Author: महेन्द्रनगर पोष्ट

टीकापुर : विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विरुद्ध टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन्।  ‘चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसा बन्द गर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न देऊ’ भन्ने नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन्। टीकापुर अस्पताल, साथी अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टीकापुर बजारमा ब्यानरसहित प्रदर्शन गरेका हुन्। ब्यानर, प्लेकार्ड सहित बजार परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै टीकापुर अस्पतालका डाक्टर डबल बुढाले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि भइरहेका घटनाको विरोधमा आन्दोलनमा उत्रिएको बताए। टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले पाँच दिनदेखि आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। शुक्रबारदेखि टीकापुर अस्पतालको इमरजेन्सी सेवाबाहेकका सबै काम ठप्प पारी आन्दोलनमा…

Read More

सुर्खेत: सुर्खेतको एक निजी विद्यालयको होस्टेलमा बस्ने बालक मृत फेला परेका छन्। वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा ८ वर्षीया बालक मृत फेला परेका हुन्। चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी मृत फेला परेका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुका पुलामी बेडमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनी कक्षा २ मा पढ्थे। घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलित बनेका छन्। आफन्तले होस्टेल बाहिर तोडफोडसमेत गरेका छन्। आफन्तले शव उठाउन दिएका छैनन्। आफन्त आक्रोशित बनेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ। घटना भएको आसपास क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीले सञ्चालक पक्षलाई नियन्त्रणमा लिएको छ।

Read More

नवलपुर : माधव कुमार नेपालले नेतृत्व गरेको  नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) नवलपुरका अध्यक्ष, उपाध्यक्षसहित धेरैले आफूहरु सो पार्टी परित्याग गरेको घोषणा गरेका छन्। कम्युनिस्ट विचारधाराबाट भने विचलन नहुने जनाउँदै राजिनामा गरिएको छ। उक्त पार्टीमा रहेर जिल्लामा राजनीति गरेका मुख्य व्यक्तिको राजिनामाले जिल्लामा माधवकुमार नेपालको नेकपा एस पार्टी संकटमा परेको छ। पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई गराइएको ध्यानाकर्षणमा कुनै छलफल र सुनुवाइ नभएको हुँदा पार्टीमा रहिरहने ओैचित्य समाप्त भएको सार्वजनिक भएको पत्रमा उल्लेख छ। राजिनामा दिनेमा एसका जिल्ला अध्यक्ष झविलाल राना,उपाध्यक्ष प्रेमनारायण पाण्डे लगायत ३१ जना रहेका छन्।

Read More

काठमाडौँ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन्।प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन्।  द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन्। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन्। प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Read More

काठमाडौं : यू–१९ साफ च्याम्पियनसिप उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्दै छन्। खेल काठमाडौंको अपराह्न ५:३० बजे दशरथ रंगशालामा हुनेछ। दुवै टिमले ‘सडन डेथ’को सहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन्। सेमिफाइनलमा पाकिस्तानले भुटान र भारतले नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए। पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो। दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका छन्।

Read More

काठमाडौ : प्रधानमन्त्री मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए। चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उनको भनाइ थियो । “अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ”, उनले भने, “दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ  दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो। उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए।

Read More

महेन्द्रनगर: क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै आएका छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ। “क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो।” बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, “खेलमा उसको प्रगति देखेर हामी…

Read More

दार्चुला: दार्चुलामा एउटा मानव कंकाल भेटिएको छ। हिजो(शुक्रबार) दुहुँ गाउँपालिका-४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उक्त कंकाल सोही ठाउँको पोक्से दोरजेर बस्ने ७५ वर्षीय धनसिंह लोथ्यालको भएको खुलेको छ। उक्त कंकाल स्थानीयले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा फेला पारेका थिए। स्थानीयहरुले कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए। कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ । उनी घरबाट गत जेठदेखि सम्पर्क विहिन थिए। उनको विगत लामो समयदेखि मानसिक सन्तुलन बिग्रेको थियो। गत जेठमा परिवारलाई खबरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा थिएनन्। घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

बाजुरा : बाजुराबासीको स्थानिय संस्कृति पर्व अनन्ते मेला शुक्रबारबाट सुरु भएको छ। भाद्र शुल्ल पूर्णिमाको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रूपमा लिइन्छ।  यो मेला तीन दिनदेखि पाँच दिनसम्म लाग्छ। यो वर्ष असोज १२ गतेबाट सुरु भएर १४ गतेसम्म भब्यताका साथ मनाउने मेला ब्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताएका छन्। बाजुरालीले दशैंपछिको महत्वपूर्ण पर्वका रूपमा अनन्ते पर्वलाई लिने गरेको छन्। महाभारतमा कौरवसँगको लडाईँमा पाण्डवहरुले विजयी हासिल गरेको खुसीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरले विजयी उत्सवका रूपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन्। 

Read More