Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्ला भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, कैलाली र कञ्चनपुर भएर बग्ने तथा आसपासका नदीहरुमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाकाली नदीमा पनि जलस्तर बढ्न सक्ने अनुमान गरिएको छ । वर्षाका कारण ठुला तथा साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Read More

धनगढी: राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका पार्टी प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले धनगढी एयरपोर्टमा लफडा गरेका छन्। शाहीले एयरपोर्टको भीआईपी कक्षको विषयलाई लिएर लफडा मच्चाएका हुन्। विमानस्थलको सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सबै कार्यकर्तालाई प्रवेश दिनुपर्ने माग गर्दै शुक्रबार साँझ लफडामात्रै होइन प्रहरीलाई अभद्र व्यवहार समेत गरे। शुक्रबार धनगढीबाट बुद्ध एयरको अन्तिम जहाजमार्फत काठमाडौँ गएका शाहीले आफूसँग गएका सबै कार्यकर्तालाई भीआईपी कक्षमा लैजान खोजेका थिए। सो क्रममा सुरक्षाकर्मीले रोक्दा शाहीले राप्रपालाई मात्र रोक्ने भन्दै विमानस्थलको सुुरक्षामा खटिएका सुुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेका थिए। शुक्रबार साँझ नै रास्वपाका सभापति रवि लामिछाने पनि बुद्ध एयरकै जहाजमा जाने भएका कारण भीआईपी कक्षमा ठाउँ अभाव…

Read More

बैतडी: बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय बलदेव विकले बताए । ढुंगा लागेर अर्का एक बालक घाइते भएका छन् । मामाघर आएका सिगास-३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका हुन् । उनको धनगढीमा उपचार भइरहेको छ । शुक्रवार दिउँसो सडक तलतिर बालबालिकाहरु खेलिरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो ।

Read More

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा आपत्ति जनाउँदै पार्टीको युवा संगठन तरुण दलले विज्ञप्ति निकालेको छ । शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट कलाकारिताको मर्यादा र गरिमालाई नै बिर्सेर सांसद देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति रहेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताए…

Read More

तेजी कुँवरहाम्रो नेपाली समाजमा एउटा् उखान छ, ‘मर्ने बेलामा हरियो काक्रो !’ के मृत्यु उमेर पुगेर मात्रै आउने गर्छ र ?उमेरको घेराबन्दीभित्र राखेर यो उखान टुक्का भन्ने गरिन्छ। उमेर मात्रै एउटा संख्या हो। मान्छे उमेरको हिसाबले होइन स्वास्थ र मानसिक सन्तुलनको हिसाबले चल्छ। सकारात्मक सोचले उर्जावान बनाउँछ। जबसम्म हामी शारीरिक मानसिक रूपमा स्वस्थ छौं तबसम्म जवान। यदि हामी शारीरिक मानसिक रुपले स्वस्थ छैनौं भने जवान छौँ भनेर ठान्नु मात्रै एउटा भ्रम हुन्छ।आज पनि धेरै यस्ता उदाहरणहरु हाम्रो सामू छन्। विश्वका प्रख्यात उद्योगपति, लेखक, गायककार र कलाकार ८०-८५ को उमेरमा पुग्दा पनि फुर्तिका साथ आ-आफ्नो कार्यमा व्यस्त छन्। हामीले अलिकति गम्भीर…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका–८ बटनपुरबाट १५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २६ वर्षीय महेश बिश्वकर्मालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको बताएको छ। 

Read More

कञ्चनपुरः कञ्चनपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो। २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई प्रेमले घरको कोठाभित्र चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाएको थियो। तर डाक्टरले उनलाई रातिनै घोषणा गरे। यस सम्बन्धमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–१ बिलासपुरकी ७७ वर्षीया दुखनी देवी थरुनीको करेन्ट लागेर मृत्यु भएको हो। उनको आफ्नै घरमा करेन्ट लागि शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्ध इलाका प्रहरी कार्यालय टिकापुरबाट थप अनुसन्धान भईरहेको छ।

Read More

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ। परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए। ‘स्नातक तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ। यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ’, उपकुलपति बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउनै पर्ने…

Read More

बैतडी: बैतडीमा जीप दुर्घटना भएको छ। आज बिहान धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ ज १३७९ नम्बरको जीप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो।  सडकबाट जीपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन्। जीप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ। 

Read More