Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी बेपत्ता भएको खबर आउनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट खोजीका लागि प्रहरी परिचालन गरिए पनि अहिलेसम्म राना नभेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए । यस्तै, कञ्चनपुरमा पनि नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय डम्मर चौधरी चौदारा नदीमा माछा मार्न गएका बेला बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

Read More

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा सात महिने शिशुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चपुरका अनुसार, डुवानको कारणले घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको हो। वडा नम्बर–१ पहरियामा अत्यधिक वर्षाको कारणले डुवान भएको र सोही डुवानले गर्दा घरभित्र पसेको पानीले सोनुको ज्यान गएको बताइएको छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ र भविष्यमा यस्ता घटनाहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। स्थानीय प्रशासनले पनि आवश्यक राहत र सहयोगको व्यवस्था गरिरहेको छ।

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ की २१ वर्षीया आरती धामी पक्राउ परेकी हुन्। धामीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०’ पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन । त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल…

Read More

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार राति ११ बजे कञ्चनपुरका अधिकांश स्थानमा अति भारी वर्षा भएको र थप वर्षा हुन सक्ने विभागले जनाएको छ। विभागले कञ्चनपुर भएर बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले सोमबार बिहानैसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले सुरक्षित स्थानमा जानसमेत आग्रह गरेको छ। विभागको मौसम पूर्मानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिने क्रममा रहेको जनाएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कञ्चनपुरको सुन्दरपुर, दोधारा र हनमान नगर वर्षा मापन केन्द्रमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको…

Read More

काठमाडौं: नेपाल प्रहरीका एकजना एसएसपीको अंतरङ्ग भिडिओ भाइरल भएको छ। हाल पोखरास्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा हाकिम रहेका एसएसपी दिपक रेग्मीको भिडिओ सोसल मिडियामा भाइरल भैरहेको हो। एसएसपी रेग्मीले बागलुङमा लगाएको पिरती पोखरा पुगेपछि छताछुल्ल भएको भएको हो। महेन्द्रनगरपोष्टलाई प्राप्त भिडिओमा उनले नाजायज सम्बन्ध रहेकी गर्लफ्रेन्डसँग अश्लील बातचित गरेको देखिन्छ। स्रोतका अनुसार भिडिओ सो कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको थियो। सो भिडिओमा महिलालाई ती एसएसपी रेग्मीले ‘भाग्यमानी छु भन न’ भनेर भन्दा केटीले, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ। बिहे गरेर हुने भनेको पनि त्यही नै हो।’ भनेकी छन्। महिलाले चाहिँ संवादको…

Read More

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ। सीआईबीले ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट चाँदीका गरगहना बरामद गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन्। गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ। सीआईबीका अनुसार, गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरु बरामद भएको थियो। पक्राउ परेका तीनै जनालाई थप…

Read More

काठमाडौं : नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको छ । स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहेका नेपालमाथि आइतबार कुटपिट भएको हो । कुटपिटबाट नेपालको नाकमा चोट लागेको छ । उनको स्टार अस्पतालमा उपचार गरिएको बताइएको छ । नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ । तर कारण भने खुल्न सकेको छैन ।

Read More

काठमाडौं : काठमाडौं जिल्ला अदालतमा कार्यरत प्रहरी जवानमाथि वकिलले हातपात गरेको आरोपमा जाहेरी दर्ता भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ स्थायी घर भइ हाल काठमाडौं जिल्ला अदालतमा कार्यरत प्रहरी जवान जीवन छिनालले आफूमाथि वकिल नानी थापा भन्ने लक्ष्मी थापाले ड्यूटीका क्रममा हातपात र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका हुन् । असार २३ गते आफू गेटमा ड्यूटीमा तैनाथ भइरहेको अवस्थामा क्लाइन्टसहित थापा सो गेटबाट भित्र प्रवेश गर्न आँट्दा त्यहाँबाट पब्लिकलाई प्रवेश गर्ने आदेश नभएकाले आफूले रोक्न खोज्दा आफूमाथि तथानाम गालीगलौज गर्दै हातपात भएको उनले जाहेरीमा उल्लेख गरेका छन् । प्रहरीले जवानले सीसीटीभी हेर्न र त्यहाँ रहेकाहरुको बयान लिइ अनुसन्धान…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा आज सम्पन्न कार्यक्रममा बोल्दै उपप्रमुख कन्दकला रानाले सामाजिक परिक्षण मार्फत पालिकाको बार्षिक कार्य सम्पादनको लेखाजोखा गरी पालिकालाई अगाडी बढ्न महत्वपूर्ण सुझाव प्रदान गरेको बताइन् । प्रतिबेदनले देखिएका समस्याहरुलाई समाधान गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिइन् । कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले सामाजिक परिक्षणको क्रममा देखिएका सुझावहरुलाई योजना सहित कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे । पालिकाको सेवा प्रवाहका बिषयमा तेस्रो पक्षको बिष्लेषण महत्वपूर्ण हुने…

Read More