Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’मा पार्ने जानुका उर्फ शोभा पाठक पक्राउ परेकी छन्। शोभालाई आज ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको जनाइएको छ। साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार शोभालाई सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिक कार्य गरेको उजुरीका आधारमा समातिएको हो। को हुन शोभा पाठक ? पछिल्लोसमय एकपछि अर्को भीआइपीसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम हो जानुका। धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका– ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको पाइएको छ। उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको विभिन्न प्रमाणले देखाएको छ। शोभाले विभिन्न व्यवसायी,…

Read More

धनगढी : कञ्चनपुरकाे महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । नगर विकास समितिको जमिनमा बनेका अवैध संरचना भत्काउन डराएको भन्दै विप्लव निकट क्रान्तिकारी युवा संगठनले तालाबन्दी गरेको हो । सोमबार विज्ञप्ति जारी गर्दै उनिहरुले अनिश्चितकालका लागि कार्यालयमा ताला लगाएका छन् । अवैध संरचना भत्काउन सुरु नगर्दासम्म ताला नखोल्ने उनीहरुको भनाइ छ । सर्वोच्च अदालतले नगर विकास समितिको जग्गामा निर्माण भएका अवैध संरचना भत्काउन आदेश दिइसकेको छ । साथै प्रतिनिधि तथा प्रदेश सदस्यहरुको बैठकबाट समेत अवैध संरचना भत्काउने निर्णय गरेको थियो ।

Read More

धनगढी : अछाममा कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएर घाइते भएका खच्चडको उपचारको लागि पशु प्राविधिकको टोली परिचालन भएको छ । आइतबार बिहान पुलको लठ्ठा चुँडिएर १३ ओटा खच्चडहरू फसेका थिए । पुलमा फसेका १३ मध्ये ११ वटा घाइते छन् भने २ ओटाको मृत्यु भएको छ । घाइते खच्चडहरुलाई हिजोदेखीनै पशु प्राविधिकहरुले उपचार गरिरहेका छ । घटनास्थलमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछाम र पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखाको टोलीले उपचार गरिरहेको छ । घाइते खच्चडहरुलाई कर्णालीको किनारमै राखेर उपचार गरिरहेको विज्ञ केन्द्र अछामका प्राविधिक ज्ञानबहादुर थापाले जानकारी दिए । घाइते खच्चडहरु सबै खतरामुक्त रहेको र घर लग्ने…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले आफू मन्त्री नियुक्त भएको विषयमा थाहै नभएको बताएका छन्। महेन्द्रनगरपोष्टसँग कुर गर्दै जोशीले मन्त्री नियुक्त भएको विषयमा आफू अनभिज्ञ रहेको बताएका हुन्। यस अगाडि पनि डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. जोशीले सरकारमा सहभागी नहुने बताएका थिए। मन्त्रालय फुटाउने कुरामा असहमति राख्दै उनले मन्त्रालय नलिने जनाएका हुन्। जबकी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। सोडारीले जोशीसहित ८ जनालाई मन्त्री नियुक्त गरेका हुन्। स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् । यस्तै, एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले समेत मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा माओवादीबाट मन्त्रीका लागि नाम बुझाइएपछि दलभित्र असन्तुष्टि देखिएको छ। मन्त्री बन्नेहरूबारेको विषयमा मन्त्री बन्न नपाएकाहरुले मुख्यमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराएका हुन्। सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन्। नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम मन्त्रीका लागि सिफारिस गरिएको छ। सो सिफारिसलाई नमान्ने भन्दै माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन्। यहाँ माओवादीका सभामुख सहित ११ सांसद छन् भने दल नेताबाट खगराजलाई हटाएपछि मानबहादुर धामी नेता छन्।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ। एमालेले प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल, बिरबहादुर थापा र हिरा सार्कीलाई मन्त्रीका रुपमा सरकार पठाउने भन्दै मुख्यमन्त्रीलाई नाम बुझाएको छ। यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयकाअनुसार सोडारीले साँझ ५ बजे सपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् । प्रमुख सत्ता साझेदार…

Read More

धनगढी : धनगढीमा विद्युतिय अपराधमा संलग्न दुई जना पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिका-१ स्थित त्रिनगर कम्पलेक्समा रहेको आशिष मोबाईल ग्यालरीका सञ्चालक शल्ताज आलम र एक १४ वर्षीय किशोरलाई विद्युतिय अपराधको आरोपमा पक्राउ गरिएको हो। घटनाको विवरण अनुसार, पीडितले आफ्नो Benco S1 कम्पनीको Android मोबाईल सामान्य स्पिकरको समस्याका कारण आशिष मोबाईल ग्यालरीमा मर्मत गर्न दिएका थिए। ग्यालरी सञ्चालक शल्ताज आलमले मोबाईल मर्मत गर्न दुई तीन दिन लाग्ने बताएका थिए। असार २५ गते पीडितले मर्मत गराएको मोबाईल ग्यालरीबाट ल्याएर घरमा प्रयोग गर्ने क्रममा आफ्नो फेसबुक चलाउने प्रयास गर्दा अप्रिय घटना घट्यो। MD Dhoni नामबाट “Hello Didi” भनी च्याट गरिसकेपछि करिब आधा…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महर र उपाध्यक्ष धनलक्ष्मी मल्ललाई कार्यालय प्रवेशमा निषेध गरेको छ । गाउँपालिकामा बेरुजु बढेको र अनियमितता मौलाएको भन्दै विप्लव समूहले कार्यालय प्रवेश निषेध गरेको हो । उनिहरु सोमबार कार्यकक्षको ढोकामा प्रवेश निषेधको ब्यानर लगाएर एक दिन कार्यकक्षमा जान निषेध गरेको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टी बझाङका इन्चार्ज भरत मल्लसहितको समुहले कार्यालय बाहिर धर्ना दिइरहेको छ । उनीहरुले अनियमितता बढेको, जिल्लामा सबैभन्दा बढी बेरुजु आएको लगाएतका बिषय उठाएका छन् ।

Read More

काठमाडौँ : छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त…

Read More