Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव ब्यारेक ल्याउन लागिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता तथा इन्सपेक्टर कमल क्षेत्रीले शव ब्यारेक ल्याउन लागिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। त्यसपछि मेजरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने छ। काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए। उनको शव आज डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा फेला परेको थियो। भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि…

Read More

वेदकोट: कञ्चनपुरमा केही सातायता डेंगु रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु रोगका सङ्क्रमित भेटिएका छन् । यहाँ डेंगुको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो । बेलौरी नगरपालिकाका २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, “जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगुको सङ्क्रमण बढिरहेको देखिन्छ ।” उनका अनुसार सबैभन्दा बढी डेंगु रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् । भीमदत्तका ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मन्त्र हस्पिटलमा १२,…

Read More

काठमाडौँ: कोशी प्रदेश प्रहरी गण रानीमामा कार्यरत वरिष्ठ सई लक्ष्मण महतराले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको उजुरी परेपछि छानबिन थालिएको छ । उनले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको भन्दै २१ साउनमा प्रहरी प्रधान कार्यालयमा ​बेनामे उजुरी दर्ता भएको थियो । चोरीको मोटरसाइकलमा प्रदेश नं. १–०१–०१३ प ७०२२ नम्बर राखेर कुदाउने गरेको भन्दै महतराविरुद्ध उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा छानबिनको लागि पत्र पठाएको थियो । प्रदेश प्रहरी कार्यालयले उजुरीउपर छानबिन भइरहेको जनाएको छ । सई महतरा यसअघि इलाका प्रहरी रानी, विराटनगरमा लेखापालको रूपमा कार्यरत थिए। उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन्। इप्रका रानीमा हुँदादेखि…

Read More

काठमाडौँ: प्रहरी प्रभाग, बूढानीलकण्ठ काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनले बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने भन्दै घुस मागेको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनाका गुल्मपतिको शव फेला परेको छ। भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव फेला परेको बताइएको छ। डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको हो। भदौ १० गते अपरान्ह साढे ४ बजे सुरक्षा गार्ड समेत नलगी उनी एक्लै इभिनिङ वाकका लागि ब्यारेकबाट निस्केका थिए। सम्पर्कविहीन भएको १७ दिनपछि उबको शव फेला परेको प्रहरीले जनाएको छ।

Read More

मकवानपुर: हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म तीन सय २९ जनामा डेङ्गु फेला परेको छ । त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११, बागमती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई, भीमफेदी गाउँपालिकामा दस, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एकजना डेङ्गु सङ्क्रमित फेला परेको छ । उक्त कार्यालयको विवरणअनुसार सो अवधिमा जिल्लामा एक पुरुषको…

Read More

काठमाडौँ: आज सुनको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज पनि हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार ४०५ रुपैयाँ कायम भएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन्। सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक गन्तव्य मुलुकहरूका राजदुतहरूसँग छलफल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दछु। नेपाली श्रमिक तथा कामदारहरूको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले…

Read More

मुग्लिन: पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए । रासस

Read More

बाजुरा: बाजुरामा दुई युवकमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खप्तडछेडेदह गाउँपालिका–७ का ४३ वर्षीय अर्जुन रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार कुटपिटमा संलग्न भएको आरोपमा अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ । खप्तडछेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिका दिन आयोजना गरेको वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको थियो । कुटपिटबाट बुढिगंगा नगरपालिका–६ का राजकुमार नाथ र अछामका दर्शन शाह घाइते भएका छन् । उनीहरु धनगढीमा उपचार गराएर घर फर्किएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । कुटपिटको भिडियोसमेत…

Read More