कैलाली: कैलालीको टीकापुरबाट प्रहरीले २ सय मिलीग्राम ब्राउनसुगरसहित १ युवकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो टीकापुर नगरपालिका–३ कटानपुरबाट सोही ठाँउका १९ वर्षीय जितु चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरको गस्ती टोलीले शङ्का लागेर चेकजाँच गर्दा चौधरीको साथबाट ब्राउनसुगर फेला परेको बताइएको छ।
Author: महेन्द्रनगर पोष्ट
बैतडी: बैतडीको पञ्चेश्वरमा एक बालकको कंकाल भेटिएको छ। १४ वर्षीय रमेश भट्टको कंकाल भेटिएको हो। गत साउन ७ गतेदेखि हराएका भट्टको कंकाल सोमबार फेला परेको स्थानीय विरेन्द्र भट्टले बताए। पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङका भट्टको कंकाल खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन्। पञ्चेश्वर गाउँपालिका ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको कंकाल फेला परेको हो खानेपानीको लाइन मर्मत गर्नका लागि पुगेका स्थानीयहरुले शव कुहेको गन्ध आएपछि परिवारलाई खबर गरेका थिए। रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको शव पहिचान भएको थियो। रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरिएको छ। घरबाट हराएका रमेश सुस्त…
काठमाडौँ: हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
धनगढी: कैलालीको जानकी गाँउपालिकाको खैरीफाँटास्थित अरुणोदय माध्यमिक बिद्यालयमा पुस्तकालय बिस्तार तथा आधुनिकिकरण परियोजनाका लागि रुपारेलिया फाउण्डेसनले पाँच हजार डलर(छ लाख ५० हजार रुपैया) सहयोग गर्ने भएको छ । युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दुत तथा अफ्रिकाका उद्योगपती डा। सुधीर रुपारेलिया अध्यक्ष रहेको फाउण्डेसनले पुस्तकालय स्थापनाका लागि पाँच हजार डलर सहयोग गर्ने प्रतिबद्धता गरेको हो । नाईजेरियामा रहेका गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा डाँगोटे ग्रुपका ग्रुप जनरल म्यानेजर हिक्मत थापाको नेतृत्वमा अरुणोदय माविमा प्रबिधि मैत्री पुस्तकालय स्थापनाका लागि थालिएको अभियानमा रुपारेलिया फाउण्डेसनले सहयोग गरेको हो । कैलालीको कटाँसेका स्थायी बासिन्दा थापाले आफूले प्रारम्भिक शिक्षा आर्जन गरेको अरुणोदयमा नेपाल लाईब्रेरी…
धनगढी: सुदूरपश्चिम प्रदेशसभामा निमित्त वन निर्देशक कृष्णदत्त भट्टमाथि छानबिन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ । निर्देशक भट्टमाथि छानबिन गर्न समितिका सदस्य मानबहादुर धामीको संयोजकत्वमा समिति गठन गरिएको हो । केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका कार्यालयबाट पैसा लिएको बताएको भिडियो सार्वजनिक भएपछि छानबिनको गर्नुपर्ने आवाज उठेको थियो । सोमबार बसेको प्रदेशसभाको बैठकमा पूर्व वनमन्त्री समेत रहेका माओवादीका प्रदेशसभा सदस्य मानबहादुर धामी र एमाले संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले निर्देशक भट्टमाथि छानबिन गरेर कारवाही गर्न सरकारसँग माग गरेका हुन् । ‘अहिले हामीले प्रदेश…
बाजुरा: जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो । नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए । झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । नवजात शिशु बालक रहेको बताए । नवजात…
धनगढी : लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल एकै मञ्चमा देखिएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा अयोजित देउडा सांस्कृतिक उत्सवमा पार्टी अध्यक्ष ओली पूर्व उपाध्यक्ष रावल र केन्द्रीय सचिव लेखराज भट्ट समेत सोमबार एउटै मञ्चमा देखिएका हुन् । रावल एमालेमा लामो समय देखी भुमिका बिहिन थिए भने केही दिन अघि मात्रै उनको अध्यक्ष ओली सँग भेट भएको थियो । भट्ट नेकपाको बिभाजन पछि एमालेमा नै सकृय थिए । एमालेको महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । भट्ट एमालेको कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा पनि छन । कार्यक्रममा कला क्षेत्रमा योगदान पुर्याए बापत पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर…
धनगढी: जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको कमाण्ड प्रहरी निरीक्षक दिपक मल्लले सम्हालेका छन्। इन्स्पेक्टर मल्लले सोमबारदेखि कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेका हुन्। कार्यालयमा काजमा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको सरुवा भएपछि उनको स्थानमा इन्स्पेक्टर मल्ल आएका हुन्। मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत थिए। यस्तै कैलालीमा बस्दा विवादमा तानिएका जोहारीको पनि विदाइ गरिएको छ। जोहारीको ईलाका प्रहरी कार्यालय कमलबजार अछाम सरुवा भएको थियो। उनी केही समयअघि कैलालीका सीमानाका लगायतका क्षेत्रमा मातहतका प्रहरीले रकम असुली गर्ने गरेको विषय लगायतमा विवादित बनेका थिए।
धनगढी: हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा दशैँ मेला २०८० हुने भएको छ। आइ लाइभको आयोजनामा असोज २७ देखि कार्तिक ४ गतेसम्म मेला सञ्चालन गरिने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । साँगेतिक क्षेत्रको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले जानकारी दिए । पर्यटन तथा संस्कृतिक प्रवद्र्धन, स्थानिय व्यापार प्रवद्र्धन, छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेसभुसा र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन्…
अछाम: अछाममा चितुवाले आठ बाख्रा मारेको छ। गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको हो । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिए । घरबाट करिब १५ मिनेट टाढा रहेको गोठमा भैँसी, गोरुसँगै रहेका बाख्रा मारेको उनले बताए । पछिल्लो समय एक महिना यता त्यस क्षेत्रमा १५ बाख्रा मारिसकेको स्थानीयको भनाइ छ । बाख्रासँगै चितुवाले केटाकेटी वा अन्य मान्छेलाई आक्रमण गर्ने होकि भनेर गाउँलेहरू चिन्तित बनेका छन् ।