Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमाले डोटी अध्यक्षमा अध्यक्ष मञ्जु मलासीलाई जिम्मेवारी दिएको छ । एमालेको अन्तरपार्टी निर्देशन १० मा डोटी जिल्लामा अध्यक्षको जिम्मेवारी मलासीलाई दिएको उल्लेख गरिएको छ । डोटीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो । केन्द्रले मञ्जु मलासीको अध्यक्षतामा जिल्ला सङ्गठन कमिटी तयार गरेको छ । उपाध्यक्षमा शेरबहादुर मल्ल, सचिवमा लक्ष्मण मलासी उपसचिवमा कृष्ण कुमार खड्का र तेजबहादुर डुम्रेलले जिम्मेवारी पाएका छन् ।

Read More

धनगढी : योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायधिवक्ताले राजीनामा दिएका छन्। सरकार परिवर्तनसँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष उनीहरूले मंगलबार राजीनामा दिएका हुन्। पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ मा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए।

Read More

धनगढी: डडेल्धुरामा प्रहरीलाई कुटपिट गर्ने २ जनालाई पक्राउ गरेर थुनामा राखिएको छ। अस्ति राति जिल्लाको अमरगढी नगरपालिकास्थित मुख्य बजारमै लफडा गर्ने २ जनालाई प्रहरीले थुनेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दिपक कार्कीकाअनुसार पक्राउ पर्नेमा करन बोहरा र गौरव ऐर रहेका छन्। उनीहरू दुबैजना नेविसंघका नेताहरु रहेको खुलेको छ। अस्ति राति उनीहरूले बजारमै रहेको महेश्वरी होटल नजिक मदिरा सेवन गरेर लफडा गरेका थिए। त्यहाँ एकजना गाडीका सहचालकलाई उनीहरू कुट्न खोज्दा प्रहरीले रोकेको थियो। कुट्न रोकेपछि सम्झाउन खोज्दा ती २ जनाले नै प्रहरीलाई पनि कुटपिट गरेपछि उनीहरू पक्राउ परेका हुन्। ती मध्ये एकजनाले गाडीका सहचालकलाई कुट्न खोज्दा प्रहरीले रोक्न खोजेकोमा…

Read More

धनगढी : डडेल्धुराको एक सहकारीमा चोरी भएको छ। जिल्ला सदरमुकामको तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा नगद र ल्यापटप चोरी भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको बताएका छन्। चोरी भएको जानकारी पाएपछि अहिले प्रहरी टोली सहकारीमा पुगेको छ।

Read More

काठमाडौँ : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी कार्यदलले तयार पारिएको प्रतिवेदन तीन शीर्ष नेताहरूलाई बुझाइएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइएको हो। टीआरसी कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य छन्। टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो। जसमा द्वन्द्वकालीन समयमा नियतवश वा स्वेच्छाचारी तरिकाले भएका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनमा…

Read More

धनगढी : कैलालीमा सम्बन्धविच्छेद गरेका श्रीमानले जन्डिसका कारण ज्यान गुमाएकी छोरीको शव अस्वीकार गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिका–२ स्थायी घर भएका लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेका हुन् । घरडीले नबुझ्दा बालिकाको शव दुई दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ भने उनकी आमा घोडाघोडी नगरपालिका–८ बस्ने हजारी बिष्ट भौँतारिएकी छन् । २०७७ सालमा श्रीमती हजारीसँग सम्बन्धविच्छद गरेका घरडीले मृतक छोरीको नामको अंश दिएपछि मात्र शव बुझ्ने अडान लिएका छन् तर बिष्टले छोरीको पालनपोषण आफैले गरेको भन्दै अंश नदिने बताएकी छन् । मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन्…

Read More

धनगढी : नेकपा एमालेले बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा ऐन महरलाई जिम्मेवारी दिएको छ । एमालेको अन्तरपार्टी निर्देशन १० महरलाई जिम्मेवारी तोकिएको छ । गत बिहीबार बसेको सचिवालय बैठकले महरलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको भए पनि विज्ञप्तिमा नाम छुट्न गएको थियो । त्यसपछि महरको जिम्मेवारी आज जारी भएको अपानि १० मा सार्वजनिक गरिएको छ ।

Read More

धनगढी : एमालेको अन्तरपार्टी निर्देशन १० मा बझाङ जिल्ला कमिटीमा जिम्मेवारी तोकिएको छ । जिल्ला अधिवेशन हुन बाँकी रहेको बझाङका केन्द्रबाटै जिल्ला कमिटी विस्तार गरिएको हो । अपानीमा कलबहादुर खड्कालाई अध्यक्ष तोकिएको छ । उपाध्यक्षमा मोहन जोशी सचिवमा आनन्द विक,उपसचिवमा सुरत बहादुर सिंहलाई जिम्मेवारी तोकिएको छ । उमेश बोहरा,कलक रोकाया धर्मराज खड्का,राकेश सिंह, लोकेन्द्र बोहरा, प्रयागराज जोशी लोकेन्द्र सिंह, रामप्रसाद जप्रेल, भुवनेश्वर उपाध्याय,प्रेम मल्ल, हर्कबहादुर बोहरा, विष्णु प्रसाद नेपाली, दिनेश नेपाली र राधा विष्ट समेत रहेको सङ्गठन कमिटी गठनको प्रस्ताव अनुमोदन गरेको उल्लेख गरिएको छ ।

Read More

धनगढी : भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने बताएका छन । नेकपा एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका पालले पहिलो प्रस्तावका रुपमा सुदूरपश्चिममा सडक गरुयोजनाको नीति बनाउने भन्दै हस्ताक्षर गरेका हुन । ‘सुदूरपश्चिमको सडक सञ्जालको नीति बनाउने निर्णयमा हस्ताक्षर गरेको छु । मेरो प्रार्थमिकता सुदूरपश्चिमको सडक हुनेछ’ सञ्चारकर्मीहरुसँग उनले भने ।बैतडी (१) बाट प्रदेश सभा सदस्य पाल यसअघि २४ दिनका लागि आर्थिक मामिलामन्त्री भएका थिए । उनले अहिले पुर्वाधारको अवस्थाका बारेमा बुझेर सहि योजनामा लगानी गर्ने बताए । ‘मैले चुनौतीपूर्ण रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, यस चुनौतीलाई अवसरमा बदल्ने मेरो प्रयास रहनेछ’ उनले…

Read More

काठमाडौं : मोरङस्थित नेपाल-भारतको सीमा नाका जोगबनीबाट एक जना बंगलादेशी नागरिक फर्काइएको छ। मंगलबार दिउँसो सवा १ बजे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। बंगलादेश टाङगाई पुराबरी बस्ने ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले भारतबाट अनधिकृत रूपमा प्रवेश गर्दैगर्दा भेटाएको थियो। ‘बंगलादेशको राजनीतिक अवस्थापछि केन्द्रबाट हामीलाई सतर्क रहन निर्देशन भएको थियो। त्यसअनुसार कडाइ गर्दा एक जना प्रवेश गर्न खोजेको पायौं,’ एसपी कार्कीले भने, ‘हामीले उनलाई पुनस् भारतमै फर्काएका छौं।’ बंगलादेशी नागरिकहरू प्रवेश गर्नसक्ने भन्दै सीमामा प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा बढाएको छ। सशस्त्र प्रहरी बलले…

Read More