Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् । दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग गर्ने निर्णय गरेका हुन् । म्याक्रोनले संसद भंगको घोषणा गर्दै इयु चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन् । राष्ट्रलाई सम्बोधन गर्दै, म्याक्रोनले इयु चुनावमा राष्ट्रिय र्‍याली लगायत अति दक्षिणपन्थी दलहरूले झन्डै ४० प्रतिशत मत प्राप्त गर्न सफल भएको बताए । …

Read More

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री पाण्डेले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ । गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ । तर, कांग्रेससँग २७ सिटमात्रै छ । कांग्रेसलाई २ सिट रहेको…

Read More

काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका समकक्षी मोदीलाई बधाइ दिँदै प्रचण्डले तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे। भेटमा उनिहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । प्रचण्ड आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए…

Read More

सुर्खेत : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा  बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।  दुर्घटनामा परि बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेत गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।  उनका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।   घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६…

Read More

कञ्चनपुरः कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ। पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट अवैध सालको ६ गोलिया (५६.४९ क्युफिट) अन्दाजी २ लाख ८२ हजार ४५० मुल्य बराबरको काठ बरामद गरिएको हो। उक्त गोलिया इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ। गोलियालाई सब डिभिजन वन कार्यालय पचकडियाको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेत स्थित नहरमा डुबेर जाजरकोटको शिवमितास नगरपालिका–१ सल्ला गाँउका ४५ वर्षीय भुवन बुढाथोकीको आइतवार मृत्यु भएको हो। बुढाथोकी नहरको पानीमा डुवेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिई उनलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

धनगढी : टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा सहभागिता जनाउने छन् । उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् । सन्दिपले वेष्ट इण्डिज पुगेर क्यान अध्यक्ष चतुरबहादुर चन्द र पारस खड्काको चरित्र हत्या नगर्न आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बिनाकारण चरित्र हत्या गरेको देखेर निराश रहेको बताएका छन् । यस्तो छ उनको प्रतिक्रिया !मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)…

Read More

काठमाडौँ : जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । ‘जारी आईसीसी पुरुष टी – २० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको…

Read More

धनगढी : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार साँझ करिब ४ः३० बजेको समयमा सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको विद्युत् ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा गम्भीर घाइते भएका थिए। ४१ वर्षीय बोहरालाई उनलाई उपचारको लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनास्थलमा पुगेका प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। बोहरा विद्युत् कार्यालयका कर्मचारी नभएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : बझाङमा यार्सा संकलन गर्ने क्रममा भिरबाट लडेर एक जना गम्भिर घाइते भएका छन । जिल्लाको साइपाल गाउपालिका वडा नम्बर १ का २० बर्षिय लक्ष्मण धामी यार्सा संकलन गर्ने क्रममा भिर बाट लडेर गम्भिर घाइते भएका हुन । उनि जेठ २७ गते बिहान साइपाल गाउपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उक्त बाटुलसेरा भिर बाट लडेर उनि गम्भिर घाइते भएको वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र धामिले बताए । उनलाइ सो भिर बाट स्थानीयले हिजो राती निकालेका थिए । यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेका धामिको एक हात भाचिनुका साथै टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।

Read More