Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(विपी) गठन भएको छ। जसको अध्यक्षमा सन्तोष अवस्थी चयन भएका छन् ।यस्तै संगठनको उपाध्यक्षमा अस्मिता पाठक, सचिवमा केशव भट्ट, उपसचिवमा कंचन भट्ट, कोषाध्यक्षमा निरज चन्द चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोबिन्द नेपाली, एलेक्स धामी, भुपेन्द्र चौधरी, सपना शाह, आकाश थापा, पूजा भट्ट र आयुश बिक्रम सिंह चयन भएका छन्। विद्यार्थी हकहितका पक्षमा बोल्ने र विद्यार्थीका समस्यामा केन्द्रित रहेर संगठन निर्माण गर्ने बाचा गर्दै विभिन्न विद्यार्थी संगठनहरुले लामो समयदेखि विद्यार्थीहरुलाई टाढा राखेका बेला आफूहरु संगठन बिस्तार गर्दै विद्यार्थीको पक्षमा आवाज उठाउने नेविसंघ(विपी) कि केन्द्रिय सदस्य आशा जोशीले बताइन्।उनले अरुले संगठन…

Read More

बैतडीः बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारीको बिहीवार स्क्रब टाइफसको संक्रमणबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिए । उनका अनुसार उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। यसका साथै ती बृद्धको रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीको समस्या पनि देखा परेको डाक्टर चालिसेले बताए । अक्सिजनको कमी र थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको बताइएको छ ।

Read More

काठमाडौं : केहि महिना अघि अश्लील डान्स गरेर विवादित बनेका कोरियोग्राफररडान्सर बद्री विष्ट एक मोडेलबाट पिटिएको भिडियो सार्वजनिक भएको छ । बद्रीमाथि तिनै मोडेल रीतु बस्नेतले हातपात गरेकी हुन्, जोसँग उनले अश्लील डान्सको भिडियो बनाएका थिए । केही महिना अगाडि बद्रीले रीतुसँग कथित ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित गरेको डान्सको भिडिओ टिकटकमा भाइरल भएको थियो । उनले रीतुको अनुहारमा मास्क लगाइदिएर उक्त भिडियो सुट गरेका थिए । रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ लठ्ठ बनाएर बद्रीले त्यो भिडियो बनाएको आरोप लगाएकी थिइन् । पछि बद्रीले उक्त भिडिओका लागि माफी मागेका थिए । अहिले सार्वजनिक भएको भिडियो क्लीपमा एक रेस्टुरेन्टभित्र बसिरहेका…

Read More

अछामः अछाममा एक युवक बिहीवार मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ बजकोटका चक्र साउदका २३ वर्षीय छोरा अशोक साउद मृत अवस्थामा फेला परेका हुन। साउद आफ्नै घरदेखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।

Read More

काठमाडौं : शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले बिहीबार साँझ वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको छ । नतिजा एसएमएसमार्फत पनि थाहा पाउन सकिने आयोगले जनाएको छ । आयोगले वेबसाइटमा समेत नतिजाको विवरण राखेको छ । सुदूरपश्चिमबाट परीक्षा दिएका ५ हजार ६९३ परीक्षार्थीमध्ये २ हजार ७५६ उत्तीर्ण भएका छन् ।

Read More

काठमाडौँ : घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरु गरिएको बताएको छ । आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मङ्गलवार पक्राउ गरेको थियो।

Read More

काठमाडौं : चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो । भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । विश्व कीर्तिमान कामय गरेबापत नेपाल…

Read More

काठमाडौँ: सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंलाई मङ्गलवार पक्राउ गरेको हो । चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् ।

Read More

काठमाडौं : सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ । रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएको छ । चेतनकी पत्नी भारती…

Read More

धनगढी: नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वचनबहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन्। आज (बिहीबार) धनगढीमा एक पत्रकार सम्मेलनमार्फत सिंहले उम्मेदवारी घोषणा गरेका हुन्। राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रिय अध्यक्षसमेत रहेका उनी हाल एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य छन्। आसन्न असोज २१ र २२ गते हुने एमालेको प्रदेश अधिवेशनमा आफूले युवाको प्रतिनिधित्व गर्दै पार्टीलाई युवाको सोचसहित अगाडी बढाउने सङ्कल्पसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए। एमालेको यो प्रदेश अधिवेशन एकताको अधिवेशन हुने पनि उनले बताए।

Read More