Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री ओमबिक्रम भाट (सरल) असहाय र बेसाहारा नागरिकको सरकारले जिम्मा लिनुपर्ने लिने बताएका छन्। उनले बुधबारदेखि महेन्द्रनगरमा शुरु भएको राष्ट्रिय जेष्ठ नागरिक महासंघको विशेष तथा १० औँ अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन्। यस्तै मन्त्री भाटले सुदूरपश्चिम प्रदेश सरकार बेसाहरा नागरिकको समाजिक सुरक्षाको जिम्मा लिने कुरामा प्रतिबद्ध रहेको पनि बताए। सुदूरपश्चिममात्रै सबै तहका सरकारले त्यस्ता नागरिकको सवालमा जिम्मेवार हुनुपर्ने उनको भनाई छ। पछिल्लोसमय बेसाहारा नागरिक सामाजिक रुपमा पनि अपहेलित भएको अवस्थालाई मध्यनजर गर्दै सो कुरा न्यूनीकरण गर्नुपर्ने जनाए। मन्त्री भाटले जेष्ठ नागरिक एवं बेसाहारा अपहेलित हुनुपर्ने अवस्था आएकाले त्यस्ता नागरिकलाई राज्यले व्यवस्थापन गर्ने दाबी गरे।…

Read More

धनगढीः कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयको सर्पले डसेर मृत्यु भएको हो। हिजो (मंगलबार) साँझ पाण्डेयलाई सर्पले डसेर मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए। करिब ४१ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले डसेर उनको मृत्यु भएको वडाअध्यक्ष रानाले बताए।

Read More

काठमाडौं: काठमाडौंको तार्केश्वर-९, मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जनालाई जेल चलान गरिएको छ। प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जनामध्ये ६ जनालाई आज जेल चलान गरिएको हो। एक जना भने १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ। हत्या आरोपमा भक्तपुरको चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया काकर्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका–४ ओखरे घर भएका २१…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् । ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’, छलफलमा सहभागी नेता नरेश शाहीले भने । सहमति अनुसार आगामी १६ असारदेखि काठमाडौंमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् । ‘उहाँहरु दुवैले अध्यक्षको दाबी गरिरहँदा केही अप्ठ्यारो परिस्थिति…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुर्नगठनको तयारी गरेका छन् ।तीनदेखि चार दिनभित्रै उनले दुईजना नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । तत्काल सरकारमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट १-१ जना मन्त्री बन्नेछन् । जनमत र नागरिक उन्मुक्ति स्रोतका अनुसार सो पार्टीबाट अध्यक्ष चन्द्रकान्त(सिके) राउत र रञ्जिता श्रेष्ठ मन्त्री बन्नेछन् । रञ्जिताको पर्यटनमन्त्री बन्ने टुङ्गो लागिसकेको छ भने राउतको मन्त्रालय टुङ्गीन बाँकी छ । राउत सरकारमा सहभागि भए हाल सरकारमा रहेका एकजना मन्त्री फिर्ता हुनेछन् भने रञ्जिता मन्त्री बन्दा माओवादीका हितबहादुर तामाङ पर्यटनमन्त्रीबाट फिर्ता हुनेछ । प्रधानमन्त्रीले दुवैलाई बालुवाटार बोलाएर ३ देखि ४ दिनभित्रै मन्त्री नियुक्त गर्ने बचन…

Read More

बुटवल : कपिलवस्तुमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो । बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको र दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। 

Read More

धनगढी : कैलाली जिल्लामा आज बिहान परेको चट्याङले दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जोशीपुर गाउँपालिका–३ भितरियामा बिहान करिब ७ बजे ३१ वर्षीय जयराम डगौरालाई चट्याङ लागेर घाइते भएका थिए। आफन्तले उनलाई महापार्वती क्लिनिकमा उपचारको लागि लगे पनि उपचारको क्रममा उनको मृत्यु भयो। त्यसैगरी, बिहान करिब ८ बजे धनगढी उपमहानगरपालिका–१८ निवासी २७ वर्षीय शालिम चौधरीलाई आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लाग्यो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो उपचारको क्रममा १० बजे उनको मृत्यु भयो। घाइते हुनेहरूमा जानकी गाउँपालिका–४ बेलपुर निवासी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ निवासी ५५ वर्षीय…

Read More

धनगढी : धनगढीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर धनगढी उपमहानगरपालिका –१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिह बोहोराले चौधरीलाई आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको बताए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बोहोराले बताए । अहिले चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

Read More

काठमाडौं : एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । खेल श्रीलंकामा आउँदो जुलाईमा हुदैछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खल्दैछन् । यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले यसअघि सन् २०१२…

Read More

काठमाडौं : लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार नेपालमा पनि मनाइँदै छ। यो वर्ष ‘लागुऔषधविरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवस मनाइन्छ। गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५।०६ प्रतिशतले वृद्धि भइरहेको छ । लागुऔषध प्रयोगकर्ता शहरी क्षेत्र हुदै ग्रामिण भेगमा पनि फैलिएका छन्। पछिल्लो समय नेपाल लागुऔषध ओसारपारको ‘ट्रान्जिट प्वइन्ट’ बनिरहेको छ । खुला सीमाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बनेको छ। प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागु औषध कारोबारी…

Read More