धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका– ४ उत्तरवेहडीमा ‘डुब्का थकाली’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ।
सुदूरपश्चिमको पहाडी जिल्लामा बन्ने विशेष परिकार डुब्का र काठमाडौंको थकाली खानालाई प्राथमिकता राखेर सो रेष्टुरेण्ट सञ्चालनमा आएको हो।
सुदूरपश्चिमकै आफनो पहिचानलाई देखाउन ‘डुब्का’ लाई विशेषता दिएका सञ्चालक अमिर खडकाले बताए।
डुब्कासंगै मासुका परिकारसंग खाना, नाष्ता लगायतका अन्य परिकारहरु पनि होटलमा पाइने उनको भनाइ छ।
झण्डै डेढ करोड बढी लगानीमा सञ्चालनमा आएको सो रेष्टुरेण्टमा सभाहलको पनि व्यवस्था रहेको छ ।
Facebook Comments Box