Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो। न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो। एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए।

Read More

धनगढी : बैतडीका एक युबकको भारतमा मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताए। सुरेश ५ बर्ष पहिला देखीनै भारतको एक होटेलमा काम गर्थे। डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो।

Read More

काठमाडौं: नेपाल प्रहरीतर्फको प्रहरी सहायक निरीक्षक (असई) को लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। प्रहरीको असईको २०८०-०८१ को खुला तथा समावेशी तर्फको लिखित परीक्षाको नतिजा लोकसेवा आयोगले आज प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् नतिजा

Read More

काठमाडौँ- हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन्। साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन्। ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए। शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन्। उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ। नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए। उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन्। ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो ।…

Read More

धनगढी : कैलालीमा युवाकाे समूहले दाउरा बाेकेकाे जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् । साेमबार राति करीब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको भे १ च ३७१४ नम्बरको बाेलेराे जिप नियन्त्रणमा लिएर चालक र जीप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएकाे छ । कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चाैधरीमाथि कुटपिट भएकाे इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । उनकाअनुसार कुटपिटबाट घाइते भएका चालक अनुराजकाे लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै…

Read More

धनगढी: नेपालको जासुसी संस्था मानिने प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागको धनगढीमा प्रादेशिक कार्यालय बन्ने भएको छ। धनगढीस्थित विभागको हाल कायम रहेको कार्यालय क्षेत्रमै थप सुविधासम्पन्न प्रादेशिक भवन कार्यालय बन्ने भएको हो। जसका लागि डीपीआरसमेत भैसकेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अब जासुसहरुको प्रदेश कार्यालय साढे २ तले बन्ने छ। सो प्रक्रिया सोइल टेष्ट भएर डीपीआरसमेत सकाएको अवस्थामा रहेको छ। अब यहीँ आर्थिक वर्षमा निर्माणका लागि टेण्डर आह्वान हुने छ। जसको पूरा लागत ७ करोड अनुमान गरिएको छ। सो कार्यालय प्रधानमन्त्री कार्यालयको बजेटमा बन्ने लागेको हो। यसपालि मात्र त्यसका लागि ३ करोड २० लाख बढी रकम आएको बताइन्छ।…

Read More

धनगढी : दार्चुलाको लेकम गाउँपालिका स्वास्थ्यकर्मी लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरमा पक्राउ परेका छन् । गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत पुरोषत्तम जोशी असार ९ गते भीमदत्त नगरपालिका-९ गड्डाचौकीबाट पक्राउ परेका हुन । जोशीको साथबाट प्रहरीले २.६५ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ । पालिका वडा नम्बर ६ आधारभुत स्वास्थ्य सेवा केन्द्र तेलिगाउमा करारमा कार्यरत जोशी स्वास्थ्य केन्द्र प्रमुख हुन् । जोशी अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे हिरासतमा छन् । जोशीविरुद्व लागूऔषध ओसारपसारमा मुद्दा दर्ता भइसकेको र अनुसन्धान अगाडि बढेको डिएसपी उमेशराज जोशीले बताए ।

Read More

काठमाडौं : बालकुमारी गोली काण्डमा निलम्बनमा परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालको निलम्बन फुकुवा भएको छ । निलम्बनको ६ महिनाको अवधि पुगेकाले उनको फुकुवा भएको हो । तर, उनको कारबाही भने टुंगो लागेको छैन । इपिएस परीक्षाको विषयमा भएको आन्दोलनमा डीएसपी लम्सालको निर्देशनमा गोली चलेको थियो । जसक्रममा दुई जनाले ज्यान गुमाएका थिए । माथिको अनुमति नलिई उनले गोली हान्न लगाएका थिए । उनीमाथिको विभागीय कारबाहीबारे भने अझै निर्णय हुन सकेको छैन । उनीसँगै निलम्बनमा परेका तत्कालिन यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओ असई बोधराज दनुवारको पनि निलम्बन फुकुवा भएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवन डोजर चलाइएको छ । नगरपालिकाले अवैध तरिकाले निमार्ण गरेको संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको हो । मापदण्ड विपरित बनाइएको संरचना भत्काएको नगरपालिकाले जनाएको छ । यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते…

Read More

धनगढी : कैलालीको चिसापानीबाट एक जनाको अपहरण (किड्न्याप) गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सह–चालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो। लम्की–चिसापानी क्षेत्रका युवाहरूले उनको अपहरण गरेको परिवारको आरोप छ। त्यस अगाडि सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्कीचुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार/पाँच जना युवाको समूहले आफूसँगै लिएका हुन्। अहिले चौधरीका परिवारले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय भावेश सापकोटा, २८ वर्षीय नारायण शाही लगायतका युवाहरूको विरुद्धमा निवेदन दिएका छन्। नारायण शाहीलाई प्रहरीले पक्राउ गरेको छ भने…

Read More