Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको आरोपमा साविक जिल्ला शिक्षा कार्यालय धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलसहित दुईजानाविरुद्ध मुद्दा दायर गरिएको हो । शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मण्डलले भ्रष्ट्राचार गरेको दाबी अख्तियारको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँदा आएकी निलकुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ । यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च माविबाट रामजानकी प्राविमा दरबन्दी भई पदस्थापन भएकी…

Read More

डडेल्धुराः राष्ट्रिय शिक्षा दिवसको अवसरमा डडेल्धुराका सुरेन्द्रसिंह ऐर पुरस्कृत भएका छन्। महेन्द्र मावि खंलगाका प्रधानाध्यापक ऐरलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको हो। ऐर नेपाल रेड्क्रस सोसाइटी केन्द्रिय कार्यसमिति उपाध्यक्ष समेत हुन्। ऐरसहित सुदूरपश्चिमका अन्य ८ जनलाई पनि पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा वासुदेव मावि लिस्किटाका प्रधानाध्यापक जितबहादुर पाण्डेय, डोटीको केदारेश्वर मावि शिखरमा कार्यरत शिक्षक गगनसिंह कार्की रहेका छन्। यस्तै, महेन्द्र मावि दार्चुलामा कार्यरत माध्यमिक शिक्षक रामदत्त जोशी र बझाङको सत्यवादी मावि भोपुरमा कार्यरत माध्यमिक शिक्षक हितराज जोशी छन् । बाजुराको भानोदय मावि बुढीगंगाका प्रधानाध्यापक मनबीर खाती, अछामको जल्पादेवी माविका माध्यमिक शिक्षक सुरेन्द्रबहादुर खड्का, कैलालीको पञ्चोदय माविका प्रधानाध्यापक हरिशकुमार ओझा र…

Read More

काठमाडौं : सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिक (प्रतिजैविक प्रतिरोध) औषधी प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ। औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्न प्रयोगमा नल्याउन निर्देशन दिएको बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन। ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएको समेत उनले बताए। ‘डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको छ,’ उनले भने, ‘ती औषधी न दर्ता गर्छौ न प्रयोगका लागि अनुमति नै दिन्छौं।’ उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध…

Read More

विराटनगरः विराटनगर महानगरपालिकाले नेताको छोराको हातबाट कुटाइ खाने तीनजना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ। नगर प्रहरी हवल्दार रमेश निरौला तथा जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले जागिरबाट हटाएको हो। नगर प्रहरीले विराटनगर ७ स्थित कोशी अस्पतालअगाडि रहेको स्नेहा फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी (जसपा) मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख (मेयर) नागेश कोइरालाले तीनजना नगर प्रहरीलाई सोमवारबाट लागू हुने गरी जागिरबाट हटाएका छन्। गत भदौ २७ गते साढे ४ बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यका लागि खटिएका नगर प्रहरी र यादवबीच पार्किङको विषयलाई लिएर विवाद भएको थियो। औषधि पसलअगाडि ‘नो पार्किङ’मा रोकेको सिटी…

Read More

डडेल्धुराः डडेल्धुरा अस्पताल डडेल्धुराले ओपीडि सेवा थप गरेको छ। सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र अस्पतालले ओपीडि सेवा थप गरेको हो। आज एक सूचना प्रकाशित गर्दै अस्पतालले अस्पतालबाट प्रवाह हुने दैनिक ओपीडि सेवा (बहिरङ्ग) सेवालाई थप प्रभावकारी बनाउन सेवा थप गरेको जानकारी दिएको छ। अस्पतालले ओपिडी सेवा अब बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म कायम गरिएको जानकारी दिएको छ।

Read More

काठमाडौंः नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने मोडमा पुगेको छ। माओवादीले पार्टीको नाम परिवर्तनका लागि छलफल समेत अघि बढाएको छ। गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै नाम परिवर्तनबारे आगामी महाधिवेशनमा निर्क्यौल गर्ने निर्णय गरेको हो। पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल भइरहेको उल्लेख गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ। २०७५ मा एमालेसँग एकीकरण गर्दा माओवादीले नाम छोडेको…

Read More

डडेल्धुराः सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशीको सरुवा भएको छ। जोशीको विकास कार्यालय बझाङमा सरुवा भएको हो। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको निणयअनुसार २९ जनाको सरुवा भएको छ। उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन्।

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन्। ‘एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ’, उनले भने, ‘स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ।’ उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन्। पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन्। बजारको मागअनुसार काँक्रोका जात…

Read More

रुपन्देही: रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो। झडपमा परी तीन जना घाइते भएका छन् । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको मेडिकल कलेजमा उपचार भइरहको छ।

Read More

डडेल्धुराः सरकारी कर्मचारीको टिमले मैत्रीपूर्ण भलिबलको उपाधि जितेको छ। ८ औं सविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा आयोजित प्रतियोगिताको उपाधि सरकारी कर्मचारीको टिमले जितेको हो। मंगलबार भएको फाइनलमा सरकारी कर्मचारीको टिमले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखालाई २–० को सोझो सेटमा हराउँदै उपाधि हात पार्न सफल भएको हो। चार वटा टिम सहभागी रहेको प्रतियोगितामा सरकारी कर्मचारीको टिमले राजनीतिक दललाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले अमरगढी नगरपालिकालाई २–० को सोझो सेटमा नै पराजित गर्दै फाइनल पुगेको थियो। खेल डडेल्धुरा बहुमुखी क्याम्पसको मैदानमा भएको थियो।

Read More