Author: महेन्द्रनगर पोष्ट

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीकर्तालाई प्रदेशमा भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए । यसको तयारीका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । यस्तै कार्यसम्पादन समिति, सल्लाहकार समिति गठन भई आवश्यक तयारीसमेत सुरु भइसकेको जनाइएको छ । लगानी सम्मेलनबाट प्रदेशको विकासको आधार खडा गर्ने विश्वास गरिएको छ । सुदूरपश्चिम प्रदेश लगानीका लागि ठूलो सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि,पर्यटन,जलस्रोतलगायतका कुनैपनि क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन । प्रदेश…

Read More

डोटीः डोटीमा बुधवार राति एक घरमा आगलागी हुदा जलेर नष्ट भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ स्थित दुधपोखरीका प्रेमबहादुर रावलको घरमा आगलागी भएको हो। दुई तले दुई कोठे खरले छाएको कच्ची घर जलेर पुर्णरुपमा नष्ट भएको छ। आगलागीबाट घरभित्र रहेका सम्पुर्ण खाद्यसामाग्री, लुगाकपडा, एक सुनको तिलहरी, नगद ८ं० हजार गरेर दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए। आगलागीबाट मानवीय तथा चौपायाको क्षति भने केहि नभएको प्रहरी निरीक्षक विष्टले बताए।

Read More

काठमाडौँ : सरकारले स्पेनसहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए । रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि यूरोपको ढोका खुलेको बताए । सरकारले हालै मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ति देशसँग गरिएको सम्झौतापछि मन्त्रालयले अन्य देशहरूसँग समेत…

Read More

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए ।महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी…

Read More

काठमाडौँ : सत्ता साझेदार नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा ९माओवादी०ले सशस्त्र द्वन्द्व सुरु गरेको फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन १ मा सार्वजनिक बिदा दिने २०७९ माघ २९ मा निर्णय गरेको थियो। महामन्त्री थापाले आफ्नो पार्टी सामेल नभएको त्यतिवेलाको सरकारले दिएको सार्वजनिक बिदालाई नमान्ने बताएका हुन्। कात्तिक २ गते काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले यो सैद्धान्तिक विषय भएको जिकिर गरे। “यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ। हामी अघिल्लो सरकारमा थिएनौँ। यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने काँग्रेसले हामी गठबन्धनमा छौँ, यसलाई मान्छौँ…

Read More

काठमाडौं : सरकारले गाजाको एक अस्पतालमा भएको आक्रमणप्रति निन्दा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ नागरिकविरुद्धको आक्रमणबारे गम्भीर रहेको परराष्ट्रले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं । हामी शान्तिमा विश्वास गर्छौं । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौं ।’

Read More

झापा : कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसरी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताए । उनले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए । “काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ”, अधिकारीले भने, “हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी…

Read More

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोग दसैँ बिदाको समयमा पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ बिदामा बिहान ११ : ०० बजेदेखि दिउँसो २ : ०० बजेसम्म खुला रहनेछन् । यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ ।

Read More

दाङ : संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनपछि पुनस् हत्या आरोपमा पक्राउ परेका छन् । गत ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या हत्या आरोपमा पक्राउ परेका हुन् ।

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिङ युनियन मेडिकल कलेज अस्पतालले शुक्रबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गरेको छ । श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फ्र्याक्स भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा ब्लकेज रहेको पाइएको अस्पतालले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा स्टेनोसिस पनि देखिएको बताएको छ । श्रेष्ठमा देखिएको समस्यालाई सम्बोधन गर्न स्टेन्ट राखिएको अस्पतालले बताएको छ । श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको छ । उनको अवस्था स्थिर र अन्य भाइटल्स समेत सामान्य रहेको अस्पतालले जनाएको छ । ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको…

Read More