Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वन क्षेत्रमा मंगलबार जंगली हात्ती देखिएका छन्। मंगलबार बिहान नगरपालिका- १ स्थित जनज्योति सामुदायिक वनमा जंगल हात्ती देखिए समूहका सहसचिव नवराज अवस्थीले जानकारी दिए। उनले गणेशपुर, बंकका उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन्। यस्तै शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वैजनाथ सामुदायिक वन क्षेत्रमा जंगली हात्ती देखिएका जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत बेल्डाँडी, सुन्दरफाँटा, भमरभोज, कालापानीसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

Read More

काठमाडौं: नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ। प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको कारोबार गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा  अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा त्यो भन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ।

Read More

काठमाडौं: १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत मंगलबारसम्म ३३१ पदकको छिनोफानो भएको छ। चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ। यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। जापान आठ स्वर्ण, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै हङकङ चाइना पाँच स्वर्ण, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ। यसैगरी भारत तीन…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ। बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो। उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् सम्पर्कविहीन हुने प्रहरीको सूची

Read More

बैतड: बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। हिजो राति जिल्लाको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको बताइएको छ। ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएको एक स्थानीयले बताए। महराको शव बीच सडकमै रहेको छ। राजमार्ग…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढीः कञ्चनपुरमा एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ। जिल्लाको भीममदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनको सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट मङ्गलवार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

कञ्चनपुर : ५९ हजार छ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कञ्चनपुरमा ७२ प्रतिशत नागरिक कृषि पेसामा निर्भर छन् । खेतीयोग्य जमिनमध्ये यहाँ सबैभन्दा बढी ४८ हजार चार सय हेक्टरमा धान खेती हुँदै आएको छ तर वर्षौंदेखि कृषिमा निर्भर किसानले आवश्यक रासायनिक मलखाद पाउन नसकेको अवस्था छ । खेतीको समय भारतीय सीमावर्ती बजारबाट मल ल्याउन स्थानीय प्रशासनले सामान्य रूपमा खुकुलो गर्दै मलको तत्कालीन समस्या समाधान गरिँदै आए पनि सरकारबाट कञ्चनपुरलाई मागभन्दा निकै कम मल उपलब्ध गराउने गरेको सरकारी तथ्याङ्कले नै देखाएको छ । कृषि ज्ञानकेन्द्र कञ्चनपुरको तथ्याङ्कानुसार जिल्लालाई वार्षिक ५० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर केन्द्रले कञ्चनपुरलाई गत…

Read More

काठमाडौं : सुन किन्‍ने बहानामा  विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्‍ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी-७ घर भई हाल काठमाडौं महानगर-१६ नयाँ बजार बस्‍ने ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर-१६ माछापोखरी बस्‍ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा…

Read More

दोलखा : जिल्लाको विगु गाउँपालिकाले एक सातादेखि आन्दोलनरत मास्टरलाई काम नलगाएको भन्दै स्पष्टीकरण सोधेको छ । गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत राहत शिक्षकहरु विद्यालयमा अनुपस्थित भएपछि विद्यालय व्यवस्थापन समितिले पालिकालाई जानकारी गराएको थियो । पालिकाले सोहीअनुसार विद्यालयमा कार्यरत राहत शिक्षकहरुलाई किन हाजिर गराई कामकाजमा लगाउन नसकिएको भन्दै लिखित स्पष्टीकरणको माग गरेको हो । यस समयमा विद्यालयमा अनुपस्थित शिक्षकहरुलाई कारबाही गर्न नपर्ने विषयहरु समेत उल्लेख गरि गाउँपालिकाको कार्यालयमा पेस गर्न निर्देशन दिईएको छ ।

Read More