Author: महेन्द्रनगर पोष्ट

धनगढी : टीकापुरमा एक करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो। नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन्। आर्थिक वर्ष २०७८/७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो। दुई तले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ। निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपर्याप्त छ। हाल इलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन्। प्रहरी आवास भवन निर्माण भए पनि बन्दी राख्ने हिरासत साँघुरो छ। महिला…

Read More

धनगढी : आन्तरिक राजश्व कार्यालय धनगढीको राजश्व संकलन दरमा सुधार आएको छ । राजश्व कार्यालयले हालै सम्पन्न भएको आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ८६ दशमलव ८३ प्रतिशत राजश्व संकलन गरेको पाइएको छ । कार्यालयका प्रमुख मोहन बस्नेतले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ८ करोड राजश्ज संकलन गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब ६७ करोड अथात् ८६.८३ प्रतिशत संकलन भएको जानकारी दिए । उनकाअनुसार यो राजश्व संकलनको अवस्था अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३.८ प्रतिशतले बढि हो । बस्नेतले अघिल्लो वर्ष दुई अर्ब ५७ करोड मात्र राजश्व संकलन भएको बताए । आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा भने आयकरतर्फ…

Read More

धनगढी : पाठेघरको नली फुटेर विरामी भएकी महिलाको जिल्ला मै शल्यक्रिया गरिएको छ । अत्याधिक रक्तश्राव भएपछि बिहीबार जिल्ला अस्पताल बझाङ ल्याइएकी ४० वर्षिया महिलाको साँझ नै शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । स्त्री रोग विशेषज्ञ नियमित नहुँदा विगतमा यस्ता जटिल समस्याको उपचारका लागि अन्यत्र रिफर गर्नुपर्थ्यो । पाठेरघमा बस्नु पर्ने बच्चा ठिक ठाउँमा नबसेर पाठेघरको नलीमा बसेको कारण जटिल अवस्थामा पुगेकी ४० वर्षिया सौरा देवी खड्काको शल्यक्रिया मार्फत उपचार गरिएको हो । उनि खप्तडछान्ना गाउँपालिका–७, गोर्खालीकी स्थानीय हुन । उनको शल्यक्रिया स्त्रीरोग विषेशज्ञ डा। नवराज जोशी र डा.सिद्धराज रोकायाको टोलीले गरेको जिल्ला अस्पतालका डा.पदम जोशीले बताए ।…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्। असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो । तर उक्त निर्णयको एक साता नबित्दै पुन: बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ । साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिममा नाउपा सात सांसद् छन्। घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी,लक्ष्मण किशोर चौधरीलाई रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्। कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर…

Read More

काठमाडौं : तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

Read More

धनगढी : सुदूरपश्चिममा बजेट शुन्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजीर मियाँले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश प्रमुख मियाँले संसदको बजेट अधिवशन अन्त्य गरेका थिए । संसद अधिवेशन अन्त्य भएपछि आज संसदको एक चौथाई प्रदेश सभा सदस्यहरुले हस्ताक्षर सहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका हुन । संविधानमा संसदको अधिवेशन अन्त्य भएको अवस्थामा कम्तीमा पनि एक चौथाई सांसदहरुले हस्ताक्षर गरि विषेश अधिवेशन माग गर्नसक्ने प्रावधान छ । मुख्यमन्त्री सोडारीले असारको ३० गते संसदको बजेट अधिवेशन अन्त्य गर्न भन्दै प्रदेश…

Read More

काठमाडौं : श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो । नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । सम्झना टी-२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौँ नेपाली खेलाडी बनेकी छन् । यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए । ओपनर सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान…

Read More

धनगढी: धनगढीमा एक विवाहित युवती मृत अवस्थामा भेटिएकी छन्। धनगढी उपमहानगरपालिका-४ नवजीवन अस्पताल पछाडि बस्ने सुनिल चौधरीको श्रीमती २३ वर्षीया राधिका चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बाेहाेराले चाैधरी बिहीबार घरमै मृत अवस्थामा फेला परेकी बताए। उनकाअनुसार उनी मृत भेटिएको कुरा आफन्तहरुले नै प्रहरीमा जाहेर गरेका थिए। घटनास्थल कार्य समाप्त गरेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दुवै दलले मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०८१/०८२ को प्रदेशको बजेट किन आएन ? अथवा किन अरु जायज विकल्पहरु खोजिएन ? यसको जवाफ त सरकारले दिनु नै पर्ला तर आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त्र गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) कैलाली आग्रह गर्दछ।’ प्रदेशसभामा प्रस्तुत गरेको बजेट समेत अलपत्र पारेको भन्दै बजेटमाथि छलफल गर्नमा जानाजान ढिलासुस्ती…

Read More

काठमाडौं: नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति)का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशंका गर्ने ठाउँ नरहेको बताए।  रथी सिग्देलले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पहिलोपटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे।  रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी)को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी)मा जन्ममिति २०२३ माघ १९ उल्लेख छ। यस्तै, विसं २०४३ भदौ…

Read More