Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गत असार २४ गते पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन्। वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतको आइतबारको आदेशअनुसार जेल चलान गरिएको हो। जिल्ला अदालत सुर्खेतले विष्टसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। यो प्रकरणमा मुछिएका अन्य दुईजनालाई भने अदालतले जनही दुई(दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए। असार २४ मा वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाही पक्राउ परेका थिए। उनीहरुले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको आरोपसहित उपभोक्ताका समितिका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका…

Read More

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो । बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए । ‘हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ, उनले भनेका थिए । त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम’ को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’ को नारा लगाएका…

Read More

काठमाडौँ : न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि उनले नेतृत्व सम्हालेका हुन् । पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फर्छ्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने बताए । कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिंगो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरे । संवैधानिक…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठित छानबिन समितिले आज मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडी दुर्घटना भएको उल्लेख छ । ‘सवारी चालकमा दक्षता भएन । सवारी साधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो,’ प्रतिवेदनमा भनिएको छ । असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री सिंहसहित उनकी…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ। आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो। आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताए। “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उनले भने,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ।” बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार प्रकाशित भएको थियो। उनले गोदावरी नगरपालिकाको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका कार्यकारी निर्देशकको योग्यतामाथि नै प्रश्न उठेको छ । गत जेठ ४ गते प्रदेशको मन्त्रीपरिषदको निर्णयबाट प्रतिस्ठानको कार्यकारी निर्देशकमा डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ का गेहेन्द्र बमलाई नियुक्त गरेको थियो । जेठ ११ गतेबाट नियुक्त भएका बमको योग्यतामाथि प्रश्न उठाउँदै सो नाम सिफारिस नै त्रुटिपूर्ण रहेको भनी सर्वोच्च अदालतमा मुद्दा परेपछि उनलाई हाजिर लाउन रोक लगाइएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये बमको योग्यतामाथि प्रश्न उठाउँदै एक जनाले दिएको निवेदनको सुनुवाई गर्दै साउन ८ गते सर्वोच्च अदालतले बमलाई हाजिर नगर्न आदेश दिएको हो ।…

Read More

काठमाडौँ: सरकारले सेनाका जर्नेलहरुको काज फिर्ता तथा जिम्मेवारी हेरफेर गरेको छ । हिजोको मितिमा गरिएको सरुवा भोलिदेखि लागु हुनेछ । प्राप्त विवरणअनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टर,सुर्खेतका उपरथी हिरालाल जोशीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा खटाइएको छ । त्यस्तै निरीक्षणाधिकृत विभागका उपरथी योगराज शर्मालाई आफ्नो जिम्मेवारीका साथै निमित्त विभागीय प्रमुख र प्रबन्धरथी विभागको समेत कार्य गर्न भनिएको छ । अर्का उपरथी सागरबहादुर थापाको पनि जिम्मेवारी फेरिएको छ । उनलाई उपत्यका पृतना हेडक्वार्टरमा रहेर कार्यरथी विभागको अतिरिक्त जिम्मेवारीबाट काज फिर्ता गरिएको छ । उपरथी कृष्णदेव भट्टलाई प्रबन्धरथी विभागबाट उत्तर पश्चिम पृतना हेडक्वार्टरमा निमित्त पृतनापतिको जिम्मा दिइएको छ । त्यस्तै सहायक रथी गणेशकुमार श्रेष्ठलाई…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका परिसरमा जडान गरिएको विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । आइतवार उपप्रमुख कन्दकला राना र नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले संयुक्त रुपमा चार्जिङ स्टेसनको उद्घाटन गरे । विद्युतीय सवारी साधनको प्रयोग बढाएर वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न उपमहानगरले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको नगरप्रमुख गोपाल हमालले बताए । उनले फूलबारी बसपार्क र उपमहानगर परिसरमा निर्माण भएको चार्जिङ स्टेसनले विद्युतीय यातायात सेवालाई प्रबर्द्धन गर्ने बताए । गाडी चार्ज गर्न बिहान र राति १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैया २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ प्रति…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ। आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। १७ साउनदेखि जारी केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आज बिहान पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गराएको बताइएको छ। जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्। यसअघि उनी केन्द्रीय कार्यालयको इञ्चार्ज थिए। त्यस्तै,संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका अर्का उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इञ्चार्जको जिम्मा दिइएको छ। सचिव देवेन्द्र पौडेलले मधेस प्रदेशको इञ्चार्ज पाएका छन्। त्यस्तै, कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव र सुदूरपश्चिममा डिलाराम आचार्यले इञ्चार्जको जिम्मेवारी पाएको बताइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ बस्ने ३२ वर्षीय गणेश धामी रहेका छन्। आइतबार बिहान पौने ८ बजेतिर उनीहरूलाई डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन बरामद गरिएको छ। धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हिरोइन फेला परेको डीएसपी भट्टले बताए। ‘दुवै जनाबाट लागुऔषध (खैरो हिरोइन) जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिकसहित ०.८३० ग्राम…

Read More