Author: महेन्द्रनगर पोष्ट

कैलाली : धनगढी उपमहानगरपालिकामाथि मानहानि मुद्दा दायर भएको छ । जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिकामाथि मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरिएको जनाइएको छ । रिटमाथि बिहिबार बहस तोकिएको छ । जिल्ला अदालत सम्झौता विपरित कुनै काम नगर्न र नगराउन आदेश दिएपनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा भदौ ८ गते डोजर चलाएको थियो ।

Read More

काठमाडौँ : न्याय सेवाका दुई सचिवसहित १७० कर्मचारीहरूको एकै पटक सरुवा भएको छ । न्याय सेवा आयोगको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ भने नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगमा सरुवा गरेको छ भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिव एवम् १५६ जना उपसचिवको पनि सरुवा…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले गौरा पर्वका लागि दुई दिन बिदा दिएको छ । मंगलवार नगरपालिकाले सूचना जारी गर्दै गौरा पर्वको अवसरमा २१ र २२ गते बिदा दिने निर्णय भएको जनाएको हो । त्यस्तै, कृष्णपुर नगरपालिकाले पनि गौरा पर्वकै अवसरमा २१ गते सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी दिएको छ । सुदूरपश्चिममा भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा हिजो (सोमवार)देखि मनाउन सुरु गरिएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी परेको छ ।

Read More

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै प्रसंशा गर्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ (क्यान)लाई बधाई दिएकी छन् । पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विश्व वरियतामा शीर्ष स्थानमा रहेका पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व क्रिकेटप्रेमीको मन जित्न सफल भएकोमा पूर्वराष्ट्रपति भण्डारीले बधाई दिएकी हुन् । उनले यस किसिमको उत्कृष्ट खेल प्रदर्शनले नेपालको क्रिकेट खेलको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्दै क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सकेमात्र क्रिकेट खेलले थप व्यावसायिकता र…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले बिहीवार गौरा पर्वको बिदा दिएको छ । गाउँपालिकाले गौरा पर्वको अवसरमा २१ गते बिहीवार सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाएको हो । सुदूरपश्चिममा भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा हिजो (सोमवार)देखि मनाउन सुरु गरिएको छ । भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी परेको छ ।

Read More

धनगढी: धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीका चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान बरामद गरिएको हो । करिब ५० हजार मूल्य बराबरका अवैध सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको बताइएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिकामा २१ गते सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै गौरा पर्वको अवसरमा २१ गते सार्वजनिक बिदा दिइएको जनाएको हो । नगरप्रमुखस्तरीय निर्णय अनुसार सो दिन बिदा दिइएको सूचनामा उल्लेख छ । सुदूरपश्चिममा भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा हिजो (सोमवार)देखि मनाउन सुरु गरिएको छ । भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी परेको छ ।

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाको देहीमाण्डौं स्वास्थ्यचौकी नगरपालिकामै उत्कृष्ट भएको छ । नगरपालिका अन्तर्गतका १७ ओटा स्वास्थ्य संस्थामध्ये देहीमाण्डौं स्वास्थ्यचौकी कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको हो । स्वास्थ्यचौकीले प्रदान गरिरहेको सेवाका आधारमा नगरपालिकाले उत्कृष्ट ठहर गरेको स्वास्थ्यचौकीकी इञ्चार्ज निर्मला पन्तले बताइन् । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सुर्यबहादुर बोहराले आगामी दिनमा स्वास्थ्यचौकीले प्रदान गर्ने सेवाहरुलाई अझै परिष्कृत गरेर लगिने बताए ।

Read More

काठमाडौँ: वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । “क्यानडा जानका…

Read More

काठमाडौँ: सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदी २० रुपैयाँले घटेर तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More