Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् । नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो । नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ । तर, चीनसँग सचिव स्तरको संयन्त्र मात्र रहँदा कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै मन्त्रीस्तरमै संयन्त्र बनाउनुपर्ने विषय पहिल्यैदेखि उठेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अहिले भएका दुईपक्षीय संयन्त्रलाई थप मजबुत बनाउँदै परराष्ट्रमन्त्री स्तरमा नयाँ संयन्त्र बनाउन दुवै…

Read More

धनगढी : उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसंग भेटघाट गरेका छन्। तेस्रोपटक प्रधानमन्त्री बनेका मोदीलाई बधाई दिएका हुन्। मोदीलाई महासु देवता मन्दिरको प्रतिकृति, प्रसाद सामग्री र श्री बद्रीनाथ धामको शालसमते मुख्यमन्त्रीले प्रदान गरिएका थिए। यस्तै जौनसार बावर क्षेत्रमा रहेको महासु देवता मन्दिर क्षेत्रलाई गुरुयोजनाअन्तर्गत विकास गर्न प्रधानमन्त्रीसँग छलफल गरेको छन्। वार्ताका क्रममा प्रदेशको विशेष भौगोलिक अवस्था र रणनीतिक परिप्रेक्ष्यलाई ध्यानमा राखी अधिसूचित नियमावली २०७४ को व्यवस्थालाई यथावत राख्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो। साथै, अलकनंदा, भागीरथी र सहायक नदीहरूमा प्रस्तावित जलविद्युत परियोजनाहरूका सम्बन्धमा, माननीय। सर्वोच्चको निर्देशनमा गठित विज्ञ समिति–२ को अन्तिम प्रतिवेदन जलशक्ति मन्त्रालय र…

Read More

काठमाडौँ : नेपाली सेनाको महासेनानी दर्जाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागी सि.सं. १२ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरूमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रधान सेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता…

Read More

काठ्माडौं : सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढीमाई नगरपालिका-१० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए । त्यसपछि नुहाई धुवाइ…

Read More

धनगढीः अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकामा मंगलबार दिउँसो एक बालकको ज्यान गएको हो। तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको छ। करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको हो।  मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ। बिमलसँगै गएका झंकर भने सकुशल रहेका छन। मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब बिचौलियाहरुले लिक गरेका छन् । सरकार र अर्थ मन्त्रालयले सार्वजनिक गर्नुअघि नै लिक भएर भाइरल बनेको हो। सरकारले असार १ गते ल्याएको बजेट छलफलकै क्रममा रहेको छ । बजेट ल्याएपछि प्रदेश सभा सञ्चालन नहुदाँ बजेट पास हुन सकेको छैन् । तर विचौलियाहरुले रातो किताब सामाजिक सञ्जालमा भाइरल गरिरहेका छन् । उनीहरु रातो किताब भएको भन्दै बजेट र योजनाहरुको पिडिएफ फाइल भाइरल गरिरहेका छन्। विचौलियाहरुले सामाजिक सञ्जाल, ह्वाट्सएप, म्यासेन्जरमा सो फाइल भाइरल छ। प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको…

Read More

काठमाडौँ : अर्थ मन्त्रालयले ५ जना सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सहसचिवविरुद्ध मुद्दा दायरबाट गरेको थियो। सोसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो। अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।

Read More

काठमाडौं : निर्माणको ठेक्का लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने डेढ दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका ठेकेदारहरुमा अमर–उदय सागर जेभी, शोभा विल्डर्स एण्ड सप्लायर्स प्रालि, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि, सुप्रभात निर्माण सेवा, समृद्धि यशहश्वी कन्स्ट्रक्सन प्रालि, देउती कन्स्ट्रक्सन प्रालि, राजधानी कन्स्ट्रक्सन छन् । यस्तै, न्यून कालिका निर्माण सेवा, युसक कन्स्ट्रक्सन, भुमा निर्माण सेवा, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, आत्रेय÷शिवाको÷बस्नेत जेभी, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बुढाथोकी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बिभोर निर्माण सेवा, एमडी ब्रो कन्स्ट्रक्सन प्रालि, नेपाल भूमि कन्स्ट्रक्सन कम्पनी प्रालि र मान्यता निर्माण…

Read More

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘विनियोजन विधेयक २०८१’ बहुमतले पारित भएको घोषणा गरे ।  गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट तर्जुमामा केही कमजोरी रहेको स्वीकार गर्दै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए। उनले अर्थमन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री रघुवीर महासेठ र शहरी विकासमन्त्री धनबहादुर बुढालाई…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको बताएका छन् । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताए। प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सरकार नेपाल भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ।’ आफूले भारत भ्रमणका क्रममा नेपाल भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया आएको प्रधानमन्त्री प्रचण्डले बताए ।…

Read More