Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कैलाली प्रहरीले शुक्रबार विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भजनी नगरपालिका–५ लालबोजीबाट वडा नम्बर २ रजबारा बस्ने २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुशल गिरीलाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट १.७४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै, अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ १ त्रिवेणीघाटबाट वडा नम्बर २ बैयाबेहडी बस्ने १८ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ। उनको साथबाट स्पास नामक १६ ट्यावलेट फेला परेको छ। यस्तै, इलाका प्रहरी कार्यालय…

Read More

बैतडीः बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको जिल्लाको हरिचन–रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगत पर्ने पाटन नगरपालिका–९को धारापनी खोलामा शुक्रबार सुदूरपश्चिम प्रदेश ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना प्रहरीले जनाएको छ। दुर्घटनामा परी सुर्नया गाउँपालिका ६ का ट्याक्टर चालक अन्दाजी ३० वर्षीय गोविन्द कुवँर सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि डडेल्धुरा लगिएको छ। ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ। पाटन नगरपालिका–९को धारापानी गाउँमा मलामीहरुलाई घर पुर्याएर खोड्पेतर्फ आउने क्रममा दुर्घटनामा परेको बताइएको छ। ट्याक्टर सडकबाट करिब २५ मिटर तल परेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

Read More

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–४ दिउनामा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ। दिउनाकी ६५ बर्षिया हिरादेवीको बिष्टको शुक्रबार बिहान खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो। दोगडाकेदार गाउँपालिका–४ का वडाकाध्यक्ष तर्कराज भट्टका अनुसार बिष्टको बिहान १० बजेतिर स्थानीय उच्चाइनी भन्ने भिरबाट लडेर मृत्यु भएको हो। भिरबाट लडेर करिब दुई सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको उनले बताए।

Read More

धनगढी: धनगढीमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा बैठक सम्पन्न भएको हो। प्रदेश आयुक्त नरेन्द्र थापाका अनुसार नेपाल स्काउट नियमावली २०७७ संशोधन २०८० को परिच्छेद-५ को दफा ९ बमोजिम नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्काउट परिषदको प्रथम बैठक आज सम्पन्न भएको हो। जसमा सामाजिक विकास मन्त्री तथा प्रदेश प्रमुख स्काउट मेघराज खड्काको अध्यक्षता थियो। यस्तै बैठकबाट नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाको उपाध्यक्षतामा प्रदेश स्काउट परिषद् गठन सम्पन्न भएको छ। उक्त प्रदेश परिषद् बैठकमा सामाजिक मन्त्रालयका उपसचिव गणेश सिह, सामाजिक मन्त्रालयका निजी स्वकीय सचिव झपट ढुङ्गाना, निजि सचिव…

Read More

धनगढी: धनगढीमा एक लाख बढीको पटाकासहित एकजना समातिएका छन्। शुक्रवार धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउस्थित क्षेत्रबाट उनी समातिएका हुन्। समातिनेमा धनगढी उपमहानगरपालिका २ सन्तोषीटोल बस्ने वर्ष ४१ को मिनबहादुर बुच्चा मगर रहेका छन्। उनले चलाएको सुपप्र ०१-००१ ज १४८२ नम्बरको कारलाई शंका लागि प्रहरीले चेकजाँच गर्दा उक्त कारभित्र अन्दाजी पटाका फेला परेका थिए। त्यसपछि कैलाली प्रहरीको टोलीले १ लाख ४हजार ३४० बराबरको ३ कट्टा पटाका बरामद गरिएको जनाएको छ। यस्तै कार र मगरलाई पनि नियन्त्रणमा लिएर मानिसलाई बिष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता गराई जिल्ला अदालत कैलालीबाट दिन ७ (सात) को म्याद थप गरिएको छ।

Read More

धनगढी: सरकारले दार्चुलास्थित सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ। ८ गतेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला खारेज गर्ने निर्णय भएको जनाएको छ। साथै, त्यहीँ अब अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने पनि निर्णय गरिएको छ। यस अगाडि गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको बताएका थिए। जसअनुसार दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको जनाएको छ। सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनमा सो कार्यालयले मदत गर्ने विश्वास लिइएको छ। जहाँ…

Read More

धनगढी: सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओ पठाइएका छन्। शुक्रवार गृहमन्त्रालयले २ जिल्लामा नयाँ सिडिओ पठाएको हो। जसमा जिल्ला प्रशासन कार्यालय बैतडी र डोटी रहेका छन्। अहिले डोटीमा कार्यरत गोपाल प्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ भने अर्का मोहनराज जोशीलाई डोटी सरुवा गरि पठाइएको छ। उनी इलाका प्रशासन कार्यालय बुटवलमा कार्यरत थिए। यस्तै उता दिर्घराज उपाध्यायलाई गृहमन्त्रालयबाट बैतडी पठाइएको छ। बैतडीबाट सिडिओ भीमकान्त शर्मालाईडोटी सरुवा गरेकोमा कामकाज भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गर्ने गरि खटाइएको छ। उनीहरूसहित मन्त्रालयले आज १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको थियो।

Read More

धनगढीः बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन्।  बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन्। हिमेश्वरीको जन्म २०५८ फागुन १६ गते  बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गिता भट्टको कोखबाट भएको हो।  भट्टले पहिलो प्रयासमै लोक सेवा आयोगले लिएको अधिकृत सातौं तहको परीक्षा पास गरी मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन्।

Read More

लखनउ: भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई नेकपा एमाले सुदूरपश्चिमका सदस्यले भेटेका छन्। एमाले नेता प्रशान्त थापाले योगिलाई भेटेका हुन्। थापाले भेटमा आफूले नाकाको सहजता, नाकाक्षेत्रमा सडक सहज बनाउने विषयमा छलफल गरेको बताए। भेटमा नेपालीलाई सीमामा सहजता दिलाउने कुरामा योगिले आफू सकारात्मक रहेको उनको भनाई छ। यस्तै भेटमा नेता थापाले सीमाका अन्य पनि समस्या पोखेका थिए।

Read More

धनगढी: कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए। उनीहरू दुबै नास्ता पसल चलाउदै आएका थिए। गाउँको घरभन्दा झण्डै डेढ किलोमीटर टाढा राखेका थिए, उनीहरुले मदिरासहितको नास्ता पसल। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गर्मी अझै नघटेकोले उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए। डीएसपी जोशीले रमेशको शव आँगनमा भेटिएको र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको बताए। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य  लटपटिएको थियो। दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका…

Read More