Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–२ का २५ वर्षीय कञ्चन चौधरीलाई जबरजस्तीकरणी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । चौधरीले भदौ २० गते राती ति महिलाको घरमा गएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

Read More

धनगढी : कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । टीकापुर नगरपालिका–१ को ज्योतीनगरमा सोही ठाँउ बस्ने ५६ वर्षीय चित्रबहादुर राजी शुक्रबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ । राजी मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

Read More

धनगढी: कञ्चनपुरमा क्रसरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुन्दरपुरमा सञ्चालित क्रसर उद्योगमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको हो। प्रहरीका अनुसार उदयदेव अनमोल क्रसर उद्योगमा करेन्ट लागेर बिहीबार साँझ भारतको उत्तर प्रदेश सहारानपुरका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको मृत्यु भएको हो। प्रहरीका अनुसार मेसिनबाट करेन्ट लाग्दा गम्भीर घाईते भएका फरमान महेन्द्रनगरस्थित एक अस्पतालमा उपचारका क्रममा बितेका हुन्। उक्त क्रसर भीमदत्तको एक भ्रष्टाचार काण्डमा प्रतिवादी हुनुपर्ने तर पहुँचका आधारमा चोख्याइएका तेजबहादुर चन्द र व्यवसायी नारद पाण्डेको रहेको खुलेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौं : सिंहदरबारमा कार्यरत तीनजना सचिव सरुवा भएका छन् । हिजो (विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सरुवा गर्ने निर्णय गरेको हो । सरुवाको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । सो स्थानमा नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई लगिएको छ । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारी नेपाल कानुन आयोगमा सरुवा भएका छन् ।

Read More

धनगढी: सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ। विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट रकम असुली गरेको भिडिओ सार्वजनिक भएका भट्टलाई मन्त्रालय तानिएको हो। केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका कार्यालयबाट पैसा उठाएको कुरा बक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो। वन मन्त्रालयका निमित्त प्रमुुख जनक पाध्यायले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टिकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरे। वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडिओ र अडियोका सम्बन्धमा समेत छानविन भइरहेको जनाएको छ। यस्तै, भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले पनि उनीसँग सोधपुछ गरेको…

Read More

काठमाडौं: राठी एडेसिभ प्राली र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमबीच दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो। राठीका प्रमुख योगेश राठीले दुवैको उद्देश्य एउटै भएकाले सहकार्यको सम्झौता भएको बताए। ‘राठीले विदेशी उत्पादनलाई कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने हिसाबले विगत ३५ वर्षदेखि एडेसिभ उत्पादनहरू गरिरहेको छ’, सम्झौता कार्यक्रममा उनले भने, ‘ हामीले देशको बढ्दो व्यापार घाटा घटाउने आइडिया नेपालसँग सहकार्य गरेका हौं।राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो। यसलाई अझ उचाइमा पुर्यातउने हाम्रो साझा लक्ष्य हो। ‘ आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू…

Read More

डोटीः डोटीको एक विद्यालयमा तोडफोड गरिएको छ । जिल्लाको सायल गाउँपालिका–२ ग्वानीस्थित जनज्योेती आधारभूत विद्यालयमा बिहीवार तोडफोड गरिएको हो । रातिको समयमा अज्ञात व्यक्तिले विद्यालयको ताला तोडी कार्यालयभित्र रहेका विभिन्न कागजात समेत च्यातेर यत्रतत्र फालिएको वडा अध्यक्ष मानबहादुर सिंहले बताए । विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेर पनि गएको बताइएको छ । घटनाबारे बुझ्न प्रहरी टोली विद्यालय क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।

Read More

धनगढी: नेपालको एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा ताला लगाइएको छ। अर्थ न्युज टिभीको केन्द्रीय कार्यालयमा ताला लगाइएको हो। श्रमजीवी पत्रकार संघ अर्थ न्युज टिभी संघर्ष समितिले पत्रकारहरुलाई पारिश्रमिक नदिएको भन्दै तालाबन्दी गरिएको जनाएको छ। तलब नदिएको र झुकाउने काम गरेकाले ताला लगाइएको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले बताए। उक्त टिभीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामेछानेकी भाउजू पुनम पौडेलसहितका पत्रकारले तलब पाएका छैनन्। रविका दाइ हरिशरण लामिछानेकी पत्नी पौडेलसहितका पत्रकार अहिले तलब माग गर्दै आन्दोलनमा उत्रिएका छन्।उनीहरुले आफ्नो पारिश्रमिक दिनुपर्ने भन्दै यसअघि कार्यालय घेराउसमेत गरेका थिए। टेलिभिजनका कार्यकारी निर्देशक कमल शाहले झुक्याएको र झुलाएको श्रमजीवीहरुको आरोप छ। झण्डै छ…

Read More

अछामः अछामबाट गाँजा र खुकुरीसहित पाँच किशोर प्रकाउ परेका छन्। प्रहरीका अनुसार प्रकाउ परेका पाँचै जना १२ देखि १५ वर्षसम्मका रहेका छन्। उनीहरुलाई बिहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट गाँजा र खुकुरीसहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको साथबाट केही मात्रामा गाँजा फेला परेको र त्यो मुद्दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

Read More