Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरे र बेलायतका लागि डा विजन पन्त सिफारिस भएका छन् । अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र…

Read More

धनगढी : कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही ठाउँ बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ। खोलामा पिसाब फेर्न गएका बेला एक्कासि खोलामा ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी : डोटीमा प्रहरीले जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरेको छ । जिल्लाको शिखर नगरपालिका-११, तिल्तालीमा बाढीको जोखिममा रहेका घरबस्तीको जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलबाट प्रहरी नायव निरक्षक धिरेन्द्र रावलको कमान्डमा खटिएको टोलीले तटबन्ध निर्माण गरेको हो । उक्त टोलीले सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र नगरपालिकासँगको समन्वयमा तिल्ताली क्षेत्रको जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माणको काम सम्पन्न गरेको छ। तटबन्ध निर्माणले बाढीको उच्च जोखिममा रहेका घरबस्तीलाई सुरक्षामा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नगरपालिकाको सक्रिय सहभागिता रहेको थियो। प्रहरी नायव निरक्षक रावलको नेतृत्वमा काम भएको…

Read More

धनगढीः कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको हो। पदमलाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो। सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो। सर्पको टोकाइबाट घाइते भएका पदमको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीको एरियामा गुण्डागर्दी बढेको पाइएको छ। हालै प्रहरी प्रधान कार्यालयले शाहीलाई भैंसेपाटीको इन्चार्जको कमाण्ड दिएर पठाएपछि सो क्षेत्रमा गुण्डागर्दी मौलाएको पाइएको हो। कमजोर कमाण्डकी अधिकृत मानिने शाहीले कमाण्ड सम्हालेपछि दिनदहाडै गुण्डागर्दी र खुकुरी प्रहारका घटनाहरु बढ्न थालेका हुन्। उनको कमजोर कमाण्डकै कारण घटनाहरु बढेको बताइएको छ। आज (शुक्रबार) मात्रै उनको एरियामा एक व्यापारीमाथि खुकुरी प्रहार भएको छ। कटेज सञ्चालन गर्नका लागि कटेज बनाउने क्रममा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको हो। ललितपुर प्रहरी परिसरका अनुसार स्थानीय व्यापारी ४२ वर्षीय मनोज कुमार बानियाँमाथि दिउँसो खुकुरी प्रहार भएको हो। बानियाँले कटेज रङरोगन गर्ने क्रममा २ वटा…

Read More

धनगढी: कैलालीको धनगढीस्थित एक होटलमा प्रहरीले छापा हानेको छ। धनगढी उपमहानगरपालिका-२ चौराहस्थित जोगबुढा होटलमा प्रहरीले छापा हानेको हो। हिजो बिहीबार वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्सपेक्टर जनकराज ढुंगानाको नेतृत्वमा खटिएको टोलीले छापा हानेकोमा ३ जनालाई पक्राउ गरिएको हो। प्रहरीले होटलकी मालिक ४७ वर्षीया इन्द्रा खड्का, अछाम घर भएर हाल धनगढी बस्दै आएकी १९ वर्षीया युवती पार्वती र भारतको गोरखपुरका २३ वर्षीय युवक राहुल चौहानलाई समातेको हो। होटलमा अनैतिक क्रियाकलाप गरिरहेको बेला उनीहरूलाई समातिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ । विगत लामो समयदेखि किशोरीहरुमा देखिएको यस्तो समस्याले पठनपाठन प्रभावित बन्न पुगेको विद्यालयले जनाएको छ । विद्यालय उमेरका केही किशोरीहरु एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण देखिने गरेका छन् । दिनैपिच्छे किशोरीहरुको समुह एकैसाथ यस्तो लक्षण देखाउदा विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ । दैनिकजसो हुने यस प्रकारको घटनाले विद्यार्थीहरुको मनोविज्ञानमा असर परेको छ । ‘दिनदिनै किसोरीेहरु काम्ने गरेका छन्, लछारपछार गर्छन, केही लडेर घाइते समेत भए, यस्तो समस्या देखिएपछि पढाइ…

Read More

धनगढी : वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो । वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै ५० लाख रुपैयाँभन्दा रकम असुलेको बुझिएको छ ।

Read More

धनगढीः धनगढीमा रहेको एक होलसेल पसलमा आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको छ। बिहीबार राति धनगढी उपमहानगरपालिका–४ मा रहेको जिएस ट्रेडर्समा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर ध्वस्त भएको हो। विद्युत सर्ट भएर आगलागी भएकोमा राति साढे ९ बजे दुई दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको थियो। विद्युतको तार सर्ट भएर आगलागी भएपछि होलसेल पसल जलेर खरानी भएको बताइएको छ।

Read More

धनगढी: कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ। बिहीबार राति ११ बजेको समयमा कुम्भ वाटिकाको मुख्य कलश चोरी भएको हो। कलश चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका–४ हाटखोलीका ३९ वर्षीय बलबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनाबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ। दुबैजना विरुद्ध चोरीको मुद्दा दर्ता भएर म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More