Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: मात्र २३ रनमा माल्दिभ्सले छैटौँ विकेट गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले नवौँ ओभरमा छैटौँ विकेट गुमाएको हो । सन्दीप लामिछानेले माल्दिभ्सको छैटौँ विकेट लिए । यसअघि, अभिनाश बोहराले ३ विकेट लिएका थिए भने गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।  माल्दिभ्सविरुद्धको खेलमा…

Read More

बैतडी: बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो। दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्। 

Read More

धनगढीः  प्रथम सुदूरपश्चिमश्री शारिरीक सुगठनको उपाधि लक्ष्मीदत्तपन्त र सुनिल चन्दले प्राप्त गरेका छन्। सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ पन्तले उपाधि पाएका हुन्। यस्तै शारिरीक सुगठन विधामा दितिय पुरस्कार आर्यान शाही, तृतिय अर्जुन साउद र शान्त्वना अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिकतर्फ दितिय पुरस्कारतर्फ अजय रिजाल, तृतिय अमृत रावत र शान्त्वना सन्देश शाहले प्राप्त गरेका छन्। प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार प्रदानगरिएको छ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार पुरस्कार दिइएको छ ।…

Read More

काठमाडौं: स्वास्थ्यका हाकिमलाई उनकै कर्मचारीसँग डेटिङ गएको अवस्थामा फेला पार्ने पत्नीले मुख खोलेकी छिन्। झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्। केही दिनअघि नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा फेला पारेपछि बबाल भएको थियो। तर, हिजो(शनिबार) भने हाकिमकी पत्नी प्रतिमा कोइराला बस्नेतले उक्त दिन आफू अवेशमा आएको र मिडियामा आएको जस्तो डेटिङ नभएको बताएकी छिन्। आफूले सो दिन आवेशमा आएर श्रीमानसँग भेटिएकी युवतीलाई नानाथरी गाली गरेको भन्दै उनले आत्मअलोचना गरेकी छिन्। उनले एक भिडियोमा श्रीमान र उनकै महिला…

Read More

कैलाली: नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा अहिलेसम्म कृष्णप्रसाद जैसी र बचनबहादुर सिंहले दावी गरेका छन्। तर, केन्द्रीय सदस्यद्वय लालबहादुर थापा र झपट रावललाई समेत अध्यक्षमा उठ्न दवाव सिर्जना गर्न थालिएको छ। यदि उनीहरु मैदानमा आएनन् भने उपाध्यक्ष कमल तिमिल्सेना पनि भिड्ने चर्चा अहिले चलेको छ। असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनका लागि ५३ हजार २५२ पार्टी सदस्य र जनसंगठनबाट गरेर झण्डै ६ सय प्रतिनिधि छानिने दाबी गरिएको छ। यस्तै ९० हजार सदस्यमध्ये ४७ हजारले नवीकरण गरेको र पाँच हजार नयाँ थपिएको नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले बताए।  

Read More

कैलाली: कैलालीको एक निजी घरभित्र जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको गोदावरी नगरपालिका–१ का ६० वर्षीय दुर्गा घलेको घरभित्र जुवातास खेलिरहेको अवस्थामा घलेसमेत ९ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले नगद ५५ हजार रुपैयाँ र ५ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं : डडेलधुराको प्रसिद्ध धार्मिक स्थलमा गत बैशाखमा भएको चोरीको विषयमा प्रहरीले कुनै प्रमाण हात पार्न सकेको छैन। परापूर्व कालदेखि नै उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। उक्त मन्दिर डडेल्धुरा सदरमुकामदेखि करिब पाँच किलोमिटर पश्चिमपट्टी रहेको छ। सूदूरपश्चिममा रहेका नौ वटा भगवतीका मन्दिरहरूमा एक मानिने यो मन्दिर प्रति यहाँका स्थानीय भक्तजनहरु विशाल आस्था बोकेर पूजापाठ गर्ने गर्छन्। सुदूरपश्चिमेलीहरुको महत्त्वपूर्ण आस्थाको केन्द्र मानिने पवित्र उग्रतारा मन्दिरबाट गत वैशाख २९ गते राति १ः३० बजे विभिन्न सामग्री चोरी भएका थिए। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार वैशाख २९ मा चाँदीको माला, चाँदीको मुकुट लगायत अन्य पूजापाठका सामान चोरी भएका थिए।…

Read More

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका- ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको मृत्यु भएको हो । शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

Read More

दार्चुला : दार्चुलामा नेपाल प्रहरीको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जना विद्यार्थीले सहभागिता जनाएका छन । ६८औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा गरिएको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रतियोगितामा कक्षा ९ र १०मा पढने विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरुमा महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, चौलानी एकेडेमी स्कुल गोकुलेश्वर,तथा जनविकास मावि बारवाजगरी ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त…

Read More