Author: महेन्द्रनगर पोष्ट

डोटी: नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव भक्तबहादुर साउँदसहित बडीकेदार गाउँपालिकाबाट १४ नेता नेकपा एमालेमा फर्किएका छन्। हाल विदेशमा रहेका उपसचिव साउँदले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू एमालेमै फर्किएको घोषणा गरेका हुन्। उनले नेकपा एस दक्षिणपन्थीको टेको बन्दै चरम पुँजीवादको भाषमा फसेको, राष्ट्रियता कमजोर पार्दै विदेशीको दलाल भएको आरोप लगाएका छन्। साउँद गत स्थानीय तहको निर्वाचनमा माओवादी-एस गठबन्धनबाट बडीकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए। साउँदसँगै एमाले प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य शारदा कठायत, गाउँ कमिटी अध्यक्ष लाल व मन्नी, गाउँ कमिटी सदस्यहरु, वडा कमिटी अध्यक्षहरु रहेको नेकपा एमाले बडीकेदार गाउँ कमिटीका अध्यक्ष प्रकाश धामीले जानकारी दिए।

Read More

दार्चुला: दार्चुलामा ४ किलो एक सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्।  बुधबार बिहान शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट चरेससहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरुमा मार्मा गाउँपालिका–१ घोल्जरका २८ वर्षीय विर्खसिंह ठगुन्ना र सोही ठाउँका २० वर्षीय सहदेव ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका ईन्चार्ज मानसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले मार्माबाट शैल्यशिखरतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा नापतौल गर्ने तराजु ढकसहित उनीहरूलाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । हिजो बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ। टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको शव आज (बुधबार) फेला परेको हो। पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घाइतेको संख्या २७ पुगेको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन्। उनीहरूको…

Read More

बझाङः बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला परेको छ। टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको शव आज (बुधबार) फेला परेको हो। पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन्। भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ।

Read More

डोटी: डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु भएको छ। नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुरु गरेको हो । मेयर दीर्घ बलायरका अनुसार कोरालखोलादेखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको छ। शिखर नगरपालिकामा विस्तार गरिएको एनटी फाइवरबाट हाललाई ४ सय वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुदिप चौधरीले बताए। ग्राहकको माग बढ्दै गए नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले बताए। चौधरीका अनुसार अहिले इन्टरनेटमा १० एमबिपिएसदेखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्छ। वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको उनले बताए। एनटी फाइबरबाट…

Read More

काठमाडौँ : कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो। विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो। “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने। यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ। सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्। -रासस

Read More

बझाङ: बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो। केन्द्रका अनुसार गएराति १२ : १६ बजे ४.१ रेक्टर स्केलको, १२ :५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। हिजो मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५ र ५ रेक्टर स्केलका गरि ८ पटक गएको केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए। भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर,…

Read More

जीवन विष्ट, धनगढी : पछिल्लो ४ वर्षमा सुदूरपश्चिममा सवारी दुर्घटना परि ५ सय ६० जनाले ज्यान गुमाएका छन्। सोही समयमा १ हजार ३ सय १५ सवारी दुर्घटनामा भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै ६० सवारी दुर्घटनामा पर्दा २६ जनाको मृत्यु भएको छ, भने ९२ जना घाइते छन्। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७⁄०७८ मा ५ सय ६२ सवारी दुर्घटना हुँदा १ सय ८७ को मृत्यु १ हजार ९६ जना घाइते भएको देखिएको छ । यस्तै आर्थिक वर्ष २०७८⁄०७९ मा ५ सय १ सवारी दुर्घटनामा १ सय ९६को मृत्यु,१ हजार १ जना घाइते…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामै हतियारको कारोबार हुने गरेको छ। हिजो मात्रै उपमहानगरपालिका-१३ श्रीलंकाबाट एकजना कारोबारी पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने  कोशी, मधेस र बागमती  प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत…

Read More