Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : एसिया कप २०२३ को फाइनल खेल १७ सेप्टेम्बर अर्थात् आइतबार भारत र श्रीलंकाबीच हुनेछ। यो ‘हाई भोल्टेज’ खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ। यो खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुने छ। तर, मौषमविद्का अनुसार फाइनल खेलमा कोलम्बोमा भारी वर्षाको सम्भावना छ। एसिया कपमा भारत र श्रीलंकाले एक अर्काविरुद्ध कीर्तिमान नै कीर्तिमान बनाएका छन्। भारतले सात पटक उपाधि जितेको छ भने श्रीलंकाले छ पटक प्रतियोगिताको उपाधि जितेको छ। दुवै प्रतियोगिताका सर्वाधिक सफल टोली हुन्। भारत र श्रीलंकाबीचको फाइनल खेलमा कोलम्बोको मौसम खासै राम्रो देखिँदैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यहाँ ८० प्रतिशत पानी पर्ने सम्भावना…

Read More

कैलालीः युनिसेफ प्रतिनिधी भेट्न सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सहितका तीन मन्त्री धनगढीको एक क्लबमा पुगेका छन्। शनिबार धनगढीको चौलानी क्लबमा नेपालका लागि युनिसेफ प्रतिनिधी एलिस् अकुङ्गासङ्ग भेटवार्ता गर्न मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पुर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री माननीय नरेशबहादुर शाही पुगेका हुन्। भेटका क्रमामा उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण, द्वन्द्व र कोभिड–१९ पछिको स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई एवम् संरक्षण, तथा बालबालिकाको स्थितीमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्धनका विषयमा छलफल भएको थियो। दीगो जलवायू परिवर्तन प्रतिकार्यमा प्रदेश सरकारसँग मिलेर काम गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। तर, विदेशी संस्थाका प्रतिनिधिलाई सरकारका प्रमुख र मन्त्रीहरू…

Read More

बझाङ : खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो। वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने तीन महिने समयमा उनको बसाई खप्तडमै हुन्छ। खप्तडमा रहँदा रावलको उपचारको सहारा भएको छ त्यहाँको आर्मी मेडिकल। त्यो मेडिकलमा रावलले आफू मात्रै नभएर आफन्तको उपचारसमेत गराउँदै आएको छ। गाउँबाट बिरामी भएर आएका आफन्तको सेनाको निःशुल्क मेडिकलमा धेरै पटक उपचार गराएको उनी सम्झिन्छन्। ‘व्यारेकमा ठूलो उपचार त हुँदैन,’ उनले भने, ‘सानोतिनो उपचारका लागि भने गाउँले समेत यतै आउछन्। अहिले त नजिकैका स्वास्थ्य संस्थाको पनि भर लाग्दैन। खप्तडमा उपचार गराउनु र जिल्ला अस्पतालसम्म पुग्नु एउटै लाग्छ।’…

Read More

धनगढी: अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा विदेशी नागरिकको घुँइचो लागेको छ। रामारोशनमा एकै पटक विभिन्न १२ बढी देशका नागरिक आएका हुन्। एकाएक ठूलो संस्यामा विदेशी नागरिक रामारोशन आउन थालेपछि स्थानीय अचम्मित बनेका छन्। ठूलो संख्यामा सरकारको इजाजत बिना आएका ३९ जना विदेशी नागरिकलाई ताल प्रबेशमा रोक लगायको र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकेको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए। हाल रामारोशन आउने विदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको डीएसपी पाठकले बताए। विदेशी नागरिकहरू भारतीय सिमानाका प्रयोग गर्दै अछाम…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ। तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ। पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन्।

Read More

अछाम: अछाममा भिरबाट लडेर एकजनाको ज्यान गएको छ। जिल्लाको साँफेबगर नगरपालिका-१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

Read More

बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका-१ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पको टोकाइबाट घाइते भएका हुन्। सुजललाई शुक्रबार बेलुका घरनजिकै बाटोमा हिंडिरहेका बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए। घाइते सुजलको खुट्टामा टोकेको र उनको  डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदै छन्। साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंगकाह महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

Read More

काठमाडौँ: काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थित एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ। हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ। ती शंकास्पद व्यक्ति ट्याक्सी चढेर हत्याको खबर गर्न तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए। हत्या गरिएकामा एकै परिवारका ३ सहित ४ जना छन्। हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल छन्। मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स मिलभित्र हत्या गरिएको छ। हत्या भएको खबर गर्न प्रहरी कार्यालय पुगेका दिपेन्द्र राईका बुवाले सो काठमिलमा केही अघि काम छाडेको बताइएको…

Read More

काठमाडौं: चर्चित गजल/गीत ‘के लत बस्यो’ का गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा अर्को नयाँ गीत आउने भएको छ। गीतकार हेमन्त विवशको रचना र पेलाको आवाजमा ‘देउसरा आईगै’ बोलको गीत ४ असोजमा सार्वजनिक गरिने भएको हो।  गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरिएको गायक पेलाले जानकारी दिए। म्युजिक भिडियो तिलकसिंह पेलाको आफ्नै युट्युब च्यानलमा २१ सेप्टेम्बरमा रिलिज हुने छ।

Read More