काठमाडौं : जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छ्न्। रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो। उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए। भट्टराईको ठाउँमा हुम्ला प्रहरी प्रमुखको रुपमा रवीन्द्र खनाललाई पठाइएको छ। डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन्। २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : दक्षिण कोरियास्थित नेपाली दूतावासले सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ रहेका नेपाली समुदायसँग आर्थिक सहयोग मागेको छ। आज दक्षिण कोरियाको राजधानी सिओलमा हुने ‘नेपाल–कोरिया कल्चरल इभेन्ट’ का लागि निम्तासहित दूतावासले त्यहाँ रहेका ९ वटा नेपाली समुदायका संगठनसँग सहयोग रकम मागेको हो । दूतावासका मिनिष्टर काउन्सेलर पुष्पराज भट्टराईका अनुसार, कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। दूतावासले आर्थिक सहयोग मागेको विषयमा कतिपयले आलोचनासमेत गरेका छन्। दूतावासको आधिकारिक लेटर हेडमा गरिएको निम्तामै सहयोग मागेकोप्रति धेरैले रोष प्रकट गरेका छन्।
काठमाडौं: टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्। यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ। टोलीमा कप्तान रोहित पौडेल, ओपनर तथा विकेट किपर आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा जुवाखालबाट १२ जना पक्राउ परेका छन्। हिजो शुक्रबार राति धनगढी–१३ राजपुरस्थित एक टहराबाट उनीहरुलाई एक लाख एक हजार २६५ नगद र ३ गड्डी ताससहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनगढी–१३ बस्ने वर्ष ३१ का कमल बडायक, वर्ष ३३ का सुवा राना, वर्ष ३३ का राधेश्याम राना, वर्ष २६ का भरत राना, वर्ष ४९ का भरत राना, वर्ष ४३ का राम नन्द राना, वर्ष ३२ का रुपेन्द्र ओझा, वर्ष २९ का शिब कुमार राना।, वर्ष २३ का सुरेश राना, वर्ष ४२ का पिरागी राना, वर्ष ४० का नबोध झा र वर्ष २८ का योगेन्द्र महरा रहेका छन्।…
फाइल फोटो
धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करार समूहतर्फ कार्यरत डा. अमृत जैशीको अवैध डेन्टल रहेको पाइएको छ। धनगढीमै जैशीले अवैध रुपमा डेन्टल खोलेर सञ्चालन गरेको पाइएको हो। धनगढीको राष्ट्र बैंक चोक नजिकै संजिवनी अस्पतालसँगै जैशीको डेन्टल केयर छ। उनले केही समय अवैध रुपमा सो डेन्टल चलाएर अहिले बन्द अवस्थामा राखेका छन्। डेन्टल सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। तर, जैशीले अनुमति बिना डेन्टल चलाएको खुलेको हो। जैसीले आफूहरु दर्ता र अनुमति लिने प्रक्रियामै रहेको र स्वास्थ्य कार्यालयले अनुमती दिन ढिलाइ गरेको बताए। उनका अनुसार अनुमतिका लागि १ वर्ष कुर्दा पनि फाइल कार्यालयमा थन्किएको छ। उता स्वास्थ्य कार्यालय कैलालीले भने…
कञ्चनपुरः वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। टे«न्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन्।चार बिघा जग्गामा रानाले उखु खेती गरेका छन्। ‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो, उनले ‘एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु।’ चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ।‘उत्पादित उखु चिनी मिलले…
काठमाडौं : आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात आज कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण वि.सं. २०८० मा…
काठमाडौं: नेपाल प्रहरीका प्रहरी निरीक्षक कैलाश लिम्बुले भारतमा ‘बिएसएफ ट्रफि फोर प्रोफिसेन्सी इन आउटडोर’ उपाधि हाँसिल गरेका छन्। भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडमीमा सञ्चालित ‘आएपियस ७५ आरआर’ समूहमा सहभागी उनलाई उक्त उपाधि दिइएको हो।
कैलाली : कैलालीको गोदावरी नगरपालिकाले २४ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा २४ जना कर्मचारी माग गरेको हो। करार सेवाका लागि खुलाइएको विज्ञापनमा १५ दिन भित्र आवेदन दिन भनिएको छ । आवेदन फारम नगरपालिकाको वेवसाइटमा राखिएको छ।