काठमाडौँ: डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव ब्यारेक ल्याउन लागिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता तथा इन्सपेक्टर कमल क्षेत्रीले शव ब्यारेक ल्याउन लागिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। त्यसपछि मेजरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने छ।
काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए। उनको शव आज डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा फेला परेको थियो।
भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए।
Facebook Comments Box