बैतडी: नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले स्थायी राजधानी गोदावरी नै हुने बताएका छन् ।
प्रेस सेन्टर नेपाल बैतडीले मंगलबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले सार्ने चर्चा चलेपनि सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नै हुने बताएका हुन् ।
गत प्रदेश सभाले गोदावरीलाई स्थायी राजधानी बनाउने र अस्थायी राजधानी धनगडीमा राख्ने निर्णय गरेकाले अहिलेको सभाले निर्ण नगर्दा सम्म गोदावरी नै प्रस्तावित राजधानीको रुपमा रहेको उनको भनाई छ ।‘राजधानी गोदावरी नै हो, अहिलेको सभाले अर्को निर्णय नगर्दा सम्म गोदावरी प्रस्तावित राजधानीको रुपमा छ, प्रदेश सभाले नयाँ राजधानी राख्न चाहे नयाँ ठाउँमा पनि जान सक्छ, त्यो प्रदेश सभाको अधिकारको कुरा हो, नयाँ ठाउँ सार्ने जसरी चर्चा चलेको छ, त्यो होइन्, उनले भने’ ।
पार्टीले सञ्चालन गरेको विशेष रुपान्तरण अभियानको आवधिक समिक्षा बैठकका लागि बैतडी पुगेका नेता भट्टले नयाँ ठाउँमा राजधानीका लागि मुख्यमन्त्री र कुनै दलका नेताले चाहेर नहुने समेत बताए । गत महिना डडेल्धुराको एक कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाहले आवश्यकता भए प्रदेश राजधानी र नामसमेत परिवर्तन गर्न सकिने बताएका थिए। मुख्य मन्त्रीको अभिव्यक्तिले डडेल्धुरा राजधानी सार्ने चर्चा चलेको थियो ।
तर माओवादी नेता भट्टले बैतडी पुगेर काँग्रेस सभापति शेरबहादुर देउवा र आफनो सहमतिमा डडेल्धुरा राजधानी जानेहोकी भन्ने अर्थमा प्रशन उठेपनि त्यो नभएको प्रष्ट पारेका हुन् । यस्तै उनले प्रदेश राजधानीको विषय टुङ्गाउनु नसक्नु लाजमर्दो कुरा भएको भन्दै छिटो भन्दा छिटो प्रदेश सभा, सबै राजनीतिकदल र सरोकारवाला पक्षलाई विश्वासमा लिएर राजधानी निर्माणको प्रकृया अगाडी बढाउनु पर्ने बताए ।
डडेल्धुरा क्षेत्र नम्बर १ (क)बाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित माओवादी नेता खगराज भट्ट गठबन्धनमा गडबड नभए अबको भावि मुख्यमन्त्री हुन् ।