Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरबाट एक युवतीको उद्धार गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी ती युवतीको उद्धार गरिएको हो। बुधबार शुक्लाफाँटाका नगरप्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका–१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको छ। ती युवती दुई हप्तादेखि सडकमै बस्दै आएकी थिइन्। उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगरप्रमुख महराले बताए। नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई एक लाख सहयोग समेत गरेको थियो।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये घुस-रिसवत तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी पुनरावेदन गरिएको हो । उक्त मुद्दामा नवीन शर्मा, शिव शङ्कर पोख्रेल, भुवान सिंह ठकुरी, नन्द सिंह ठकुरी र टिका वली प्रतिवादी रहेका छन् ।

Read More

धनगढी: कैलालीको धनगढीमा अनुमति बिनै सञ्चालित भएको भन्दै कैलाली जिल्ला प्रशासनले बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको छ । मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ सैय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य संस्था दार्ता, नविकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि २०७७ को दफा ५ को उपदफा (४) बमोजिम एक वर्षका लागि सञ्चालन गर्न इजाजत दिइएको प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठको…

Read More

काठमाडौं : सम्पर्कविहिन भएको १७ दिनपछि फेला परेको नेपाली सेनाका गुल्मपतिको शव काठमाडौं ल्याइएको छ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव पोस्टमार्टमको लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । गत भदौ १० गतेदेखि बेपत्ता गुल्मपति पण्डितको शव दुनैबाट १८ किलोमिटर पश्चिम ठूलीभेरी नदीबीच ठूलो ढुङ्गाको चेपमा फेला परेको थियो । अनुहार नचिनिने अवस्थामा फेला परेको शव औंठी र घडीको आधारमा पहिचान भएको हो । त्यस्तै, रुकुममा एक जना सिपाहीले आत्महत्याको प्रयास गरेका छन् । नरसिंह दल गणमा कार्यरत खलङ्गा घर भएका सिपाही गणेश बोहोराले अस्ति आफैंले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् । बिदामा घर…

Read More

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उप-महानिर्देशकसहित ९ जना सहसचिवको सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णय गर्दै सडक विभागका उपमहानिर्देशकसहित मन्त्रालयका महाशाखा, केन्द्र तथा आयोजनालगायतमा कार्यरत सहसचिवको सरुवा गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्यको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको भने संघीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय इटहरीमा कार्यरत प्रेमप्रकाश खत्रीको उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनामा सरुवा भएको छ । यस्तै, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनालको सडक विभागमा उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयबाट विनोदकुमार मौवारको…

Read More

काठमाडौँ : वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीहरुलाई बर्खास्त गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले कामकाजमा नलगाउने सम्बन्धमा जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा विगतदेखि त्यहाँ वडा कार्यालय/स्वास्थ्य चौकी/केन्द्र/महाशाखा/शाखा/उपशाखा समेतमा विभिन्न मितिदेखि विभिन्न पदमा कामकाज गर्दै आएको (स्थायी र करार कर्मचारी बाहेक) सबै कर्मचारीहरुलाई आजकै मितिदेखि लागू हुने गरी कामकाजमा नलगाउनु हुन अनुरोध छ ।’ सूचनामा अब उप्रान्त त्यस्ता व्यक्तिहरुको डोर हाजिरी प्रमाणित…

Read More

डडेल्धरा: जिल्लाको आलितालमा एकीकृत कृषि तथा पशु सेवा केन्द्र भवन भवनको शिलन्यास भएको छ । पालिकाको परिसर भित्रै कृषि तथा पशुको क्षेत्रमा एकिकृत रुपमा काम गर्ने उद्देश्यले दुई तले भवनको शिलन्यास भएको हो । ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा बन्न लागेको भवनको शिलन्यास आयोजना प्रमुख द्रोण बहादुर बुढाथोकीले गरेका हुन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ग्रामीण उद्यमशिलता विकासलाई प्रोत्साहित गर्नका लागि प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादकहरु तथा खरिदकर्ताहरु बिचमा उत्पादनमूलक साझेदारी तथा बजार सम्बन्धको विकास मार्फत बजार पहुँचमा सुदृढ तथा सहजिकरण गर्न भवनको शिलन्यास गरिएको आयोजना प्रमुख बुढाथोकीले बताए । बुढाथोकीका अनुसार आयोजनाले…

Read More

मकवानपुर : बागमती प्रदेश सरकारले आफ्नो अधिकार हस्तक्षेप गरेको भन्दै संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ । बुधबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संविधानले प्रदत्त गरेको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेको भन्दै मुद्दा हाल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो । सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ को दफा १२ को (१) विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । उनका अनुसार सो ऐनले संघीय राजधानी र काठमाडौँ…

Read More

काठमाडौं : अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो । सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् । सूचीसहित: Mof-Under-Secretary-SaruwaDownload

Read More

काठमाडौँ : हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको छ । हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाइएको हो । ब्यूरोले अनुसन्धानको मिशिल बुझाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणी न्यौपानेले बताए । थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । रोल्पा घर भएकी अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ । रेडीट्रेड…

Read More