पार्वतीदेबि बोहरा चट्याङ लागेर घाइते भएकी हुन्। आज (शनिवार) बिहान घरमा बसिरहेको बेला हावाहुरी सहित घरमा परेको चट्याङले बोहरा घाइते भएकी हुन्। चट्याङबाट बोहराको घरमा क्षेती पुग्नुको साथै गोठमा रहेको १ बाख्रा समेत मरेको इलाक प्रहरी कर्यालय जोरायलले जनाएको छ। घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका ३२१ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका ३२१ जना सहायक हवल्दारहरुको शुक्रबार पदस्थापन गरेको हो । प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ । cn_6866Download

Read More

काठमाडौं: काठमाडौंमा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक बसेको छ। आज (शनिबार) काठमाडौंमा दलको बैठक सम्पन्न भएको हो। बैठकमा सहभागी प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलका अनुसार समसामयिक विषयमा बैठकले छलफल एवं निर्णय गरेको छ। यस अगाडि दलमा प्रदेशसभा सदस्यहरु विभजित रहेको अवस्थामा अहिले सो समस्या हल भएको उनको दाबी छ। तर सो बैठकमा तत्कालीन संसदीय दलका नेता खगराज भट्ट र प्रदेश सभा सदस्य जानकी कुँवर भने अनुपस्थित थिए। उनीहरू काठमाडौंमा नभएर अनुपस्थित भएको बताइएपनी बर्खास्तीमा परेका तत्कालीन दल नेता खगराजले अझै नयाँ दल नेतालाई स्वीकार नगरेको बताइन्छ। केही महिना अगाडी माओवादीमा खगराजलाई हटाएर अर्का प्रदेश…

Read More

धनगढी: धनगढीको केजी हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ। शल्यक्रिया गरिएका उपचाररत एक बिरामीको घर लैजाने क्रममा मृत्यु भएको हो। कैलालीकै गौरिगङ्गा नगरपालिका–१ का ९० वर्षीय घरथरी चौधरीको मृत्यु भएको हो। उनको उपचारसहित शल्यक्रियामा अस्पतालले सात लाख बढी रुपैयाँ लिएको थियो। मृतकका आफन्तले अस्पतालले बिरामीलाई भेन्टिलेटरबाट निकालेपछि घर लग्ने क्रममा हस्पिटलकै गेटमा उनको मृत्यु भएको जनाएका छन्। स्रोतका अनुसार अस्पतालले बिल बढाउने चक्करमा चौधरीलाई अस्पतालमै राखेको र अन्तिममा मृत्यु भएको हो। मृतकका आफन्तका अनुसार मृत्युपछि केही रकम भने अस्पतालले छुट गरेको छ। मृतकलाई सुरुमा साढे दुई लाखमा शल्यक्रिया हुने भन्दै भर्ना गरिएको थियो। यस विषयमा अस्पतालले भने कुनै प्रतिक्रिया…

Read More

धनगढी: कैलालीको धनगढीमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका-२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालन आएको हो। निर्माण सम्पन्न भएको सो पेट्रोल पम्पको औपचारिक उद्घाटन एक महिनाभित्रै हुने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख (डीआइजी) रविन्द्र केसीले जानकारी दिए। उनका अनुसार सो पम्पसहित धनगढीको प्रहरीको गण र महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको भवन पनि सँगै उद्घाटन हुने छ। नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको धनगढीको सो नमूना पेट्रोल पम्पले २४ घण्टा सेवा प्रदान गर्ने बताइएको छ। एक विघा १८ कट्टा जमिनमा निर्माण गरिएको पेट्रोल पम्प बनाउन साडे ७ करोड रुपैयाँ लागत लागेको थियो।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणका आरोपित जीबी राई भगाएको आरोपको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने बताएका छन् । शनिबार चितवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबि राईलाई अघिल्लो सरकारले भगाएको  अभिव्यक्ति दिएका थिए । शनिबार कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका हुन् । गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ । योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो’ उनले भने । महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण आफूहरुसँग रहेको भन्दै संसदीय छानबिनका आधारमा त्यसलाई गलत…

Read More

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने रणनीति  तय गर्न पार्टीको संसदीय दलको बैठक बोलाइएको बताएका छन् । आज बसेको पदाधिकारी बैठकले सभामुख देवराज घिमिरे  र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको उनको भनाइ छ ।  बैठकमा गतिरोध अन्त्य र अरू विभिन्न विषयहरूको बारेमा छलफल भयो । संसद्मा हिजो सभामुख देवराज घिमिरे र अरू दलहरूसँग पनि छलफल गरेर गतिरोध पनि अन्त्य होस् भन्दा जुन रवैया देखाइयो त्यो गलत छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भन्दै गर्दा जसरी कार्यसूचीमा पेस गरियो, यसले सरकार छानबिन समिति बनाउन नदिने भन्नेमा उद्धत रहेको हाम्रो निष्कर्ष छ’…

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षिय सुनील शाहीलाई मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्यु भएको खुलेको छ ।  शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राती भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भीत्र लगेर, सुधारगृहमा रहेका ४/५ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको छ। बैशाख २५ गते बेलुकीको समय थियो । सुधारगृहमा खाना खाने समय भईरहेको थियो । सुधारकेन्द्रमा राखिएका १४ जना युवाहरु र सुधारकेन्द्रका कर्मचारीहरु खाना खाने तयारीमा थिए । सुनील शाहीलाई सुधारकेन्द्रको खाना मन परिरहेको थिएन ।  उनले आफु सुधारकेन्द्रमा…

Read More

धनगढी : नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको उपाधी युवा व्यवसायी रोशन कठायतले प्राप्त गरेका छन ।  प्रदेश युवा परिषद् , सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा आयोजना भएको प्रदेश स्तरीय प्रतियोगीतामा आर सि गारमेन्ट उद्योगका संचालक कठायतले प्रथम स्थान प्राप्त गरे । उनले प्रमाणपत्र सहित नगद १ लाख राशी प्राप्त गरेका छन ।  एक समारोहका बिच युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले उनलाइ नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका छन ।  कार्यक्रममा दोस्रो स्थान प्राप्त गर्ने बाजुराका चन्द्रबिर बुढा , र तेस्रो स्थान प्राप्त गर्ने अछाम गौरव जोशीले क्रमशः ७५ हजार नगद सहित प्रमाणपत्र , ५० हजार सहित प्रमाणपत्र प्राप्त…

Read More

सुर्खेत : मोटरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् । प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।  नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।

Read More