Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ परेका हुन् । महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन् । उनी दुवै जना अहिले इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा छन् । नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा उजुरी परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार नगरपालिकाको लेटरप्याड किर्ते गर्न सहयोग गरेका एक एक कम्प्युटर सेन्टरका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल र गृहमन्त्रालयबीच आर्थिक वर्ष २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्रालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच उक्त कार्य सम्पादन सम्झौतामा गृह सचिव दिनेश भट्टराई र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सम्झौता भएको हो । उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उनले उल्लेख गरे । सम्झौतामा उल्लेख भएका…

Read More

काठमाडौँ : सरकारले यो वर्ष १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रूपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निर्णय विभागले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ । त्यस्तै सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निर्णय पनि गरेको छ । बजारको आपूर्ति व्यवस्थालाई सहज…

Read More

बझाङ: बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट गरेका छन् । उनले आफूविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेको भन्दै जोशीमाथि कुटपिट गरेका हुन् । स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ पनि सार्वजनिक भएको छ । जोशीले बुधवार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताए । उनले हिजो १८ गते कार्कीले गालीगलौज गर्दै बीच बजारमा चरित्र हत्या गर्नेगरी कुटपिट गरेको बताए । आइटी अफिसरलाई कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको उनले बताए । हातपात गर्ने सूचना अधिकृत कार्कीले भने…

Read More

एजेन्सी: चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय जिन्चाओ वेई र पेटी अफिसर २६ वर्षीय वेन्हेङ जाओ रहेका छन् । वेईमाथि एक चिनियाँ गुप्तचरलाई राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी पठाउने षड्यन्त्र गरेको र वेन्हेङमाथि संवेदनशील तस्बिरहरू र भिडिओका लागि पैसा लिएको आरोप लागेको छ । पक्राउ परेका दुवै जनालाई सम्पर्क गर्ने चिनियाँ गुप्तचर एकै व्यक्ति थिए वा भिन्दै थिए भन्ने चाहिँ खुलेको छैन । दुवै जनालाई बुधवार क्यालिफोर्नियामा पक्राउ गरिएको थियो । वेई सान डिएगोमा रहेको जलसेनाको आधार शिविरमा काम गर्न जाँदै गर्दा…

Read More

धनगढी: धनगढीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका-१२ का गोविन्द भट्टराई र कञ्चनपुरको वेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेका हुन् । उनीहरुलाई धनगढीको बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाइएको छ । शुक्रवार पूर्व खानेपानीमन्त्री विना मगरसहित बेलौरी उद्योग वाणिज्य संघका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । बेलौरीवासीले लामो समयदेखि बन्द अवस्थामा रहेको छोटी भन्सार सञ्चालनको माग गर्दै आएका छन् ।

Read More

कैलाली: कैलालीका एक पुरुषको साइकलबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्धिराम थारु गुरुवाको मृत्यु भएको हो । जानकी-३ नयाँ लायकपुर शिविरस्थित सडकमा साइकलबाट लडेका उनको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरू धनगढी पुगेका छन् । धनगढीमा रास्वपाको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम छ । शुक्रवार र शनिवार हुने सोही कार्यक्रम अन्तर्गत पार्टी नेता र कार्यकर्ताहरूलाई प्रशिक्षण दिन नेताहरु धनगढी पुगेका हुन् । केन्द्रीय उपसभापति डिपि अर्याल, सांसद गणेश पराजुली र विराजभक्त श्रेष्ठ, पूर्व बैंकर अनिलकेसरी शाह र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी आज धनगढी पुगेका छन् । धनगढी पुगेर राजपुरमा रहेको पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा उपसभापति अर्यालले पार्टी संसदीय मार्यादाको परिधिभित्र रहेर रचनात्मक प्रतिपक्षीको भूमिका खेली रहेको बताएका छन्। प्रशिक्षणमा रास्वपा सुदूरपश्चिमका नेताहरूको सहभागिता रहने रास्वपा सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।

Read More

काठमाडौँ: दोलखामा पहिरोमा परेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गएराति पहिरो खस्दा तीन वर्षीय प्रिन्स थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । एक जनाको दोलखामा नै उपचार भइरहेको छ । बेपत्ताहरुको खोजी भइरहेको बताइएको छ ।

Read More